निरन्तर विद्यार्थी मुल्याङ्कन प्रणालीकाे क्रियान्वयनकाे अवस्था
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
निरन्तर विद्यार्थी मूल्याङ्कनप्रणालीको क्रियान्वयनको अवस्था नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनको स्थिति पहिचान गर्ने रहेको छ ।
प्रस्तुत अध्ययनलाई व्यवस्थित तरिकाले अघि बढाउन आवश्यकताअनुसार परिमाणात्मक र गुणात्मक अध्ययन ढाँचा मिश्रित रूपमा प्रयोग गरिएको छ । नमुना विद्यालय, प्रअ, स्रोतव्यक्ति तथा विनिको छनोट उद्देश्यमूलक र शिक्षक, अभिभावक तथा विद्यार्थीको छनोट सम्भावनायुक्त नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनका लागि पथरी स्रोतकेन्द्रअन्तर्गतका पथरी र शनिश्चरे गा.वि.स.भित्र रहेका २० वटा सामुदायिक विद्यालयहरूमध्ये ६ वटा विद्यालयका ६ जना प्रअ, १२÷१२ जना शिक्षक, विद्यार्थी, अभिभावक र १ जना स्रोतव्यक्ति तथा १ जना विनि नमुना आकारका रूपमा रहेका छन् । यस अध्ययनका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न विद्यालय सर्वेक्षण फाराम, प्रश्नावली, अवलोकन, अभिलेख अध्ययन जस्ता साधनहरूको प्रयोग गरिएको छ ।
यस अध्ययनबाट यी प्राप्तिहरू प्राप्त भएका छन् ः यस कार्यक्रमअन्तर्गतको कक्षा सहभागिताको स्थिति निम्नस्तर रहेको पाइयो । त्यस्तै कक्षाकार्य र परियोजना कार्यको स्थिति सन्तोषजनक पाइएन तर गृहकार्यको स्थिति भने सन्तोषजनक नै पाइयो । त्यस्तै यस मूल्याङ्कनप्रणालीका लागि पाठ्यक्रमले तोकेका मूल्याङ्कनका मापदण्डहरूलाई समानुपातिक ढङ्गले प्रभावकारी रूपमा अपनाइएको देखिएन तर यस मूल्याङ्कन प्रणालीको क्रियान्वयनले विद्यार्थी नियमिततामा ५.७ र सिकाइ उपलब्धिमा १.९२ औसत प्रतिशतले वृद्धि हुनुले सकारात्मक सङ्केतको सुरूवात देखायो । यस मूल्याङ्कन प्रणालीमा अपनाइने शिक्षण विधिहरूको प्रयोग पनि सन्तोषजनक पाइएन । प्रवचन विधिको प्रयोग नै अत्यधिक देखियो ।
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको क्रियान्वयनलाई अभैm प्रभावकारी बनाउन विद्यालयले योजना बनाई शिक्षक–विद्यार्थी अनुपात र शिक्षक कक्षाभारमा ध्यान दिँदै विद्यार्थी तथा शिक्षकलाई नियमित रूपमा गृहकार्य, कक्षाकार्य, परियोजना कार्य जस्ता व्यावहारिक पक्षमाथि अभ्यस्त गर्न गराउन पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि बालमैत्री वातावरणमा यस मूल्याङ्कन प्रणालीका विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाई व्यवस्थित अनुगमन तथा सुपरीवेक्षणका साथ बालकको सिकाइमा चौतर्फी गुणात्मक स्थिरता ल्याउनु पर्ने देखिन्छ ।
