दौलतविक्रम विष्टका उपन्यासमा सीमान्तीयता
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
दौलतविक्रम विष्टका उपन्यासमा सीमान्तीयता शीर्षकको प्रस्तुत अध्ययनको मुख्य
उद्देश्य विष्टका उपन्यासमा सीमान्तीयताको पहिचान र त्यसको विश्लेषण गर्नु रहेको छ ।
यस प्रयोजनका लागि सीमान्तीयताका कोणबाट उनका मञ्जरी (२०१६) बिग्रिएको बाटा े २०३३)
र भोक र भित्ताहरू (२०३८) उपन्यासको सूक्ष्म रूपमा अध्ययन एवम विश्लेषण
गरिएको छ । यस क्रममा उक्त उपन्यासमा अभिव्यक्त वर्गीय, जातीय तथा लैङगिक
प्रतिनिधित्व र पहिचानको अवस्था तथा आवाज र प्रतिरोधी चेतनासम्बन्धी पात्रगत अवस्थाको
अधययन गरिएको छ । विष्टका उपन्यासमा वर्गीय, जातीय र लैङगिक रूपमा सीमान्तीकृत पात्रहरूको
प्रतिनिधित्व र पहिचानको अवस्थाको खोजी र त्यसको विश्लेषण, ती पात्रहरूको प्रतिरोधी
चेतनाको अवस्थाको मूल्याङकन गर्नु यस अध्ययनको मुख्य समस्या हो र ती समस्याको खोजी
गरी त्यसको यथाथपरक विश्लेषण गर्नु यसको उद्देश्य रहेको हुनाले दौलतविक्रम विष्टका
शोध्य उपन्यासमा केन्द्रित भई सम्बन्धित विषयवस्तुको सूक्ष्म रूपमा अध्ययन र निश्चित
सैद्धान्तिक विधि तथा पद्धतिको आधारमा समस्याको समाधान गरिएको छ ।
प्रस्तुत अध्ययन साहित्यिक अध्ययनसँग सम्बन्धित भएको हुँदा यसको अध्ययन प्रक्रिया
पाठविश्लेषण विधिमा आधारित छ । अध्ययन एवम विश्लेषणका लागि विष्टका विश्लेष्य
उपन्यासहरू प्राथमिक सामग्रीका रूपमा र ती उपन्याससँग सम्बन्धित विभिन्न
अनुसन्धानात्मक कार्य, समीक्षात्मक टिप्पणी तथा स्थापित सीमान्तीय सिद्धान्त र त्यसको
अवधारणात्मक आधारसँग सम्बन्धित भएर लेखिएका पुस्तक तथा लेख रचनाहरूलाई द्वितीयक
स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । अध्ययनका लागि छनोट गरिएका उपन्यासको
विश्लेषणका क्रममा निर्धारित शाध्य प्रश्न तथा उद्देश्यहरूमा केन्द्रित रही पात्रहरूको वर्गीय,
जातीय र लैङगिक आधारमा सीमान्तीय पक्षको मूल्याङकन गरिएको छ ।
प्रस्तुत अध्ययनको सैद्धान्तिक आधारका रूपमा स्थापित सीमान्तीय सिद्धान्तका साथै
त्यससँग सम्बन्धित अवधारणा रहेकोे छ र यसैमा आधारित भई विश्लेष्य उपन्यासमा वर्गीय,
जातीय तथा लैङगिक रूपमा सीमान्तीकृत पात्रहरूको प्रतिनिधित्व र पहिचानको अवस्था र
सीमान्त समुदायको आवाज र उनीहरूमा विकसित प्रतिरोधी चेतनासम्बन्धी अवस्थाको
अध्ययन गरिएको छ । उपन्यासमा प्रभुत्वशाली समुदायको वर्चस्वबाट अधीनस्थ सीमान्तीकृत
वर्ग तथा समुदायका पात्रहरूले भोग्नु परेको शोषण र दमनको स्थिति र त्यसबाट आफूहरू
सामाजिक रूपमा किनारीकृत अवस्थामा पारिएको बोध गरी आफ्नो अस्तित्व रक्षार्थ सामाजिक
प्रतिनिधित्व र पहिचान कायम गर्न स्थापित परम्परागत सामाजिक, सांस्कृतिक, आर्थिक,
राजनीतिक संरचनात्मक मूल्य र मान्यताका विरुद्ध सीमान्तीकृत समुदायका पात्रहरूले
उठाएको आवाज र प्रतिरोधी अभ्यास जस्ता पक्षहरूको अध्ययन गर्दै उनीहरूको आवाजका
सम्बन्धमा के कस्तो सुनवाई भएको छ भन्ने कुरालाई विभिन्न उद्धरण र सन्दर्भहरूका
आधारमा सूक्ष्म ढङगले विश्लेषण गरिएको छ ।
समग्रतः सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि कारणाट सिर्जित वर्गीय,
जातीय र लैङगिक विभेद र अन्यायका विरुद्ध सामाजिक जनचेतना अभिवृद्धि गरी आफ्नो
सामाजिक अस्तित्व र पहिचान स्थापित गर्न सीमान्तीकृत वर्ग तथा समुदायबाट भएका विरोध,
प्रतिरोध तथा सङघर्ष र क्रान्ति जस्ता प्रतिरोधी चेतनाका प्रक्रियाबाट सामाजिक परिवर्तन
सम्भव हुने लेखकीय दृष्टिकोण रहेको देखिन्छ । यसरी विष्टका उपन्यासमा तत्कालीन नेपाली
समाजको सामाजिक एवम सांस्कृतिक पक्षको यथार्थपरक प्रस्तुति भएको छ । यस सन्दर्भमा
अधीनस्थ एवम उत्पीडित वर्ग तथा समुदायका मानिसहरूको जीवनभोगाइको अवस्थालाई
मूल विषयवस्तु बनाइएको र सामाजिक असमानता र अन्यायको विरुद्धमा आवाज उठाई न्याय
स्थापनार्थ त्यस्ता उत्पीडित पात्रहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको हुनाले सीमान्तीय
दृष्टिले उनका उपन्यास सशक्त छन भन्ने निष्कर्ष निकालिएको छ ।
