शिक्षकहरूको शिक्षण पेशाप्रतिको सन्तुष्टि(Shikshakharuko shikashan peshapratiko santusti)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
पाठयक्रम तथा मूल्याङकन संकाय
Abstract
शेैक्षणिक अवस्थाप्रति शिक्षकको धारणा एवम शिक्षण पेशाप्रति शिक्षकको सन्तुष्टि पत्तालगाउन‘शिक्षकहरुको शिक्षण पेशाप्रतिको सन्तुष्टि’शीर्षक चयन गरी यो शोधपत्र तयारगरिएको छ । यस अनसन्धानको उदेश्य शिक्षकको पशागत सन्तुष्टिको अवस्था पत्तालगाउनु, शिक्षकको पेशागत सन्तुष्टिलाई प्रभावपार्ने तत्वहरूको मूल्याङकन गन रशिक्षककापेशागत सन्तुष्टिमा दखिएका समस्याहरूको उपाय सुझाउनहो ।
मोरङ जिल्ला सुन्दरहरैचा न.पा.अन्र्तगत पन४वटा सामुदायिक विदयालयमा कार्यरत१६जना शिक्षकहरुलाई सुविधाजनक नमुना छनोट विधिबाट छनोट गरीअध्ययनगरिएका छ । याअध्ययन मिश्रित विधि र ढाँचामा आधारित रहेको छ । अध्ययनको उदेश्य पूरा गनतथ्याङकलाई वर्णनात्मक तरिकाले विश्लेषण गर्नुका साथप्राप्त तथ्याङक तथा सूचनाहरुलाइपरिमाणत्मकरूपबाट विश्लषण गरिएका छ । शिक्षण पेशाप्रति शिक्षकहरूको धारणा एवमपेशागत सन्तुष्टि पहिचान गर्नका लागिअन्तर्वाता प्रश्नावली,तथा छलफल निदशिकालिईएको छ ।
अध्ययनबाट प्राप्त नतिनाअनुसार शिक्षकहरुको शैक्षणिक अबस्था प्रति सकरात्मक धारणारहेको छ ।स्थायी शिक्षक सरह अन्य शिक्षकहरूलाई सेवा सुविधा नहुदाँ, निजामति सरहसरुवा र बढुवाको व्यवस्था नहुदाँ, सामाजिक प्रतिष्ठा प्रति, आधारभूत तहमा अध्ययनशिक्षकहरू र स्थायी बाहेक अन्य शिक्षकहरूशिक्षण पेशााप्रतिअसन्तुष्ट रहेको तथ्याङकप्राप्त भएको छ । अनुसन्धनबाट प्राप्त तथ्याङक अनसार महिला शिक्षकहरु,छोटा समय देखिशिक्षण पेसामा लागेका,स्थायी दरबन्दीमा कार्यरत शिक्षकहरु,माध्यमिक तहमा अध्यापनरतशिक्षकहरु शिक्षण पेशाप्रति सन्तष्ट रहेका छन । शिक्षण पेशाप्रतिको दृष्टिकोण सकारात्मकर नकारात्मक दुबै किसिमको रहेको छ । शिक्षण पेशाप्रति सन्तष्ट हुने शिक्षकहरूकादृष्टिकोण सकारात्मकरहेको छ भने शिक्षण पेशाप्रति असन्तुष्टि हुने शिक्षकहरूको दृष्टिकोणनकारात्मक रहेको छ ।
यस अध्ययनमा शिक्षकहरूमा निजामति कर्मचारी सरह शिक्षकलाई पनि सेवा सविधा बृद्धिगर्नुपर्दछ । शिक्षकलाई नया नयाँ प्रविधिको ज्ञान र पाठयक्रमप्रबोधिकरण तालिमकाप¥याप्त व्यवस्था गर्नुपर्दछ । शिक्षक आफ्नो पेशाप्रति असन्तुष्ट हनुका कारण पत्ता लगाइत्यसको सामधानमा ध्यान दिनुपर्दछ ।
