दण्डरहित तथा बालमत्रि सिकाईको प्रभाव {Effects of non-punitive and child-friendly learning}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
प्रस्तुत अध्ययन विद्यालयमा दण्डरहित तथा बालमैत्री शिक्षण सिकाइले पारेको प्रभाव शिर्षकमा गरिएको हो । सामुदायिक विद्यालयमा बालमैत्री सिकाइको अवस्था पत्तालगाउन विद्यालयको शिक्षाको गुणस्तरको बारेमा सर्वत्र गुनासो भई रहेको अवस्था शैक्षिक गुणस्तर कायम गर्नको लागी के के गर्न सकिन्छ ? कस्ता प्रयासहरु सार्थक हुन सक्छन? भन्ने विषयमा खोजि गर्दै गदा विद्यालयमा वालमैत्रि तथा दण्ड रहित शिक्षण सिकाईको जरुरीरहेको निष्कर्ष भएकोले नेपालका प्राय सामुदायिक विद्यालयमा वालमैत्री विद्यालयको अवस्था, वालमैत्री शिक्षण सिकाइप्रति सरोकारवालाको चासो, बालअधिकार सम्बन्धि जानकारी भएनभएको विषयमा खोज कार्य गरी वालमैत्री शिक्षण कार्य हुन नसक्नुका कारणहरु, दण्ड सजायका असरहरु, दण्ड सजाय विना शिक्षण सिकाई गर्ने उपायहरु र बालमैत्री तथा दण्ड रहित शिक्षण सिकाइबाट वालबालिकामा परेको प्रभाव समेत पत्ता लगाउने उद्देश्य लिएरयो अनुसन्धान सम्पन्न गरिएको हो ।
यो अध्ययन मूलत गुणात्मक अनसन्धान ढाँचामा केन्द्रित छ । यो अध्यनमा उद्देश्यमुलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । बालमैत्री तथा दण्डरहित शिक्षण सिकाईको वातावरण निर्माणमा टेवा पुरयाउने उद्देश्य पुरा गराउनको लागि आवश्यक तथ्याक संकलन गर्नको लागि प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन, लक्षित समूहगत छलफल जस्ता शाधनहरुको प्रयोग गरिएको छ । यो अध्ययनमा रानीवास गा.वि.स.मा पनएक गरी ४ वटा विद्यालयलाई समावेश गरिएको छ । वाल अधिकार प्रति सरोकारवाला सचेत नभएको र अनुशासनको नाममा विद्यालयमा वालवालिकालाई दण्ड सजाय दिन गरेको पाइया। जसको कारणले विद्यार्थीको विद्यालय छाडने दरमा वृद्धि, विद्यार्थी अनियमितता, कमजोर सिकाइ उपलव्धि, विद्यार्थीहरुको विद्यालयप्रति विकर्षण जस्ता समस्याहरु देखियो ।
अरुणकुमार थिङ्ग
अध्ययनको क्रममा विद्यार्थीहरुको सिकाई उपलव्धि कम हुनाका कारणहरु मध्ये विद्यालयमा दिइने गरेको दण्ड सजाय पनि एक हो । जसलाई पूर्ण रुपमा अन्त्य गरी कक्षाकोठाको वातावरण वालमैत्री हुनुपर्ने, कक्षाकोठा व्यवस्थापन बालमैत्री हनुपर्ने, शिक्षकविद्यार्थी बीचको सम्बन्ध अत्यन्त रमणीय हुनुपर्ने, दण्ड तथा सजायलाई विद्यालय वातावरण बाहिर गर्नु पर्ने निष्कर्ष प्राप्त भएको छ ।
दण्ड सजाएको कारण बालबालिकाहरुलाई शारीरिक रुपमा त असर पर्छ नअझ मानसिक रुपमा परेको प्रभावका उनीहरुले विद्यालय छाडने, विद्यालयमा नियमित उपस्थित नहुन, झगडालु बन्न, कुलतमा लाग्ने र अन्यमा आत्माहत्या गर्ने जस्ताकृयाकलापहरु देखाउने गदछन । बालबालिकालाई दण्ड सजायविना पनि अत्यन्तै प्रभावकारीढंगबाट शिक्षण सिकाई कार्यमा समलग्न गराउन सकिन्छ जसको लागि अभिभावक, शिक्षक,विद्यार्थी एवमसम्पूर्ण सरोकारवालाहरुको प्रयास अपरिहार्य छ । विद्यालयको वातावरण, भौतिकसंरचना, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री लगायत सम्पूर्ण शिक्षण सिकाइ क्रियाकलापबालमैत्री हुनुपर्दछ । यति भएमामात्र शिक्षण सिकाइमा सुधारआई सिकाइ उपलव्धि समेत वृद्धिहुने देखिन्छ ।
