मोदिआइन’ उपन्यासको लैङगिक अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधका शीर्षक ‘मोदीआइन उपन्यासका लैङ्गिक अध्ययन’ रहेको छ । यस अनुसन्धानमा जनसङ्ख्या तथा नमुनाका रूपमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मोदिआइन’ उपन्यासलाई लिइएको छ । प्रस्तुत उपन्यासमा लैङ्गिक प्रयोगको अवस्थाको वर्णन गर्दै लैङ्गिक दृष्टिले उपन्यासमा प्रयुक्त भाषाको विश्लेषण तथा मल्याङ्कन गरिएको छ । प्रस्तुत शोधकार्यका प्रमुख उद्देश्य ‘मोदिआइन’ उपन्यासको लैङ्गिक पक्षको समग्र अध्ययन र विश्लेषण गर्नु रहेको छ । उक्त उद्देश्यमा केन्द्रित भएर लैङ्गिक पक्षको विश्लेषण अन्तर्गत लैङ्गिक अवस्था पत्ता लगाउने, उपन्यासमा समाविष्ट महिला र पुरुषको लैङ्गिक भूमिका (उत्पादनमूलक, अनुत्पादनमूलक, सामुदायिक राजनीतिक) को चित्रण गर्नु, विचारपरक, चरित्रपरक र भाषापरक अध्ययन गर्नु, लैङ्गिक चेतनाको विश्लेषण गर्नु र उपन्यासमा निर्दिष्ट पक्षहरूको लेखाजोखा गरी निष्कर्ष एवम् सुझाव प्रस्तुत गरिएको छ । यस शोधमा मूल रूपमा सामग्री सङ्कलन गदा पुस्तकालयीय विधि तथा अध्ययन विश्लेषणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस क्रममा साझा प्रकाशनद्वारा मुद्रित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ उपन्यासलाई प्राथमिक स्रोत र लैङ्गिक विषयसँग सम्बन्धित पाठयपुस्तहरू, शोधप्रतिवेदन, पत्रपत्रिकामा प्रकाशित लख रचना, शोध निर्देशकको निर्देशन आदिलाई द्वितीय स्रोतको रूपमा लिइएको छ । हाम्रो पुरुष प्रधान नेपाली समाजमा नारीका आवश्यकता र चाहनालाई कुनै पनि मूल्य नदिई कुण्ठित पारिएको हुन्छ । नारीहरूमाथि हुने गरेको शोषण र दमनलाई सहेर नबसी आफ्नो अस्तित्व रक्षाका लागि सघर्षरत रहनु पर्ने लैङ्गिक चेतना ‘मोदिआइन’ उपन्यासमा उठान भएको पाइन्छ । तसर्थ यस अनुसन्धानले ‘मोदिआइन’ उपन्यासमा रहेको लैङ्गिक समानता, समता, महिला सशक्तीकरण जस्ता पक्षहरूको जानकारी प्रदान गरेकोले लैङ्गिकता सम्बन्धी औपचारिक कार्यक्रम, लैङ्गिक समानताका लागि नारी आवाजहरू बुलन्द गर्न, भावी अनुसन्धान गर्न र शिक्षण सिकाइ कार्यमा समेत सीमित मात्रामा भए पनि यो अध्ययन उपयोगी बन्न सफल हुने अपेक्षा राखिएको छ ।

Description

Citation