उद्धारकक्षोन्नतीको उपादेयता Udharkakshonnatiko upadeyata

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठयक्रम तथा मूल्याङकन संकाय

Abstract

उद्धारकक्षोन्नतीको उपादेयता शीर्षकमा तयार पारिएको यो शाधपत्रको मुख्य उद्देश्य उद्धारकक्षोन्नतीको उपादेयताको अवस्था अध्ययन गर्नु रहेको छ । यस अध्ययनलाई मार्गदर्शन गर्नका लागि शोध शीर्षकसँग सम्बन्धित शोधपत्रहरु र अन्य साहित्यहरुलाई सम्वन्धित साहित्यको रुपमा पुनरावलोकन गरिएको छ । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । नमुना विद्यालयहरू, शिक्षक, अभिभावक, विद्यार्थी छनोट गर्न उद्देश्यमलक नमुना छनोट विधिको प्रयोग गरिएको छ । यस अध्ययनको लागि दि.रु.म.न.पा. ७, ८ र ९ का सामुदायीक विद्यालयहरू मध्ये ३ वटा छनोट गरी नमुनाको आकार भित्र २÷२ जना शिक्षक गरी ६ जना, २÷२ जना विद्यार्थी गरी ६ जना १÷१ प्र.अ. गरी ३ जना, अध्ययनरत विद्यार्थीको अभिभावक मध्ये १÷१ जना गरी ३ जना र छनोटमा परेका क्षेत्रका नगर शिक्षा प्रमुखलाई लिइएको छ । त्यसैगरी तथ्याङक संकलनको लागि नगर शिक्षा शाखा प्रमुख, प्र.अ. तथा शिक्षकलाई प्रश्नावली, अभिभावकलाई छलफल निर्देशिका, विद्यार्थीलाई अन्तरवार्ता निर्देशिकाको प्रयोग गरी तथ्यांक संकलन गरिएको छ । तथ्याङकको पकृति अनसार तालिकासँगै वर्णनात्मक रूपमा तथ्याङक विश्लषण गरिएको छ । उद्धारकक्षोन्नतीको मुख्य आधार कार्यसञ्चिकाको प्रयोग प्रभावकारीता कम भएको पाइयो । पहिलो त्रैमासिकमा विशिष्ट क्षमता देखाउनेलाई कक्षा उकास्ने र कमजोरलाई अभिभावकसँग परामर्श कसैले पनि नगरेको पाइयो । शिक्षक विद्यार्थी अनुपात सामान्यतयाः भन्दा कम भए पनि सिकाइ उपलब्धि प्रभावकारी देखिदैन । शिक्षक तालिम प्राप्त भए पनि व्यवहारमा प्रभावकारी प्रयोग नभएको पाइयो । सम्बन्धित निकायले उपयुक्त अनुगमन गरेको पाइदैन । साथै उद्धारकक्षोन्नतीमा अनुत्तीर्ण होइन कक्षा चढाउनु पर्छ भन्ने शिक्षकहरुको मानसिकता रहेको पाइयो । उपादेयतामा देखिएका समस्यालाई समाधान गर्न अनुगमन तथा मूल्याङक प्रणालीमा सुधार, शैक्षिक तथा भौतिक वातावरण चुस्त राख्नु पर्ने, तालिमलाई समय समयमा पुनताजकि गर्नु पर्ने, राम्रो कामलाई पुरस्कार र गलत कामलाई सुधार गर्न पृष्ठपोषण प्रदान गर्नुका साथै सम्बन्धित निकायले विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई जिम्मेवारी बोध गराउनु पर्ने सुझावहरू दिएका छन ।

Description

Citation