सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता {Participation of Students in Community Schools}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता शीर्षक राखेर प्रस्तुत अध्ययन गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुका सहभागिता पत्ता लगाउनु रहेको थियो ।
उपर्युक्त उद्देश्य पूरा गर्नका लागि सिन्धुली जिल्लाको श्री गौमती नमुना उच्च माधयमिक विद्यालय माडीबजार स्रोत केन्द्र अन्तर्गतका पाँचओटा सामुदायिक प्राथमिक विद्यालयहरुलाई उद्देश्यमूलक नमुना छनोट विधिबाट छनोट गरिएको थियो । छनोटमा परेका विद्यालयहरुको विगत तीनवष (२०६६, २०६७ र २०६८) को विद्यार्थी सङख्या, शिक्षक—विद्यार्थी अनुपात, कक्षागत विद्यार्थी सङख्या, वास्तविक विद्यार्थी सङख्या, समुदायका धारणाहरु, विद्यालयल विद्यार्थी भर्ना बढाउन गरिएको कार्यक्रमहरुको विश्लेषण र मूल्याङकन, विद्यालयको भौतिक अवस्था लगायतका पक्षहरुको अध्ययन गरिएको थियो ।अध्ययनका लागि सम्बन्धित नमुना छनोटमा परेका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष÷पदाधिकारी, अभिभावकहरुको छनोट नमुना छनोट विधिबाटर नमुना छनोटमा परेका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सामान्य सम्भावनायुक्त नमुना छनोट विधिबाट छनोट गरिएको थियो । छनोटमा परेका विद्यालयका पधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष÷पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुसँग प्रत्यक्ष भटी प्रश्नावली फारम भराई अवस्थाको अवलोकन गरी समूह छलफल तथा अन्तर्वार्ताद्वारा प्राथमिक स्रोत तथ्याङक प्राप्त गरिएको थिया । त्यसै गरी सूचनाको सहायक स्रोतको रुपमा विद्यालय निरीक्षण पुस्तिका, आगन्तक पुस्तिका, विद्यालयको तथ्याङक, विद्यार्थी भर्ना रजिष्टर, लेख रचना, विद्यार्थी दैनिक हाजिरी रजिष्टर, घटना, जानकारी एवम अभिलेखलाई लिइएको थियो ।
यसरी अध्ययनको क्रममा शैक्षिक सत्र २०६६, २०६७ र २०६८ सालको भनादरलाई उपलब्ध तथ्यहरुको विश्लेषण विवरणात्मक ढङगबाट गरियो । यस अध्ययन गुणात्मक प्रकृतिको छ । आवश्यकतानुसार तालिकाको समेत प्रयोग गरिएका छ । यसरी व्याख्या विश्लेषण गर्दा सामुदायिक विद्यालयहरुमा तल्लो तहमा भन्दा माथिल्लो तहमा विद्यार्थी संख्या कम भएका पाइयो । भौतिक सुविधा, शिक्षकहरुको दक्षता, शिक्षक सुविधा र शिक्षकहरुको तालिम सुविधा सामुदायिक विद्यालयहरुमा राम्रो भएता पनि अभिभावकहरु
आफ्ना बालबालिकाहरुलाई अङग्रेजी माध्यमद्वारा शिक्षण गराउन तिब्र चाहनाका कारण संस्थागत विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढदै गएको र सामदायिक विद्यालयमा विद्यार्थीको सहभागिता दर घटदै गएको पाइयो । प्राप्त तथ्याङकको विश्लेषणबाट सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घटदै गएको पाइएको छ ।
शोध अनुसन्धानको लागि छनोटमा परेका पाँचओटा सामुदायिक प्राथमिक विद्यालय क्षेत्रका अभिभावकहरु आ–आफ्ना बालबालिकाहरुलाई अङग्रेजी माध्यमद्वारा पढाउन चाहेको पाइयो । साथै ती विद्यालयहरुमा भर्ना हुन आउने विद्यार्थीहरुको आर्थिक अवस्था निकैनै कमजोर रहेको पाइयो । यस्ता विद्यालयबाट पाउनुपर्ने शैक्षिक गुणस्तर कमजोर हुँदगइरहेकोले सामुदायका अभिभावकहरु सामुदायिक भन्दा संस्थागत विद्यालयपति आकर्षितभइरहेको अध्ययनको क्रममा पाइयो । यस समस्याको समाधानका लागि सामुदायिक विद्यालयहरुमा समयको मागलाई बुझी अङग्रेजी माध्यमद्वारा शिक्षण गर्ने पद्दति लागू गर्नुपर्ने देखिन्छ । विद्यालयको वातावरणलाई स्वच्छ राख्नको लागि विद्यालयमा राजनीतिक गन्ध प्रवेश गराउनु हुँदैन र विद्यालय प्रशासनले सधैं शिक्षकहरुको मनोबल उच्च राख्न निरन्तरप्रयास गरिरहनु पर्दछ भन्ने जस्ता सुझावहरु प्रस्तुत गरिएको छ । त्यसैले यी कार्यहरु गर्नसकेको खण्डमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सहभागिता बढाउन सक्ने देखिन्छ ।
