सहरी गरिबीले स्थानीय जनताको आर्थिक तथा शैक्षिकक्षेत्रमा पारेको प्रभाव: देउमाई नगरपालिका एक अध्ययन (Sahari garibile sthaniya janatako aarthik tatha shaikshik kshetrama pareko prabhav: Deumai nagarpalika ek adhyayan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
यो शोधपत्र सहरी गरिबीले स्थानिय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन
गर्न नेपालको पूर्वि क्षेत्र इलाम जिल्लाको देउमाई नगरपालिकाको वडा नं. ३ लाई नमुना छनौटको
रुपमा लिई स्थलगत अध्ययन गरिएको छ । यसकोविशिष्ठ उद्देश्य सहरी गरिबीको अवस्था पत्ता
लगाउनु, गरिब परिवारका आर्थिक तथा शैक्षिक विवरणहरु विश्लेष्ण गर्नु र गरिबी निवारणको लागि
सुझावहरु पेश गर्नु राखिएको छ ।
शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणत्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरि धेरै मात्रामा प्राथमिक र
केहि मात्रामा द्धितिय श्रोतको माध्यमबाट तथ्याँक संकलन गरि प्राप्त तथ्याँकलाई आवश्यकता अनुसार
तालिका, स्तम्भ चित्र तथा वृतचित्रको माध्यमबाट व्याख्या र विश्लेष्ण गरिएको छ । अध्ययन क्षेत्र
इलाम जिल्ला देउमाई नगरपालिका वडा नंं. ३ को ९२३ मध्ये २०२ घरपरिवारलाई सामान्य सम्भावना
युक्त विधी अन्र्तगत चिठ्ठा प्रणली द्धारा छनौट गरिएको छ । विभिन्न प्रश्नावली तयार गरेर नमुना
छनौटमा परेका घरपरिवारको घरमुली सँगको प्रत्यक्ष अन्तवार्ताबाट यो शोधपत्र तयार पारिएको छ भने
द्धितिय तथ्याँकको रुपमा नगरपालिका, जि.वि,श., केन्द्रिय तथ्याँक विभाग, विभिन्न लेखरचना,
पत्रपत्रिका र अन्य अप्रकाशित शोधपत्रलाई आधार मानिएको छ ।
अध्ययनको क्रममा यस क्षेत्रमा सबैभन्दा धेरै कृषि तथा पशुपालनमा ३४.६५ प्रतिशत संलग्न भएको
पाइयो भने सबैभन्दा कम ८.९१ प्रतिशत वैदेशिक रोजगारीमा संलग्न भएको पाइयो । यस क्षेत्रमा
साक्षर व्यक्तिहरु ८३.४२ प्रतिशत र निरक्षर व्यक्तिहरु १६.५८ प्रतिशत रहेको पाइयो ।
यस क्षेत्रबाट सबभन्दा धेरै अदुवा निर्यात हुने गरको पाइयो भने अलैची, चिया, दुध र दुधजन्य वस्तुहरु
पनि निर्यात हुने गरेको पाइयो । यस्तै खाद्यान्न उपभोगका वस्तुहरु बढि मात्रामा आयात हुने गरेको
पाइयो भने तेलहन, दलहन र फलफुल पनि आयात भएको पाइयो ।
अध्ययन क्षेत्रमा वार्षिक ५० हजार भन्दा कम आय हुने घरपरिवार पनि भेटिया भने २ लाख भन्दा बढि
आय प्राप्त हुने घरपरिवार पनि पाइयो । आफ्नो उत्पादनले ३ महिना सम्म मात्र खान पुग्ने र बचत गर्ने
घरपरिवार पनि भेटियो भने जति आय बढछ आफ्ना बालबालिकालाई संस्थागत विद्यालय तर्फ अध्ययन
गराउने गरेको पाइयो ।
न्युन आय हुनु, जिवन निर्वाह खेति प्रणाली,व्यावसायिकरण र औधोगिकरणको अभाव, रोजगारीको
अभाव, पूँजीको अभाव, आयको ठुलो भाग खाद्यान्न उपभोगमा खर्च हुनु आदि यस क्षेत्रमा गरिबीको
कारणहरु रहेको पाइयो ।
