सार्की जातिको परम्परागत पेशाको परिवर्तनले सामाजिक,आर्थिक अवस्थामा पारेको प्रभाव वडा नं. ९, विनामारे गा.वि.स., बागलुङ {Impact of the change in the traditional occupation of the Sarkis on social and economic conditions Vada no. 9, Binamare VDC, Baglung}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

मानविकी तथा समाजशास्त्र संकाय, समाजशास्त्र/मानवशास्त्र विभाग

Abstract

नेपाल विविधतामय देश हो । यहाँका विभिन्न जातजातिले आ–आफ्ना सामाजिक एवं सांस्कृतिक विविधताद्वारा नेपाललाई चिनाएका छन । यस्तै विभिन्न जातजातिमध्ये सार्कीजाति पनि एक हो । बागलुङ जिल्लाको बिनामारगा.वि.स. वार्ड नं. ९ मा बसोबास गन२९ घरधुरी सार्की जातिका छन । यिनै सार्की जातिहरूको अध्ययन यस शोधले गरेको छ ।शोधको शीर्षक ‘सार्की जातिको परम्परागत पेशाको परिवर्तनले सामाजिक आर्थिक अवस्थामा पारेको प्रभाव’ रहेकाले यस शीर्षकको आधारमा यसवडामा बसोवास गर्ने सार्की जातिको र यसै क्षेत्रमा उनीहरूसँगै बसोबास गर्ने ब्राह्मण, क्षेत्रीलगायत अन्य जातिहरूको सामाजिक, आर्थिक र शैक्षिक अवस्थाहरूको अध्ययन गरी सार्की र अन्य जातिहरूको तुुलनात्मक अध्ययनका आधारमा आर्थिक सामाजिक अवस्थाको सम्बन्ध यस शोधकार्यलेदेखाएको छ । शोधपत्रलाई छ अध्यायमा वर्णन गरिएको छ । पहिलो अध्यायमा अनुसन्धान परिचयमूल शीर्षकअन्तर्गत अध्ययनको पृष्ठभूमि, समस्याका कथन, अध्ययनको उद्देश्य, अध्ययनका महत्व, अध्ययनको सीमाजस्ता विषयहरूको समीक्षा गरिएको छ । पृष्ठभूमिमा सार्की लगायत अन्य दलित जातिका सामान्य परिचय झल्काउने काम गरिएको छ । समस्याका कथनमा एउटै आर्य मूल जातिभित्र सामाजिक रूपमा उच्च र निम्न गरी जातीय विभाजन हँुदा सार्की जाति अन्य जातिको थिचोमिचोमा रहन पुगेका छन । यस्ता हेपिएका, दबिएका जातिहरूको अध्ययन गर्न आवश्यक छ भन्ने कुरालाई झल्काइएको छ । यसका साथैसमाजका उपल्ला भनिने जातिहरूले उनीहरूलाई कसरी उपयोग गरिरहेका छन र आधुनिकीकरणको प्रभावले उनीहरूको परम्परागत पेशामा आएको परिवर्तन र सामाजिक आर्थिक अवस्था झल्काउन कोशिस गरिएको छ । यस अध्ययनका उद्देश्यहरू ः १. सामाजिक आर्थिक अवस्थाको पहिचान गर्ने । २. समाजको उपल्ला भनिने जातिले सार्की जातिलाई कसरी उपयोग गरेका छन ? विश्लषण गर्ने । ३. सार्की जातिको परम्परागत पेशामा आएको परिवर्तनको अध्ययन गर्ने । यस्तै अध्याय दुईमा सन्दर्भ साहित्यको सिंहावलोकन अन्तर्गत सन्दर्भ साहित्यहरूका सिंहावलोकन गरिएको छ । सार्की जातिको परम्परागत पेशाको परिवर्तनल सामाजिकआर्थिक अवस्थामा पारेको प्रभावका बारेमा केही पूर्वकथनहरूलाई यसमा उल्लेख गरिएकाछ । यसै अध्यायमा अवधाराणात्मक र सैद्धान्तिक ढाँचालाई पनि प्रकाश पारिएको छ ।अवधारणाका रूपमा सामाजिक, आर्थिक र शैक्षिक अवस्थाहरूको अध्ययनलाई अगाडिसारिएको छ भने सैद्धान्तिक रूपमा माक्र्सवादी सिद्धान्त, संरचनात्मक प्रकार्यवादी सिद्धान्तर आधुनिकीकरण सिद्धान्तलाई आधार बनाई यसैको सेरोफेरोमा रहेको विश्वव्यवस्थात्मक सिद्धान्तलाई समेत अनुसरण गरिएको छ । अध्याय तीनमा अनुसन्धानपद्धतिका बारेमा प्रकाश पार्दैै अध्ययनको ढाँचाका रूपमावर्णनात्मक र अन्वेषणात्मक ढाँचालाई प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका औचित्यको पुष्टिको साथै अध्ययन क्षत्रेमा जम्मा २९ घरधुरी सार्की जातिहरूको रहेकाले उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एकाईहरूको अध्ययन गर्ने तथा घरमलीलाई नमुनाछनोटका रूपमा लिइएको छ । तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीयक दबै रहेका छन ।शोधविधिमा प्रश्नावली, अवलोकन, घरधुरी सर्वेक्षण, अनुसूची आदि रहेका छन । अध्यायचारमा अध्ययन क्षेत्रको परिचयसम्बन्धमा देश, जिल्ला र स्थानीय गा.वि.स.को परिचय दिइएको छ । छिटो र सजिलो तरिकाले बुझाउनको लागि नक्साहरू र तालिकाहरूको प्रयोग गरिएको छ । अध्याय पाँचमा सार्की जातिहरूको सामाजिक, आर्थिक र पेशागत परिवर्तनको स्थिति विश्लेषण गरिएको छ । विश्लेषणलाई सजिलो र छिटो तरिकाले बुझाउनका लागि तालिका, स्तम्भचित्र र पाइचार्टको पनि प्रयोग गरिएको छ । अध्याय छ मा सारांश, निष्कर्ष र सुझावहरूलाई राखिएको छ । ‘सार्की जातिहरूका परम्परागत पेशाको परिवर्तनले सामाजिक आर्थिक अवस्थामा पारेको प्रभाव’ शीर्षक राखिएको यस शोधपत्रले यसै शीर्षकका आधारमा यस क्षेत्रमा बसोबास गर्ने सार्की जातिका सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक तथा पेशागत परिवर्तनको अध्ययन गरी सामाजिक,आर्थिक अवस्थाहरूको अध्ययनबाट सार्की जातिका यस्ता अवस्थाहरूमा दयनीय स्थितिरहेका निष्कर्ष निकालिएको छ । संरचनात्मक–प्रकार्यवादी र माक्र्सवादी सिद्धान्तको सेरोफेरोमा रहेर केही सुझावहरू शोधपत्रले प्रस्तुत गरेको छ अनि भविष्यका पिढीलाई केही जिम्मा पनि शोधपत्रले दिएर छोडेको छ ।

Description

Citation

Collections