Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20035
Title: दृष्टिबिहीन वालवालिकाहरुकाे शैक्षणिक व्यवस्थापन (Drishtibihina Balbalikaharuko shaikshanik byabasthapan)
Authors: ओझा Ojha, भवानी Bhawani
Keywords: दृष्टिविहिन वालवालिकाहरु;शैक्षणिक व्यवस्थापन
Issue Date: 2015
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: शिक्षा प्राप्त गर्नु सवैको नैसर्गीक अधिकार भएकोले समाजका विकलाङ वालवालिकाहरुको शिक्षा तथा तालिमको अवस्थाका वारेमा अध्ययन गर्न ‘दूष्टिविहिन वालवालिकाहरुको शैक्षणिक व्यावस्थापन’ शिर्षकमा यो शोध अध्ययन सम्पन्न गरिएको छ यस शोध अध्ययनको मूख्य उद्धेश्य विशेष शिक्षा स्रोत कक्षाको शैक्षणिक व्यवस्थापनको स्थिति पत्ता लगाउनु रहेको छ । विशेष शिक्षा स्रोत कक्षाको शैक्षणिक व्यावस्थापनमा संलग्न प्र.अ.,स्रोत शिक्षक , आया र सम्वन्धित अन्य पक्षहरु विचको प्रत्यक्ष सम्वन्धले व्यावस्थापनलाई प्रभाव पार्ने हुदा व्यावस्थापनका सिद्धान्तहरु मध्ये जर्ज इल्टन मायो र मरी पार्कर फोलेटको मानव सम्वन्ध सिद्धान्त तथा शिक्षामा निष्पक्षता सिद्धान्त यस सोध अध्ययनको शैद्धान्तिक खाकाको रुपमा लिइएको छ । यस अध्ययनमा उदेश्यपूर्ण नमूना छनोट विधि प्रयोग गरी श्री फिदिम स्रोत केन्द्रको गढि मा.वि.कक्षाका स्रोत शिक्षकहरु , प्र.अ. आया , स्रोत व्यक्ति , वि.व्य.स.अध्यक्ष , विद्यार्थीहरु र अभिभावकहरु संग प्रश्नावली , छलफल र स्थलगत सर्वेक्षणका माध्यमवाट तथ्याङकसंकलन गरीएको थियो । यस अध्ययनमा स्रोत कक्षाहरुको आवास भवन पूर्णरुपमा घेरावारा नभएको , भवन आवासको मापदण्ड अनुरुप नवनेको , छात्रछात्राहरुका लागि छुट्टा छुट्टै आवास भवन नवनेको पाइयो। भवनमा झ्याल डोका प¥याप्त नभएको खाना वनाउने सामग्रीहरु प¥याप्त रहेपनि उपयुक्त भौतिक सामान सहितको नरहेको पाइयो । कक्षामा दृष्टिविहिनहरुका लागि आवश्यक व्रेल वुकहरु प्रसश्त मात्रामा रहेको पाइयो । विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापको अवस्था सन्तोेष जनक पाइएन । शैक्षणिक व्यावस्थापनमा प्र.अ. , स्रोत शिक्षक र आयाको भुमिका महत्वपूर्ण पाइयो । भने महंगीको अनुपातमा सरकारी अनुुदान तलव र भत्ता वृद्धि नभएको पाइयो । शैक्षणिक व्यावस्थापनमा आर्थिक स्रोत जुटाउनका लागि सरकारी र गैर सरकारी गएर संस्थाहरु संग समन्वय नगरीएको विद्यार्थीहरुलाई चिकित्सा सेवा उपलव्ध नगराइएको स्वास्थ्यप्रद वसाईका लागि आवश्यक भौतिक सुविधाको लागि व्यावस्था गर्नू पर्ने निष्कर्ष निकालिएको छ । विशेष प्रकारको शिक्षाको आवश्यकता भएको असाधारण बालवालीकाहरुलाई शिक्षा प्रदान गर्न स्रोत कक्षाको आवास व्यवस्थापनमा मात्र सुधार गरेर गुणस्तरिय र प्रभवकारी शिक्षा प्रदान गर्न सकिन्छ भन्नु एक पक्षय बुझाई मात्रा हुन जान्छ । तसर्थ विशेष शिक्षाको स्रोत कक्षामा अध्यायनरत विद्यार्थीहरुलाई गुणस्थरीय शिक्षा र व्यावसायीक तालीम तथा सीप प्रदन गर्न निम्न क्षेत्र तथा विषयहरुमा विशेष शिक्षा सग सरोकारािलाहरुले थप अध्ययन अनुसन्धान गर्न सक्ने गरी सुझावहरु प्रस्तुत गरीएको छ । विशेष शिक्षा का अपेक्षा र उपलव्धिहरु ,विशेष शिक्षाको शैक्षिक अवस्थाको व्यवस्थापन,आर्थिक अवश्थाको व्यवस्थपन भौतिक अवश्थाको व्यवस्थपन,प्रशासनिक अवस्थाको व्यवस्थपन, बिशेष शिक्षाको व्यवस्थापनमा संलग्न व्यक्ति तथा संस्थको भूमिका,विशेष शिक्षाको स्रोतको व्यवस्थापन आदी पक्षहरुमा थप अनुशन्धान हुनजरुरीरि छ । विशेष शिक्षाका सम्वन्धमा छुट्टै निति र पाठ्यक्रम निर्माण गर्नु पर्ने, दृष्टिविहिन वालवालिकाहरुलाई शिक्षा तथा तालिमको व्यवस्था गरी रोजगारीका विभिन्न क्षेत्र साथै राज्यको निकायमा पहुँच प¥याउन आरक्षणको व्यावस्था गर्नु पर्ने, आवासको भौतिक तथा शैक्षिक स्थिति सुधार्न सरकारी अनुदानलाइ महंगीको अन्तरमा बृद्धि गरिनु पर्ने, व्यावस्थापनमा आर्थिक स्रोत जुटाउन सरकारी र गैरसरकारी संस्था तथा व्यक्तिहरुसंग समन्वय गर्नु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20035
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page(1).pdf60.14 kBAdobe PDFView/Open
Chapter Page(1).pdf206.69 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.