Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20044
Title: सामुदायिक विधालयमा सञ्चालित बालविकास केन्द्र व्यवस्थापन (Management of child development centers run in community colleges)
Authors: तिम्सिना Timsina, खड्गकुमारी Khadga Kumari
Keywords: सामुदायिक विद्यालय Samudayik bidyalaya;बालविकास केन्द्र balbikas kendra
Issue Date: 2015
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: बाल शिक्षा औपचारिक शिक्षा आर्जनको पहिलो चरण हो । त्यसको उचित व्यवस्थापनले बालबालिकाको सिकाई र आधारशिला प्रभावकारी हुन्छ । त्यसैले “सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्र व्यवस्थापन” शीर्षकमा तयार पारिएको यो शोधपत्रको मुख्य उद्देश्य प्रारम्भिक बालविकास कन्द्र व्यवस्थापनको वर्तमान अवस्था पत्ता लगाउनु, बालविकासका लागि निर्धारित गतिविधिको विश्लेषण गर्नु, प्रारम्भिक बालविकास केन्द्र व्यवस्थापन र सञ्चालनमा देखिएका समस्या र चुनौतिहरू पत्ता लगाउनुका साथै समस्या र चुनौतीको समाधानका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नु रहेका छन् । यस अध्ययनको उद्देश्य पूरा गर्न अध्ययन विधि अन्तर्गत वर्णनात्मक, परिमाणात्मक र विश्लेषणात्मक खोज अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । अनुसन्धानात्मक साधनहरुको प्रयोगको सम्वन्धमा नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र विद्यार्थीसँग प्रश्नावली, अन्तर्वार्ता, छलफल, भेटवार्ता र अन्तरक्रिया गरी विभिन्न प्रकारका संख्यात्मक तथ्याङ्क संकलन गरिएको छ । प्राथमिक र द्वितीय दुवै स्रोतबाट प्राप्त सूचना, जानकारी र तथ्याङ्कहरूको प्रयोग गरिएको छ । यसरी प्राप्त तथ्याङ्कलाई आवश्यता अनुसार तालिकीकरण, स्तम्भ चित्र, प्रतिशत र औषत आदिको प्रयोग गरी तथ्याङ्कहरुको व्याख्या र विश्लेषण गरिएको छ । अध्ययनका क्रममा सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रको कक्षाकोठा विद्यार्थीहरूका लागि आकर्षक र मनमोहक नरहेको, खेलमैदान, शौचालय, पिउने पानी बालबालिकाहरूका लागि छुट्टै व्यवस्था नगरिएको, कक्षाकोठामा भाषा, विज्ञान, सिर्जनात्मक, गणित आदि सिकाइ क्षेत्रको व्यवस्था नगरिएको, भित्ता सजावट पनि नभएको र कक्षाकाठा भित्र आवश्यक सामग्रीहरू नहुनुको साथै भएका सामग्रीको उचित भण्डारण नभएको पाइयो । विद्यार्थीहरूका लागि गरिने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकासका क्रियाकलापहरू दैनिक समय तालिका अनुसार नियमित र प्रभावकारी रुपमा नगरेको तथा सहयोगी कार्यकर्ताहरूले भएका उपलब्ध सिकाइ सामग्रीहरूको प्रयोग पनि नगण्य मात्रामा गरेको पाइयो । तसर्थ उक्त अवस्थामा सुधार गर्न प्रारम्भिक बालविकास कार्यक्रमको विकास र विस्तारमा व्यापक जोड दिनुपर्ने, बालविकास केन्द्रमा भौतिक पूर्वाधारको विकासमा स्थानीय तथा सरोकारवाला निकायलाई संलग्न गराउनु पर्ने, बालविकास केन्द्रमा सहयोगी कार्यकर्तालाई पारिश्रमिक र शैक्षिक सामग्री खरिद गर्न दिइने सरकारी अनुदान बढाउनु पर्ने आदि जस्ता नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने सुझाइएको छ । यसैगरी प्रारम्भिक बालविकास कार्यक्रमको व्यवस्थापनलाई सुदढ गर्न केन्द्रका भौतिक व्यवस्थापनलाई मजबद बनाउन सरोकारवाला सबैलाई समन्वय गराउनु पर्ने, उपलब्ध सिकाइ सामग्रीको हिफाजत तथा प्रयोग गर्नुपर्ने, बालबालिकाहरूलाई शारीरिक, संवेगात्मक, सामाजिक तथा मानसिक क्षमता अभिवृद्धि गराउने सबै क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने, ३ देखि ५ वर्ष उमेर समूहका विद्यार्थीहरूका अभिभावकलाई सम्मान गर्ने कार्यक्रम तर्जुमा गर्नुपर्ने, सहयोगी कार्यकर्ताको दक्षता बढाउन समय समयमा सेवाकालीन तथा पुर्नताजगी तालिम दिइनुपर्ने आदि जस्ता कार्यान्वयन तहका सुझावहरु दिइएको छ भने प्रारम्भिक बालविकास कार्यक्रमको भौतिक व्यवस्थापन सम्बन्धमा थप अध्ययन अनुसन्धान गरी यसलाई अझ परिस्कृत गर्नुपर्ने, प्रारम्भिक बालविकास कार्यक्रममा सरोकारवालाको भूमिका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने आदि सुझावहरु दिइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20044
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf195.56 kBAdobe PDFView/Open
Chapter Page.pdf382.49 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.