नरबहादुर यङहाङ लिम्बू (नवल फाइवाली) को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण {Narbahadur Yanghang Limboo (Nawal Faiwali) ko jeevani vyaktitwa ra Krittwako adhyayan ra vishleshan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली विभाग

Abstract

नेपाली साहित्यमा पूर्वी नेपालको झापा जिल्लाबाट अनवरत रुपमा साहित्य क्षेत्रमा सेवारत साहित्यकार हुन् नरबहादुर यङहाङ लिम्बू (नवल फाइवाली) । २०३६ सालदेखि साहित्य सिर्जनामा लागेका लिम्बूले साहित्य लेखनको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल भएका छन् । वर्तमान समयसम्म आइपुग्दा कविता, उपन्यास, निबन्ध र गीतिकविता लेखनहरुको सिर्जना गर्न पुगेका छन् । प्रस्तुत शोधपत्र साहित्यकार “नरबहादुर यङहाङ लिम्बू (नवल फाइवाली) को ज्विनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण” मा यीनै साहित्यकारको बारेमा यथासक्य अध्ययन र उनका प्रकाशित कृतिहरुको समेत अध्ययन र विश्लेषण गर्ने प्रयास गरिएको छ । यस क्रममा प्रस्तुत शोधपत्रलाई पाँचौ परिच्छेदा विभाजन गरिएको छ । यस शोध पत्रको पहिलो परिच्छेदको मूल शीर्षक शोध परिचय राखिएको छ । यस अन्तर्गत शोध शीर्षक, शोधार्थीको नाम, शोध प्रयोजन, शोधको परिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्व कार्यको समीक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगीता, प्राक्कल्पना, अध्ययनको सीमा, सामाग्री संकलन, शोधविधि, शोधकार्यको रुपरेखा उपशीर्षकमा चर्चा गरिएको छ । दोस्रो परिच्छेदमा नरबहादुर यङहाङ (नवल फाइवाली) को जीवनका विविध पक्षहरु मूल शीर्षक अन्तर्गत राखिएको छ । पारिवारिक पृष्ठभूमि, वंश परम्परा, जन्म र जन्म स्थान, बाल्यकाल, स्वभाव, शिक्षा दीक्षा, प्राथमिक, निम्न माध्यमिक शिक्षा, उच्च शिक्षा, संस्कार कर्महरु, पारिवारिक जीवन, दाम्पत्य जीवन, आर्थिक स्थिति, जागीरे जीवन, विद्यार्थी जीवनमा गरेका क्रियाकलापहरु, भ्रमण, साहित्य लेखनमा प्रभाव र प्रेरणा, अविष्मरणीय घटना, क्षण, किराँत साहित्यकार फाइवालीलाई श्रीजङ्गा पुरस्कार, नवल फाइवाली उपनाम रहनुको कारण उपशीर्षक अन्तर्गत रहेका छन् । तेस्रो परिच्छेदमा नरबहादुर यङहाङ (नवल फाइवाली) व्यक्तित्वको विविध पक्षहरुको अध्ययन मूलशीर्षकको रुपमा पृष्ठभूमि, वाह्य व्यक्तित्व, आन्तरिक व्यक्तित्व, शारीरिक वनावट, गुण र स्वभाव, लिम्बू समाजमा नरबहादुरको भूमिका, लिम्बू खानपान, साहित्यकार व्यक्तित्व, साहित्यिक चरण विभाजन, कवि व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व, गीतिकथा व्यक्तित्व, राजनैतिक व्यक्तित्व, संकलक र सम्पादक व्यक्तित्व, लिम्बू जातिको इतिहास, लिम्बू जातिको संस्कृति, लिम्बू पर्व वा चाड चासोक ताङ्नाम उपशीर्षहरु रहेका छन् । चौथो परिच्छेद नरबहादुर यङहाङ (नवल फाइवाली) को कृतित्वको अध्ययन मूल शीर्षकको रुपमा लोक साहित्यको परिचय, लोक साहित्य र ललित साहित्यको सम्बन्ध, लोक साहित्यको विशेषता, लोकगीत, लोक कविता, नेपाली लोकगीत, नेपाली लोकगीतका आयाम र वर्गीकरणका आधार, लोकगीतका तत्व, उखान, टुक्का, खाउँखाने कथा, उखान टुक्कामा अन्तर, याक्थुङ्ग मुक्पान सुम्, लोकगीत, लिम्बू जातिको लोकगीत पालम्, देउसी, बलिहाङ तङ्नाम लारिङ्गे (वलिराज उत्सव देउसी) मौलिक कृति, अन्यायको हार गीति कविताको एक परिचय, विषय प्रवेश, मूलभाव, अन्यायको हार, राष्ट्रका एक सपुत र ज्ञात अज्ञात शहीदहरुको तथ्याङ्क गाथा (राष्ट्रिय जनगणनामा आधारित) किराँत सामान्य ज्ञान, लिम्बू नामाकरण, बौद्धिक ज्ञानका अमर विचारहरु, ४० आदिवासी जनजातिको संक्षिप्त परिचय उपशीर्षकको रुपमा रहेका छन् । पाँचौ परिच्छेद उपसंहार तथा निष्कर्ष मूल शीर्षकका रुपमा रहेका छन् । उपसंहार तथा निष्कर्ष, नवलफाइवालीको स्थान निर्धारण, सम्भाव्य शोध शीर्षकहरु उपशीर्षक राखेर र उनको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ भने अन्त्यमा निष्कर्ष उपशीर्षकमा उनको साहित्यिक यात्राको निष्कर्ष निकाल्ने जमर्को गरिएको छ । सन्दर्भग्रन्थ सूची, परिशिष्टहरुको समावेश गरी शोधपत्रको अन्त्य गरिएको छ । यसरी यस शोध पत्रमा साहित्यकार (नवल फाइवाली) र उनका प्रकाशित पुस्तकाकार कृतिहरुको बारेमा अध्ययन विश्लेषण र मूल्याङ्कन गर्दै यथासक्य प्रकाश पर्ने चेष्टा गरिएको छ ।

Description

Citation

Collections