Welcome to TUCL Repository
- Access to a vast collection of academic theses and dissertations
- Wide range of scholarly journals and articles
- Search and browse functionalities for easy discovery of resources
- Accessibility to digital resources anytime, anywhere
- Facilitates research and learning endeavors of TUCL community
- Promoting open access to knowledge and research findings
- User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
- unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions

Communities in DSpace
Select a community to browse its collections.
Recent Submissions
Wagle’s Palpasa Cafe: A Reflection of Maoists Civil War
(2025) Ghising, Ram Babu; Prabhu Ray Yadav
This thesis study on Narayan Wagle’s novel, Palpasa Caféexplores how people are caught in the crossfire during the civil war (1996-2006) in Nepal. This war brings more than seventeen thousands death, and many more become homeless. Drishya who is the main character of the novel “disappeared” and Palpasa, a Nepali American returnee who has a dream to become a documentary film maker is killed in ambush. Siddhartha, the friend of Drishya, joins the Maoists party. He is killed by the state. It explores the real war during the ten years of time in Nepal. The study attempts how ordinary people are caught in the crossfire in the novel. It argues the human cost, violence, and trauma and presents the people’s plight. This study uses trauma theory as the theoretical tool to analyze how people are killed in the crossfire in the civil war.
गुल्मी जिल्लामा प्रचलित लोककथामा पर्यावरण
(2025) Gyawali, Shivasharan; Shadananda Paudyal
यो शोधप्रबन्धमा गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरणको अध्ययन गरिएको छ । त्यसैले गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरण नै यो शोधकार्यको मुख्य समस्या रहेको छ । गुल्मी जिल्लामा प्रचलित लोककथाको पर्यावरणको क्षेत्रमा हालसम्म कुनै पनि अध्ययन भएको छैन । अध्ययनको यो क्षेत्रमा रिक्तता रहेको छ । त्यो रिक्ततालाई यो शोधकार्यले परिपूर्ति गरेको छ । शोधकार्यका लागि गुल्मी जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाबाट सोद्देश्य नमुना छनोट विधिका आधारमा चालिसओटा लोककथा सङ्कलित गरिएको छ । सङ्कलित लोककथामध्ये सबै भौगोलिक क्षेत्र, जातजातिको प्रतिनिधित्व हुने गरेर बिसओटा लोककथाको अध्ययन यो शोधकार्यमा गरिएको छ । शोधकार्यमा पर्यावरणको अध्ययन पारिस्थितिक प्रणाली, पर्यावरणीय प्रतिनिधित्व र पर्यावरणीय नैतिकतासम्बन्धी सिद्धान्तका आधारमा गरिएको छ । पारिस्थितिक प्रणालीका अन्तर्सम्बन्ध, खाद्यचक्र र वासस्थानजस्ता अवधारणा बनाइएको छ । अन्तर्सम्बन्धका सजीव र निर्जीव, खाद्यचक्रका माटो, वनस्पति र जीव तथा वासस्थानका बाटोघाटो, जङ्गल, भीर, रूख, गाउँघर सूचक बनेर आएका छन् । पर्यावरणीय प्रतिनिधित्वका भौतिक, जैविक र प्रविधिजस्ता अवधारणा बनाइएको छ । भौतिकका पृथ्वी, तेज, जल, वायु र आकाश, जैविकका जीव र वनस्पति, प्रविधिका चौँठी, मुङ्ग्रो, हलो, कुटो, मादल, हँसिया, डोरी आदिजस्ता सूचक रहेका छन् । पर्यावरणीय नैतिकताका स्वअस्तित्व, समानता र दिगो विकासजस्ता अवधारणा बनाइएको छ । स्वअस्तित्वका पहिचान र फरकपन, समानताका अन्तर्निहित मूल्य र क्षमता तथा दिगो विकासका निरन्तरता, संरक्षणजस्ता सूचक बनाइएको छ । पर्यावरणका यिनै मान्यताका आधारमा यो शोधकार्य सम्पन्न गरिएको छ । गुल्मीका लोककथामा पर्यावरणका सजीव र निर्जीव विषयवस्तु एक आपसमा अन्तर्सम्बन्धमा कसिलो गरेर बाँधिएका पाइन्छन् । यहीँ अन्तर्सम्बन्धले खाद्यचक्रको शृङ्खला पनि निर्माण गरेको छ । सजीव र निर्जीव विषयवस्तुहरू घर, गोठ, रूख, भीरपाखा, पहरा, खोला, पधेँरा, वन तथा जङ्गल आदिजस्ता क्षेत्रमा बसेका पाइन्छन् । यहाँका जीव, वनस्पति तथा निर्जीव वस्तु भौतिक पर्यावरणसँग समायोजित भएर रहेको पाइन्छ । यसक्रममा मानवले आफूलाई सहयोगी हुने किसिमले प्रविधिको निर्माण पनि गरेको छ । लोककथाका कुनै न कुनै पात्र स्वअस्तित्वले युक्त रहेको पाइन्छ भने तिनीहरूमा रहेको अन्तर्निहित गुणका कारणले गर्दा सबै विषयवस्तु समान रहेका पाइन्छन् । पर्यावरणका सबै विषयवस्तुले दिगोपनलाई आत्मसात् गरेका छन् । पर्यावरणका यी सबै कुराको निश्चित सम्बन्ध रहेको छ । यस्तो सम्बन्ध भत्काउन खोज्ने जो कोही सजीव र निर्जीव विषयवस्तुलाई पर्यावरणकै अर्काे सजीव र निर्जीव विषयवस्तुले दण्डित गरेको तथा रोकेको पाइन्छ । दण्डित गर्दा वा रोक्दा नै पर्यावरण गतिशील भएको छ । पर्यावरणको गतिशीलतालाई कोही कसैले कसै गरे पनि पनि रोक्न सकेको पाइँदैन । पर्यावरणको गतिशीलतालाई रोक्न खोज्ने सजीव र निर्जीव विषयवस्तु नै पर्यावरणको चक्रबाट बाहिरिनु, भाग्नु वा दण्डित हुनु परेको अवस्था पाइन्छ । पर्यावरणमा कोही कसैको हर्ताकर्ता छैन । सबैको समान अवस्था रहेको पाइन्छ । गुल्मीका लोककथामा पारिस्थितिक प्रणालीमा सजीव र निर्जीव विषयवस्तुको अन्तर्सम्बन्ध रहेको छ । अन्तर्सम्बन्ध सजीव सजीवका बीचमा पनि रहेको छ भने सजीव र निर्जीवका बीचमा रहेको छ । निर्जीव निर्जीवका बीचमा रहेको छ । समष्टिमा सजीव र निर्जीव नै अन्तर्सम्बन्धित भएर रहेका छन् । माटो, जीव, वनस्पति र पुनः माटोकै शृङ्खलामा खाद्यचक्र तयार भएको छ । खाद्यचक्रको निर्माण हरेकको जीवनलाई गतिशील बनाउनका लागि भएको पाइन्छ । पर्यावरणको वासस्थान मूलतः गाउँघर तथा वनजङ्गल बनेको छ । घर, गोठ, बाटो, तगालो, रूख, पधेँरा, खोला, पाखापखेराजस्ता ठाउँ नै वासस्थान बनेका छन् । पर्यावरणका सजीव र निर्जीव विषयवस्तु भौतिक पर्यावरणका पृथ्वी, तेज, जल, वायु, आकाशजस्ता तत्वसँग समायोजित भएर रहेका छन् । भौतिक पर्यावरणबाट कसैले कसैलाई वञ्चित गराउन खोज्यो भने त्यस्तो तत्व नै वञ्चित हुनुपर्ने अवस्था रहेको छ । गुल्मीका लोककथामा जीव र वनस्पतिजस्ता जैविक तत्वको उपस्थिति रहेको छ । जीव मानव र मानवेतर छन् । लोककथामा चौँठी, मुङ्ग्रो, कुटो, कोदालो, हँसिया, डोरी, पिङ्, हलो, जुवा, नारा, मादल बन्चरो आदिजस्ता परम्परागत प्रविधिको प्रयोग भएको छ । यी सबै प्रविधि मानवीय सहयोगका लागि उपलब्ध भएका छन् । लोककथामा पर्यावरणीय नैतिकतालाई पनि आत्मसात् गरिएको छ । लोककथाका कुनै न कुनै पात्र स्वअस्तित्वले युक्त रहेका छन् । ती पात्रले लोककथाको कथानकमा नवीनता तथा मोड सिर्जना गरेको पाइन्छ । स्वअस्तित्वले युक्त पात्रलाई कसै गरे लोककथाबाट अलग गर्न सकिँदैन । लोककथामा सजीव र निर्जीव विषयवस्तुमा अन्तर्निहित क्षमता रहेको छ । त्यो क्षमताले समानताको सिर्जना गरेको छ । पर्यावरणमा सबैको निरन्तरता रहेको छ । निरन्तरताका लागि कसैले न कसैले विषयवस्तुलाई संरक्षण अर्थात प्रेम गरेको पाइन्छ । एकाध लोककथामा भने पर्यावरणीय विच्छेद भएको अवस्था पनि रहेको छ ।
Public perception towards mutual fund investment in Nepal
(Faculty of Management, 2026-01) Maharjan, Jasmine; Jhabindra Pokharel
This research has focused on evaluating the public's outlook on mutual fund investments in Nepal. A combination of descriptive and causal-comparative research designs was applied to the study to describe and compare the causes of mutual fund investment behavior. Investors in the Kathmandu Valley made up the population, and purposive sampling was utilized to pick 385 respondents. The study was quantitative by nature and collected primary data using a structured survey questionnaire that the researcher designed, which included a five-point Likert scale to ensure systematic measurement of perceptions and attitudes of investors. Through the use of statistical tools such as descriptive statistics, correlation analysis, and multivariate regression models, the analysis of data was conducted. The research has defined mutual fund investment as the dependent variable and the factors of risk, return, fund characteristics, fund family, fund manager, and mutual fund flows as independent variables to be studied together for their joint impact on investment decisions. The findings have revealed that the entire set of independent variables has a direct and significant effect on the investment in mutual funds in Nepal. The risk and return factor has shown very strong positive influence, while the fund characteristics and mutual fund flows have had moderate positive impacts. Fund family and fund manager have been the ones showing strong positive influence across the board and that points to the fact that trust, credibility, and managerial expertise are the major determinants of investors' mutual fund decisions. This study has given both practical and theoretical insights, it has pointed out that the knowledge of these factors can lead the investors to have the right choices and also help the fund managers in their investment strategy development. It has brought out the role of risk perception, expected returns, fund credibility, and management expertise as the driving forces of investment behavior. The policymakers and the financial institutions are suggested to put their efforts in the area of building investor awareness, transparency, and trust in mutual fund businesses.
