Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10572
Title: कुखुरापालन व्यवसायको लागत लाभ विश्लेषण र यसले शिक्षा क्षेत्रमा पारेको प्रभाव(कीर्तिपुर नगरपालिका, काठमाडौँ) {Cost Profit Analysis of Poultry Business and Its Impact on Education Sector (Kirtipur Municipality, Kathmandu)}
Authors: अर्याल Aryal, भोला नाथ Bhola Nath
Keywords: व्यवसाय;अर्थशास्त्र
Issue Date: 2018
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: कुखुरापालन व्यवसायको लागत लाभ विश्लेषण गर्न तयार गरिएको यस शोधपत्रमा नमूना छनोटमा परेको काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थित रमेश पोल्ट्री फर्मको वर्तमान अवस्था, त्यसको प्रतिफल, लागत लाभ विश्लेषण र कुखुरापालन व्यवसायले पारिवारिक शिक्षामा पारेको प्रभावको विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य थियो । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र द्घितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्ककलाई आवश्यकता अनुसार तालिका, स्तम्भचित्र, र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न ३ वटा छुट्टाछुट्टै प्रश्न निर्माण गरी पोल्ट्री फर्मका व्यवसायी, व्यवसायीका परिवार र कामदारलाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन सची र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल संचालन गरी प्राथमिक तथ्याङ्क संकलन गरिएका थिया । जसका निम्ति उद्देश्यमूलक नमूना छनोटका आधारमा अध्ययन क्षेत्र, वडा र उक्त वडामा रहेका ९ वटा फर्महरुबाट ११.११ प्रतिशत हुने गरी १ वटा रमेश पोल्ट्री फर्मलाई छनोट गरिएको थियो । त्यसै गरी फर्मका व्यवसायीका परिवार ६ जना र कामदारहरु २ जनालाई संगणना विधिबाट छनोट गरिएको थियो । द्घितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यलय, अर्थमन्त्रालय, पशु सेवा विभाग, नगरपालिकाको कार्यलय, विद्घानहरुका लेख रचना, पत्रपत्रिका र अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । यस पोल्ट्री फर्म वि.सं २०७० सालमा रु.५,००,००० वर्षिक १४ प्रतिशत व्याजदरमा ऋण लिई शुरुवात गरिएको थियो । यस फर्मका व्यवसायीका परिवारमा ६ जना सदस्य, २ जना स्थायी कामदार र कामदारको परिवारमा ४ जना सदस्य रहेको पाइयो । फर्ममा आवश्यक चल्ला, दाना, औषधी, भ्याक्सिन तथा अन्य सामग्री र कुखुरा खरिद पनि दाउन्ने ह्याचरीबाट गर्ने गरेको पाइयो । यस रमेश पोल्ट्री फर्मको दुई वर्षको लागत, आय र नाफाको आधारमा लागत पूँजीको सीमान्त क्षमता निकालेर लागत लाभ विश्लेषण गरिएको छ । जसअन्र्तगत फर्मको २०७१ सालको कुल स्थिर लागत रु.३,६०,००० र कुल परिवर्तनशील लागत रु.३४,७७,१०० गरी कुल लागत रु.३८,३७,१०० रहेको पाइयो । फर्मको २०७१ सालको कुल आय रु.४८,९७,७५० र कुल नाफा रु.१०,६०,६५० रहेको पाइयो । त्यस्तै फर्मको २०७२ सालको कुल स्थिर लागत रु.३,७०,०००, कुल परिवर्तनशील लागत रु.३५,७४,००० र कुल लागत रु.३९,४४,००० रहेको पाइयो । फर्मको २०७२ सालको कुल आय रु.५३,९९,२५० र कुल नाफा रु.१४,५५,२५० रहेको पाइयो । यस रमेश पोल्ट्री फर्ममा लगानी गरिएको पूँजीको सीमान्त क्षमता २०७१ सालको २७.६४ प्रतिशत, २०७२ सालको ३६.८९ प्रतिशत रहेको पाइयो । यी दुई वर्षको लागत पूँजीको औषत सीमान्त क्षमता ३२.२७ प्रतिशत रहेको पाइयो । जुन व्यवसायीले तिर्ने व्याजदरभन्दा १८.२७ प्रतिशतले बढी रहको पाइयो । कुखुरापालन व्यवसायबाट पारिवारिक शिक्षामा पारेको प्रभाव अध्ययन गर्दा व्यवसायीले र कामदारले शिक्षा क्षेत्रमा गरेको लगानी तथा आम्दानीमा आएको परिवर्तनले शिक्षामा गरेको लगानीमा कस्तो परिवर्तन आयो भनेर अध्ययन गरिएको थियो । जसअन्र्तगत व्यवसायीले २०७१ सालमा आफनो कुल आम्दानीको ४.०८ प्रतिशत र २०७२ सालमा ६.४८ प्रतिशत शिक्षामा लगानी गरेको पाइयो । व्यवसायीको आम्दानीमा १०.२४ प्रतिशतले वृद्घि हुँदा शिक्षामा गरिएको लगानीमा २.४० प्रतिशतले वृद्घि गरेको पाइयो । त्यस्तै गरी कामदारले २०७१ सालमा आफने आम्दानीको १३.२५ प्रतिशत र २०७२ सालमा १७.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको पाइयो र कामदारको वार्षिक आम्दानीमा ९.०९ प्रतिशतले वृद्घि हुँदा शिक्षा क्षेत्रमा गरिएको लगानीमा ४.१२ प्रतिशतले वृद्घि गरेको पाइयो । कुखुरापालन व्यवसायमा तालिमको अभाव, आवश्यक ऋणको अभाव, समयमा चल्ला नपाउने, विविध रोग महामारी, लोडसेडिङ, अस्थिर प्रकारको मूल्यजस्ता समस्या रहेको यस अध्ययनका क्रममा पाइयो । समग्रमा यस अध्ययनबाट कुखुरापालन व्यवसायम लगानी गर्दा उच्च लाभ प्राप्त गर्ने वा कुखुरापालन व्यवसायमा गरिएको पूँजीको सीमान्त क्षमता उच्च रहेको पाइयो र कुखुरापालन व्यवसायले पारिवारिक शिक्षामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10572
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Coverr.pdf254.96 kBAdobe PDFView/Open
All Thesis_merged.pdf1.28 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.