विद्यालय व्यवस्थापनमा वित्तीय स्रोत परिचालनको प्रभाव {Impact of financial resource mobilization on school management}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन
Abstract
विद्यालय व्यवस्थापनमा वित्तिय स्रोत परिचालनको प्रभाव शिर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य विद्यालय व्यवस्थापनको लागि आवश्यक वित्तीय स्रोतहरुको पहिचान गर्ने र वित्तिय स्रोत परिचालनले परेको प्रभाव पत्ता लगाउने रहेका छन् । यी उद्देश्यहरु पुरा गर्नको लागि उद्देश्य बमोजिमका अनुसन्धनात्मक प्रश्नहरु निमार्ण गरिएको छ । यस अनुसन्धान सँग सम्बनिधत ऐतिहासिक घटनाहरुको समिक्षा, ऐन, नियम र कानुन, अनुसन्धानात्मक प्रतिवेदन, विद्यालयको आर्थिक प्रतिवेदन, विद्यालय सुधार योजना, पत्र पत्रिका, लेख रचनाहरुको पुनरावलोकन गरिएको थियो ।
अध्ययनको उद्देश्य पुरा गर्नको लागि काठमाण्डौ महानगरपालिका मनोहर स्रोत केन्द्र अन्तगर्ततका तिनवटा सामुदायिक विद्यालयहरु छनौट गरिएको थियो । छनौट गरिएका विद्यालयका प्र.अ, वि.व्य.स का अध्यक्ष र लेखापाल सँग प्रश्नावली प्रयोग गरी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । द्धितिय तथ्याङ्कको स्रोत विद्यालयको अभिलेखलाई उपयोग गरिएको थियो । यी संकलन गरिएका तथ्याङ्कलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या तथा विश्लेषण गरिएको छ ।
विद्यालयको प्रमुख आयस्रोत सरकारी अनुदान रहेको र शिक्षक तथा कर्मचारी तलब भत्तामानै बढी वित्तिय स्रोत खर्च हुने गरेको पाइयो । वित्तिय स्रोतको परिचालन प्रभावकारी रुपमा कार्यान्वयन भएका विद्यालयको विद्यालय व्यवस्थापन पक्ष र शैक्षिक उपलब्धि उच्च पाइयो भने वित्तिय स्रोतको परिचालन र कार्यान्वयन प्रभावकारी रुपमा नभएको विद्यालयको विद्यालय व्यवस्थापन पक्ष र शैक्षिक उपलब्धि पनि न्यून पाइएको छ ।
आयव्ययको विवरण चुस्त र दुरुस्त राखी भौतिक तथा शैक्षिक विकासका लागि योजना अनुसार आम्दानि र खर्चको विचमा तालमेल मिलाएर वित्तीय स्रोतको परिचालन प्रभावकारी रुपमा कार्यान्वयन गरेमा विद्यालय व्यवस्थापन प्रभावकारी हुनुको साथै विद्यालयले उच्च शैक्षिक उपलब्धि प्राप्त गर्न सकिने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।
विद्यालयले प्राप्त गरेको वित्तिय स्रोतलाई वार्षिक आम्दानिको रुपमा एकत्रित गरी आवश्यक शिर्षकमा खर्च गर्नका लागि योजना बनाउनुपर्ने, शिक्षालाई पूर्णत लगानिको रुपमा हेर्नुपर्ने, छात्रावृत्तिलाई निरन्तरता दिनुपर्ने, विद्यालयको हरेक शैक्षिक कार्यक्रममा अभिभावक र स्थानिय निकायलाई सहभागी गराइनुपर्ने, औपचारीक शिक्षाको साथ साथै अनौपचारीक शिक्षामा जोड दिनुपर्ने, शिक्षामा हुने लगानी र खर्चको अनुगमन र मुल्याङ्कन हुनुपर्ने, मागमा आधारित शिक्षक तालिमको व्यवस्था हुनुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
