झापा जिल्लाको नगरस्तरीय परीक्षा २०७४ मा उपयोग गरिएका आधारभूत उत्तीर्ण प्रश्नहरुको तुलनात्मक अध्ययन{A Comparative Study of the Basic Passing Questions Used in Jhapa District Municipal Examination 2074}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा सङ्काय

Abstract

शोधशीर्षक ः झापा जिल्लाको नगरस्तरीय परीक्षा २०७४ मा उपयोग गरिएका आधारभूतउत्तीर्ण प्रश्नहरूको तुलनात्मक अध्ययन उददेश्य ः२०७४ सालमा उपयोग गरिएका नगर स्तरीय परीक्षाका प्रतिनिधि प्रश्नहरू पाठयक्रम र विशिष्टीकरण तालिका अनुरुप भए नभएको पत्ता लगाउने कार्य गरिएको छ ।उक्त प्रश्नहरूको विश्वासनियता, वैधता र उपयोगिता पत्ता लगाइएको छ ।नगर स्तरीय परीक्षामा उपयोग गरिएका प्रश्नहरूमा पाइने समानता र असमानता पत्ता लगाइएको छ ।उक्त प्रश्नपत्र अध्ययनबाट प्राप्त कमीकमजोरीहरू औल्याएर सुधारका निम्ति आवश्यक सुझाव प्रस्तुत गरिएको छ । झापा दमक, शिव सताक्षी, बिर्तामोड नगरहरूले कक्षा ८ को अनिवाय नेपाली विषयको अन्तिम वार्षिक परीक्षाका लागि निर्माण गरेका २०७४ सालका प्रश्नपत्रहरूका वाह्य र आन्तरिक आधारमा तुलनात्मक अध्ययन विश्लेषणमा पस्तुत शोधकार्य सीमित रहेको छ । मूलतः पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएका यो शोधकार्य निर्धारितनगरहरूले निर्माण गरेका प्रश्नपत्रहरूलाई जनसङख्याका रूपमा लिई सतप्रतिशत नमुनाछनोट विधिको अवलम्बन गरी पाँचैवटा प्रश्नपत्रहरूका अध्ययन विश्लेषण गरिएको छ ।यस शोधकार्यमा प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । यसअनुसन्धानको क्रममा सम्बन्धित क्षेत्रका प्र.अ., विषय शिक्षक, विद्यार्थी, अभिभावक तथाअन्य जानिफकार व्यक्तिहरूसँग आवश्यक सोधपुछ तथा छलफल गरिएको छ । शैक्षिक प्रशासनको विकेन्दीकरणका रूपमा नगरहरूको स्थापना हुनभन्दा अगाडिविद्यालय तहका अधिकांश परीक्षाहरूमा शिक्षक निर्मित प्रश्नपत्रहरूको उपयोग गरिन्थ्यो ।हाल विद्यालय तहका अधिकांश परीक्षामा नगरस्तरबाट प्रश्नपत्र निर्माण गरी उपयोगगरिदै आएकोमा ती प्रश्नपत्रहरूको गुणात्मक अवस्थाको अध्ययन गरी आवश्यक निष्कर्षका आधारमा उपयुक्त सुझाव प्रस्तुत गर्ने मुल धेय रहेको यस शोधकार्यबाट प्रशस्त सत्यतथ्य रहस्योदघाटन भएका छन । प्रस्तुत शोधपत्रमा नगरस्तरबाट निर्मित प्रश्नपत्रहरूको वस्तु स्थितिको लेखाजोखा गरी सम्बन्धित पक्षहरूलाई सुझाव प्रस्तुत गरिएको छ । प्रश्न निर्माणमा संलग्न शिक्षकहरूलाई विशेष तालिम दिई जिम्मेवार बनाउनु पर्ने तथा यस सम्बन्धमा सम्पूर्ण सरोकारवालाले खबरदारी र पहरेदारी गरी आवश्यक सल्लाह सुझाव दिनुपर्ने आवश्यकता रहेको छ साथै यस विषयमा अझ गहन तथा उच्च स्तरीय अध्ययन अनुसन्धान हुनु पनि त्यतिकै आवश्यक रहेको छ ।

Description

Citation