Welcome to TUCL Repository
- Access to a vast collection of academic theses and dissertations
- Wide range of scholarly journals and articles
- Search and browse functionalities for easy discovery of resources
- Accessibility to digital resources anytime, anywhere
- Facilitates research and learning endeavors of TUCL community
- Promoting open access to knowledge and research findings
- User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
- unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions

Communities in DSpace
Select a community to browse its collections.
Recent Submissions
Female agency in Manjushree Thapa's selected stories from Tilled Earth
(2024) Dhakal, Bina; Mahesh Paudyal
Manjushree Thapa's Tilled Earth includes the stories of different characters that have directly or indirectly encountered gender discrimination and women exploitation and vigorously raise the voice of underprivileged women in the Nepali Society. Women empowerment, social and cultural transformation are the major issues. This thesis further analyses the degree of deprivation and isolation of women from mainstream of the state on the basis of theory of female agency which reflects an account of their capacity for individualized choice and action. In this thesis, for the study five short stories are selected from the Tilled Earth such as “Soar”, “Nineteen Years His Junior”, “The Student in Love”, “The Newly Appointed Chemistry Professor” and “The Girl of No Age”. In this thesis qualitative method has been used where content analysis is the main approach used to articulate the female agency. Women need protection and equitable right and justice to enrich their capacity regarding public decision making. How literary work could support for the gender equality with empowerment in the existing society is the major issues of this thesis. More importantly in this thesis, Chandra Talpade Mohanty , Gayatri Chakravorty Spivak , Ketu H. Katrak and Aletheia Donald et al. theories are being used. This thesis concludes that in the selected short stories Thapa’s virtuosity has been found to use the female agency marvelously.
Key words: gender discrimination, cultural transformation, underprivileged, deprivation, empowerment, virtuosity, marvelously
गण्डकी प्रदेशमा प्रचलित नेपाली लाेककथामा लाेकविश्वास
(2024) शर्मा, लीलादेवी ( Sharma, Liladevi ); महादेव अवस्थी ( Mahadev Awasthi )
प्रस्तुत शोधकार्य गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा अभिव्यक्त लोकविश्वासको विश्लेषणमा केन्द्रित रहेको छ । गण्डकी प्रदेश कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, मनाङ, म्याग्दी, मुस्ताङ, लमजुङ, बागलुङ र स्याङ्जा जिल्लाहरूलाई समेटेर बनाइएको राजनीतिक र प्रशासनिक भूगोल हो । यस प्रदेशमा प्रचलित लोककथाको लोकतात्विक, तुलनात्मक, संरचनावादी र सन्दर्भवादी पद्धति आदिका आधारमा खास उद्देश्यका लागि अध्ययन गरिए तापनि ती लोककथामा अभिव्यक्त लोकविश्वासको अध्ययनकार्य भएको छैन । यही रिक्ततालाई दृष्टिगत गरी प्रस्तुत शोधकार्यमा गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा प्रयुक्त लोकविश्वासलाई शोधसमस्याको रूपमा लिइएको छ । ती लोककथामा अभिव्यक्त लोकविश्वासका विषयवस्तुगत प्रकार, अभिव्यक्तिगत प्रक्रिया र प्रयोजनलाई शोध समस्या बनाई यो शोधकार्य गरिएको छ । यसमा गण्डकी प्रदेशका नेपाली लोककथामा अभिव्यक्त लोकविश्वासका विषयवस्तुगत प्रकारको विश्लेषण गर्ने, लोकविश्वासको अभिव्यक्तिगत प्रक्रियाको समीक्षा गर्ने र लोकविश्वासका प्रयोजनको मूल्याङ्कन गर्ने उद्देश्य रहेका छन् ।
प्रस्तुत शोधकार्यमा प्राथमिक स्रोतका सामग्रीको सङ्कलनका लागि कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, मुस्ताङ, लमजुङ र स्याङ्जा जिल्लाहरूलाई भौगोलिक सीमाङ्कन तथा लोकविश्वाससम्बन्धी अवधारणालाई सैद्धान्तिक सीमाङ्कनका रूपमा उपयोग गरिएको छ । प्राथमिक स्रोतका सामग्री निर्धारित क्षेत्रमा गई लोककथाका स्रोतव्यक्तिलाई प्रत्यक्ष भेटेर एक सय सैँतिसओटा लोककथाको श्रव्यदृश्य माध्यमबाट तथा स्याङ्जा र पर्वतबाट एक÷एकओटा लिखित रूपका लोककथा गरी एक सय उनन्चालिसओटा लोककथा सङ्कलन गरिएको छ । ती लोककथामा अभिव्यक्त लोकविश्वासको सघनता र सबलताका आधारमा चवन्नओटा लोककथाको सोद्देश्य छनोट विधिका आधारमा विश्लेषणका निम्ति चयन गरिएको छ ।
प्रस्तुत गुणात्मक प्रकृतिको शोधमा मुख्यतः पाठविश्लेषण विधिको उपयोग गरिएको छ । यसमा लोकविश्वाससम्बन्धी अवधारणालाई शोध सामग्रीका विश्लेषणको प्रमुख आधार बनाइएको छ । लोकसमुदायले आस्था र श्रद्धाका साथ स्वीकार गरेका भावनात्मक विश्वास र परम्परादेखि अविच्छिन्न रूपमा प्रचलित मानवीय अनुभूतिजन्य व्यवहार नै लोकविश्वास हुन् । लोकविश्वासको उत्पत्ति ज्ञानको कमी, दैवी शक्तिमा विश्वास, भय, आत्मरक्षाको प्रवृत्ति, मिथ्या ज्ञान, अनुमान र दृश्य, आदिम संस्कार, अदृश्य शक्तिप्रति गरिने विश्वासका कारण हुने मान्यता रहेको छ । लोकविश्वासलाई आदि जातिले वैयक्तिक तथा सामूहिक जीवनको आचरण बनाएको हुँदा तिनमा लोकको आस्था रहने मान्यता छ । लोकसमाजमा पृथ्वी र आकाश, मानव, मानव निर्मित वस्तु, पशुपक्षी, वनस्पति, असाधारण जीव र वस्तु, दैवी शक्ति, जादु, टुनामुना, आत्मा र पुनर्जीवन, शकुन र अपशकुन, भाग्य, भविष्यवाणी, सपना, श्राप र आशीर्वाद, निषेध र रोगको निदान तथा औषधीसम्बन्धी लोकविश्वास प्रचलित रहेको धारणा छ । लोकविश्वास आदिम चेतनायुक्त लोकाभिव्यक्ति हुन् । आदिम चेतनामा शुभाशुभ, अतिरञ्जना, धर्म र अनुष्ठान, शक्ति, जड र चेतनमा आत्मतत्व तथा तन्त्रमन्त्र जस्ता विषय पर्दछन् । लोककथाका संरचक तत्व कथानक, पात्र, परिवेश र अभिप्रायमार्फत लोकविश्वासको अभिव्यक्ति हुन्छ । लोकविश्वासको प्रयोजन धर्म र संस्कारको ज्ञान दिने, नैतिक शिक्षा दिने, मनोविनोद प्रदान गर्ने, लोककल्याणको कामना गर्ने र मानिसमा सदाचारको विकास गरी सभ्य समाजको निर्माण गर्ने रहेको छ । प्रस्तुत अवधारणाबाट लोककथामा लोकविश्वासको अध्ययन गर्न सकिने आधार स्पष्ट भएको छ ।
गण्डकी प्रदेशमा प्रचलित चवन्नओटा नेपाली लोककथामा चार सय त्रियासीओटा लोकविश्वास व्यक्त भएका छन् । तीमध्ये सबैभन्दा बढी धार्मिक मान्यतामा आधारित दुई सय बाउन्नओटा लोकविश्वास रहेका छन् । यहाँ बहुलोक, देवीदेवता, धार्मिक व्यक्ति, जातीय संस्कारमा विश्वास गरी तीर्थ, व्रत, पूजापाठ गरेमा पुण्य प्राप्ति हुने लोकविश्वास हिन्दु धर्मदर्शनबाट निर्दिष्ट छन् । लामाले असाधारण कार्य गर्ने, काग लामाको अवतार हुने र गुम्बा ज्ञान प्रचारका केन्द्र भएका लोकविश्वासले उक्त क्षेत्रको जनजीवन हिन्दु र बौद्ध धर्मबाट प्रभावित रहेको प्रस्ट हुन्छ । यी लोकविश्वासमा देवीदेवताको शक्तिभन्दा अतृप्त आत्मामा ज्यादा विश्वास गरिएको छ । यहाँ मानिसले भविष्यप्रति चिन्ता गर्दै शुभाशुभ फलको अनुमान गर्ने लोकविश्वास रहेका छन् । यिनमा देवीदेवता, भूतप्रेत, मानिस, जीवजन्तु तथा वस्तुमा असाधारण शक्ति हुने हुँदा अस्वाभाविक कार्य गर्ने लोकविश्वास रहेको छ । जड र मानवेतर प्राणीमा रहेको आत्मतत्वले मानिसको कल्याण हुने लोकविश्वास पाइएको छ । दुष्टात्माले जादुको नकारात्मक शक्तिबाट मानिस, जीवजन्तु, वनस्पति र प्रकृतिलाई दुःख दिने तर धामीझाँक्रीले त्यस्तो शक्ति रोक्ने लोकधारणा रहेको छ । प्रस्तुत लोककथामा शुभाशुभसम्बन्धी, अतिरञ्जनामूलक, धार्मिक अनुष्ठानसम्बन्धी, शक्तिनिष्ठ, जड र चेतनमा आत्मतत्व तथा तन्त्रमन्त्रनिष्ठ लोकविश्वास कथानक, पात्र र अभिप्राय तŒवमार्फत सघन रूपमा र परिवेश तत्वबाट न्यून रूपमा व्यक्त भएका छन् । चेतन मनोदशाका कारण व्यक्त लोकविश्वासको उद्देश्य मानिसलाई सामाजिक आचारसंहिता र कर्तव्यको पालना गर्न उत्प्रेरित गर्नु रहेको छ । अवचेतन मनोदशाबाट प्रकट हुने लोकविश्वासले मानिसलाई लोककल्याण विपरीतका कार्य हुनबाट जोगाएका छन् भने अचेतन मनोदशाका कारण अभिव्यक्त लोकविश्वास अस्वाभाविक, अयथार्थ र अतिरञ्जित रहेका छन् । लोकविश्वासकोे धार्मिक उद्देश्य विभिन्न धार्मिक अनुष्ठानका विधि र प्रक्रियाको ज्ञान दिई जीवजन्तु, पशुपक्षी, वनस्पति आदिको रक्षा गर्दै मानवीय जीवनलाई सार्थक बनाउने रहेको छ । व्यक्तिलाई नैतिकवान्, आत्मनिर्भर र व्यावहारिक बनाएर आदर्श समाजको निर्माण गर्नु प्रस्तुत लोकविश्वासको शैक्षिक उद्देश्य रहेको छ । लोकविश्वासको सामाजिक प्रयोजन नैतिक शिक्षामार्फत असल आचरण विकास गरी व्यक्तिलाई परिवार र समाजप्रति उत्तरदायी बनाउने रहेको छ । परम्परागत संस्कार र जातीय मौलिकपन कायम राख्दै मानिसलाई आध्यात्मिक चेतनामार्फत प्रकृतिप्रति कृतज्ञ बनाई आपसी सद्भाव वृद्धि गर्न अभिप्रेरित गर्नु यी लोकविश्वासको सांस्कारिक प्रयोजन रहेको छ ।
समग्रमा गण्डकी प्रदेशमा प्रचलित नेपाली लोककथामा धार्मिक मान्यता, सामाजिक व्यवहार, असाधारण शक्ति, शुभाशुभ, जादु र तन्त्रमन्त्र, निषेध र विश्वब्रह्माण्डसम्बद्ध लोकविश्वासको अभिव्यक्ति पाइएको छ । तीमध्ये धार्मिक मान्यतामा आधारित लोकविश्वास धेरै रहेका छन् । यहाँ देवीदेवताको शक्तिभन्दा अतृप्त आत्माको शक्तिमा विश्वास गरिएका लोकविश्वास बढी छन् । जड र मानवेतर प्राणीमा रहेको आत्माले मानिसको कल्याण भएको छ भने लोककथाका कथानक, पात्र र अभिप्राय तत्वमार्फत ज्यादा लोकविश्वासको अभिव्यक्ति पाइएको छ । प्रस्तुत लोकविश्वासको उद्देश्य अतिरञ्जनामार्फत मनोरञ्जन प्रदान गर्नु, परम्परागत चालचलनका बारेमा ज्ञान दिनु, अर्तीउपदेशका माध्यमबाट लोकशिक्षा दिई सदाचारको विकास गर्दै व्यक्तिलाई सामाजिकीकरणमा मदत गरी सभ्य समाजको निर्माण गर्नु रहेको छ । लोककथाका तत्वगत बुनोटभित्र विभिन्न लोकविश्वास रहेका र ती ज्ञानप्रद, शिक्षाप्रद र मनोरञ्जनकारी समेत रहेको कुरा यस शोधबाट सिद्ध भएको छ ।
Empowering women through land ownership; A path to equality in nepal
(2024) Kafle, Puskar; Khagendra Katuwal
Promoting women's empowerment and economic well-being in underdeveloped nations is greatly facilitated by guaranteeing equal access to property ownership. This study empirically examines the impact of women's exclusive or shared ownership of property on their capacity to engage in negotiations within the household pertaining to healthcare decisions, substantial household expenses, and visits to family or relatives. By utilising data from the 2016 Nepal Demographic and Health Surveys and employing the Lundberg and Pollak model of noncooperative household bargaining, the study investigate the empirical connection between land ownership and the empowerment of women.The analysis of Multiple Linear Regression indicates a robust and statistically significant association between land ownership and women's empowerment, with an odds ratio of 1.588. This suggests that for every additional unit of land ownership, there is an estimated 58.8% rise in the probability of women making decisions independently. The educational status of an individual has a notable impact, as indicated by an odds ratio of 1.353. This implies that decision-making power increases by 35.3% for each unit increase in education. Variables such as wealth index have a negligible impact, however belonging to the Muslim ethnicity group is associated with a negative correlation to decision-making power, with an odds ratio of 0.208.The findings highlight the minimal impact of financial resources and ethnic background, while emphasising the importance of education, age, marital status, and household structure. The results emphasise the pivotal significance of land ownership in promoting gender equality and enabling women to have autonomy in making healthcare decisions. Policymakers and practitioners in Nepal can apply these findings to promote gender equality and empower women.
Keywords: gender, landownership, women empowerment, decision-making
