प्रारम्भिक बालबिकास कार्यक्रमको प्रभावकारिता
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यो अध्ययन ‘‘प्रारम्भिक बालविकास कार्यक्रमको प्रभावकारिता” शीर्षकमा केन्द्रित छ ।
प्रारम्भिक बालविकास कार्यक्रमको वर्तमान अवस्थाको अध्ययन गर्ने, बालविकास कार्यक्रमको
अवसर प्राप्त गर्ने र प्राप्त नगर्ने बालवालिकाको सिकाई उपलब्धी विश्लेषण गर्ने, यस कार्यक्रमका
समस्याहरु पहिचान गर्ने र समस्याका समाधानका उपायहरु पत्ता लगाउने मुख्य उद्देश्यले यो
शोधकार्य गरिएको छ ।
यो शोधकार्यलाई पूरा गर्नका लागि परिमाणात्मक अनुसन्धानात्मक विधिको प्रयोग गरिएको
छ । जसमा तालिका, औसत, प्रतिशत, स्तम्भचित्र जस्ता साधनहरुको प्रयोग गरिएको छ । झापा
जिल्लाको शनिश्चरे स्रोत केन्द्रका बाह्र वटा बालविकास केन्द, त्यसमा रहेका बालवालिकाहरु,
सहयोगी कार्यकर्ताहरु, प्रधानाध्यापकहरु, अभिभावकहरु र शिक्षकहरुलाई जनसख्याका रूपमा
लिइएको छ भने पा“च वटा बालविकास केन्द्र, त्यसमा रहेका सहयोगी कार्यकर्ता पा“चजना,
प्रधानाध्यापक, पा“चजना शिक्ष्ँक, पचासजना बालवालिका र बीसजना अभिभावकहरुलाई उद्देश्यपूर्ण
नमुना छनौट विधिवाट नमुनाको रूपमा छनोट गरिएको छ । नमुना छनोट गर्दा आर्थिक रूपमा
धान्न सकिने, समय–समयमा पुग्न सकिने तथा लिङ्ग, जाति जस्ता कुरालाई आधार लिइएको छ ।
स्थलगत अध्ययन, अवलोकन, छलफल तथा अन्तर्वार्तावाट प्राप्त जानकारीको विश्लेषण
गर्दा हाल संचालन भइरहेका बालविकास केन्द्रको अवस्था सामान्यतः सन्तोषजनक पाइएको छ ।
बालविकास कार्यक्रमले बालवालिकाहरुमा विद्यालय जाने बानिको विकास गराएको छ । बालविकास
कार्यक्रमको अवसर प्राप्त गरेका बालवालिकाको आसत उपलब्धी अवसर अप्राप्तको तुलनामा उच्च
रहेको छ । अन्य अतिरिक्त क्रियाकलाप सम्बन्धी सीप र सामाजिक विकास सम्बन्धी सीपमा पनि
अवसर प्राप्त बालवालिकारु अवसर अप्राप्त भन्दा सबल देखिएका छन । सहयोगी कार्यकर्ताको
पारिश्रमिक न्यून हुनु, तालिम पर्याप्त नहुनु, आर्थिक स्रोतको अभाव हुनु, अभिभावक शिक्षाको
व्यवस्था नहुनु जस्ता प्रमुख समस्याहरु यस क्षेत्रमा देखिएका छन ।
प्रारम्भिक बालविकास कार्यक्रमलाई अझ प्रभावकारी बनाएर लान सरकारले यस
कार्यक्रमका लागि लगानी वृद्धि गर्नुपर्ने देखिएको छ । सहयोगी कार्यकर्तालाई थप तालिमको व्यवस्था
गर्ने र पारिश्रमिक वृद्धि गरी उनीहरुको मनोबल उकास्नु पर्ने देखिएको छ । बालविकास केन्द्रप्रति
अभिभावकलाई सचेत गर्न अभिभावक शिक्षा कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ ।
शौचालय, बगैंचा, खेलमैदान, शैक्षिक सामग्री, दिवा खाजाको उपयुक्त व्यवस्था गरी बालवालिकालाई
सिक्नका लागि रमाइलो वातावरण तयार गर्नुपर्ने देखिएको छ । यसका लागि अभिभावक, स्थानीय
निकाय र राज्य सबै तर्फवाट प्रयास हुन आवश्यक छ ।
