निर्मलकुमार भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन {Study of Nirmal Kumar Bhandari's Biography, Personality and Works}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय डोटी बहुमुखी क्याम्पस नेपाली विभाग
Abstract
यो शोधकार्य साहित्यकार निर्मलकुमार भण्डारीको व्यक्तित्व र कृतित्वको अध्ययनमा केन्द्रित रहेको छ । यस शोधसारको उद्देश्य साहित्यकार निर्मलकुमार भण्डारीको व्यक्तित्व र कृतित्वको अध्ययनमा केन्द्रित रहेको अछ । यस शोधसारको उद्देश्य साहित्यकार निर्मलकुमार भण्डारीको सामाजिक व्यक्तित्व, उहाँको साहित्यिक जीवन, जीवनमा भोगेका तितामीठा क्षणहरू, जागीरे जीवन र उहाँका हाल सम्म प्रकाशित साहित्यिक कृतिहरू र अप्रकाशित कृतिहरू उहाँको व्यक्तिगत जीवनशैली, साहित्यसाधना प्रतिको मोह र उहाँको साहित्य साधना पूर्वको जीवन साहित्य साधनामा लागिसकेपछिको जीवनशैली, पारिवारिक अवस्था, उहाँका हालसम्म प्रकाशित कृतिहरू र अप्रकाशित कृतिहरूको बारेमा अध्ययन गरिएको छ ।
साहित्यकार निर्मलकुमार भण्डारीको समग्र जीवनशैली तत्कालिन सशत्र द्वन्द्वको प्रभावले उनको जीवनमा गहिरो रूपमा परेको प्रभाव उल्लेख गरिएको छ । जुनसुकै विषयवस्तुमा गहिरो अध्ययन राख्ने निर्मलकुमार भण्डारी बहुप्रतिभा सम्पन्न व्यक्ति हुन् भन्ने सन्दर्भ पनि उल्लेख गरिएको छ । आफ्नो जीवनको मुख्य उद्देश्य साहित्य साधना बनाएर साहित्यिक गतिविधिमा निरन्तर लाग्नु भएको कुरा उनको व्यक्तित्वमा उल्लेख गरिएको छ । एक कुशल साहित्यकार, असल शिक्षक, राष्ट्रिय शिक्षाा पुरुस्कारबाट सम्मानित भएको कुरा पनि उल्लेख गरिएको छ । साहित्यिक साधना सँगसँगै सामाजिक कार्यमा पनि तत्काल भण्डारी विभिन्न सामाजिक अभियानमा लागेको पाइन्छ ।
त्यसका साथसाथै सामाजिक ऐनाको रूपमा हेरिने पत्रकारिता पेशालाई पनि जीवन सँगसँगै अगाडि बढाइरहेको पाइन्छ । रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा कार्यरत देखि लिएर कैलाली, कञ्चनपुरका विभिन्न एफ.एम. रेडियोहरूमा कार्यरत रही विभिन्न पत्रपत्रिकाहरू सम्पादनको काममा लागेको देखिन्छ ।
यस अध्ययनमा साहित्यकार भण्डारीको साहित्यिक लेखन जीवन विभाजन गरी अध्ययन गरिएको छ । उहाँका प्रकाशित कृतिहरूको अध्ययन गर्दा प्रत्येक कृतिहरूका विषयवस्तुहरू सामाजिक जीवनसंग मेलखाने खालका भेटिएका छन् । स्थानीय लोक संस्कृति, चालचलन, संस्कार, संस्कृति र रितिरिवाजको जगेर्ना गर्नु उहाँको लेखनीको उद्देश्य रहेको पाइएको छ ।
कुनैपनि मानिस असाधारण हुन्छन् । कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ । त्यो प्रतिभालाई बाहिर निकाली सार्वजनिक गर्नु, समाजमा रहेका कुरिती, कु–संस्कार, अन्धविश्वासलाई हटाउनु, आफ्नो संस्कार संस्कृति र चालचलन, भेषभूषा जोगाउनु, सभ्यताको संरक्षण गर्नु, पहिचान बचाउनु, समुन्नत समाजको निर्माण गर्नु, गलत कुराको विरोध गर्नु र सहि कुराको समर्थन गर्नु, असल मान्छे बन्ने सबैको चाहना हुन्छ ।
