Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14306
Title: बालविकास केन्द्रमा गरिएको लगानीको प्रभाव {Impact of investments in child development centers}
Authors: यादव, पुण्य प्रसाद
Keywords: बालविकास केन्द्र Child development centers;लगानी समस्या Investment problem
Issue Date: 2015
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Institute Name: S.S.M.Yadhav Multiple Campus, Siraha
Level: Masters
Abstract: प्रस्तुत शोध अध्ययन वालविकास केन्द्रमा गरिएको लगानीको प्रभाव विषयमा तयारगरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयमा आधारित बालविकास केन्द्रमागरिएको लगानी पता बालविकास केन्द्रमा गरिएको लगानीले ब्यवस्थापनमा पारेका प्रभाव,लगानीका समस्या तथा समाधानका उपायहरुको खोजी गर्दै त्यसकालागी सझाव प्रस्तुतगर्नु हो । यो शोध कार्य गुणात्मक र संख्यात्मक मिश्रीत अनुसन्धान ढाँचामा आधारित छ ।प्राथमिक तथ्यांकको आवश्यकता अनुसार सहायक तथ्यांक पनि प्रयोग गरिएको हो ।सप्तरी जिल्लाका सामुदायीक विद्यालयमा आधारित बालविकास केन्द्रहरु मध्येवाटसम्भावनायूक्त नमना छनोट विधिका आधारमा आठवटा बालविकास केन्द्रलाई नमुनाकारुपमा छानिएको हो । उद्देश्यमुलक नमनाका आधारमा विद्यलाय वयवस्थापन समितिकाअध्यक्ष , प्रधानाध्यापक , सहयोगी कार्यकर्ता , अभिभावक , स्रोत व्यक्ति , विद्यालयनिरीक्षक तथा जिल्ला शिक्षा अधिकारीलाई उतरदाताका रुपमा अध्ययनमा समावेशगरिएको हो । यस अध्ययनका साधनको रुपमा प्रश्नावली , अन्तरवार्ता , छलफल ,अवलोकनलाई प्रयोग गरिएको छ । यस अध्ययनकालागी अध्ययनकर्ता आफ सम्वन्भितठाउँमा गई तथ्यांक संकलन गरेको छ , संख्यात्मक तथ्यांकको तालिकामा राखी व्याख्यागरिएको छ । शिक्षाको माग र आपुर्ती अनुसार विद्यालयमा आधारित बालविकास कन्द्रमाप्रयाप्त सरकारी लगानी भएको छैन । सहयोगी कार्यकर्ताको तलव , भता तथा मसलन्दमासरकारले लगानी गरको छ । बालविकास केन्द्रलाइ विद्यालयले नै भवन , शौचालय ,फर्नीचर खेल मैदान उपलव्ध गराएको छ । स्थानीय निकाय तथा अभिभावकहरुवाटआर्थिक लगानी गरेको पाइएन । बालविकास केन्द्रमा आर्थीक लगानी वुद्धि गनउपायहरुमा छुट्टै बजेट विनियोजन गन , छुट्टै वि.व्य.स.गठन गर्ने , सरोकारवालाहरुकानियमित अनुगमन र निरीक्षणमा उदासिन रहेको पाइयो । विद्यालयमा आधारितबालविकास केन्द्रमा गरिएको लगानीमा देखिएका समस्याहरुमा वि.व्य.स.को गठन ,भौतिक पक्ष , शैक्षिक सामग्री , सहयोगी कार्यकर्ताको तालिम , अभिभावकहरुको नियमितअनुगमनको अभाव रहेका पाइया । ष्ह सामुदायीक विद्यालयमा अधारित बालविकास केन्दहरु प्रति अभिभावकहरुको चतनाकाअभाव देखिन्छ । समन्वय , सञ्चालनको विस्तार हुन पाइएको छैन । माग जतिकाबालविकस केन्द्रमा लगानी भएको छैन । वाल विकास कार्यक्रममा ार्थिक लगानी बृद्धिगर्नुपर्छ । शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले आफ्नो भुमिका ईमान्दारीपुर्वक निर्वाहगर्नुपर्छ । मुल्यांकन प्रकृयामा सुधार ल्याउनु पर्छ । सहयोगी कार्यकर्तालाई शैक्षिक सामग्रीविकास तालिम दिनुपर्छ । बालविकास कार्यक्रमका निति निर्माणमा सरोकारवालाकासहभागिता वढाउनु पर्छ । अनुगमन र निरीक्षण प्रणालीमा सुधार गरी विद्यालयलाइशान्ति क्षेत्र घोषणा गर्नु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14306
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
All thesis(1).pdf341.09 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.