Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20060
Title: 'मुलुकबाहिर' उपन्यासकाे वस्तुविधान (Muluk bahir upnyasko vastubidhan)
Authors: बस्न्यात Basnyat, रञ्जना Ranjana
Keywords: उपन्यासमा कथानक Upanyasma Kathanak;मुलुकबाहिर उपन्यास Mulukbahir Upanyas
Issue Date: 2015
Publisher: नेपाली विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: ेपाली साहित्यमा अनवरत रूपमा साहित्य क्षेत्रमा सेवारत साहित्यकार हुन् लक्ष्मीप्रसाद पाठक । वि.सं. २०५४ सालबाट साहित्य लेखनमा लागेका पाठकले वर्तमान समयसम्म आइपुग्दा कविता विधाका क्षेत्रमामात्र निकै उन्नति गरेका छन्। सरकारी जागिरे जीवन व्यतित गरिरहेका पाठकको निरन्तर साहित्यिक यात्रा अगाडि बढिरहेको छ । प्रस्तुत शोधपत्र साहित्यकार “लक्ष्मीप्रसाद पाठकको जीवनी, व्यक्तित्व र कृतितवको अध्ययन” विषयमा यथासक्य अध्ययन र उनका प्रकाशित कृतिहरूको अध्ययन र विश्लेषण गरिएको छ । यस क्रममा प्रस्तुत शोधपत्रलाई ६ परिच्छेदमा विभाजन गरिएको छ । यस शोधपत्रको पहिलो परिच्छेदको मूल शीर्षक शोधपरिचय राखिएको छ । यस अन्तर्गत शोधशीर्षक, शोधप्रयोजन, शोधपरिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, महत्व र उपयोगिता अध्ययनको सीमा सामग्री सङ्कलन विधि, शोधविधि, शोधप्रस्तावको रूपरेखा उपशीर्षकमा चर्चा गरिएको छ । दोस्रो परिच्छेदमा “लक्ष्मीप्रसाद पाठकको जीवनी” मूल शीर्षक अन्तर्गत पृष्ठभूमि, पारिवारिक पृष्ठभूमि, जन्म र जन्म स्थान, बाल्यकाल, शिक्षादीक्षा, विद्यार्थी जीवनका प्रमुख गतिविधिहरू, सँस्कारकर्महरूमा, छैटी, नामकरण अन्नप्रसान व्रतवन्ध, विवाह, कर्मक्षेत्रमा प्रवेश तथा सेवा, दाम्पत्य जीवन र पारिवारिक स्थिति, आथिर्क स्थिति कवि लक्ष्मीप्रसाद पाठकका अविस्मरणीय घटनाहरू रुची एवं स्वभाव, साहित्यिक लेखन प्रेरणा र प्रभाव, प्रकाशित पुस्तकाकार कृतिहरू, पुरस्कार तथा सम्मान, जीववन र साहित्य सम्बन्धी धारणा र निष्कर्ष उपशीर्षकका रूपमा रहेका छन्। तेस्रो परिच्छेदमा लक्ष्मीप्रसाद पाठकको व्यक्तित्वका विविध पक्षहरू मूल शीर्षकको रूपमा छ भने बाह्य व्यक्तित्व आन्तरिक व्यक्तित्व, साहित्यकार व्यक्तित्व, कवि व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, धार्मिम तथा साँस्कृतिक व्यक्तित्व, साहित्यिक यात्रा उपशीर्षकको रूपमा आएका छन्। चौथो परिच्छेदमा नेपाली कविता साहित्य सिद्धान्त र विकासक्रम मूल शीर्षकको रूपमा आएको छ । यसमा कवितालाई सामान्य रूपमा चिनाउने प्रयास गरिएको छ । यसमा कविताको परिभाषा नेपाली कविताको विकासक्रम, त्यस विकासक्रमका आधारमा आउने विभिन्न काल तथा धाराहरूको चिनारी अनि त्यसधारा र कालमा उल्लेख्य योगदान पु¥याउने मुख्य स्रष्टा र उनका मुख्य कृतिहरूको चिनारी एवं उक्त काल र धारा तथा प्रवृत्ति कविताका तत्वहरूलाई देखाइएको छ । पाँचौ परिच्छेदमा लक्ष्मीप्रसाद पाठकका साहित्यिक कृतिहरूको अध्ययन र विश्लेषण मूल शीर्षकका रूपमा आएको छ । साहित्यिक यात्रा अन्तर्गत उनको समर्पण कविता सङ्ग्रह ( २०६२) का कविताहरूको अध्ययन र विश्लेषण, श्रद्धा कविता सङ्ग्रह (२०६४) भित्रका खष् कविता, ‘तर्क’ कविता सङ्ग्रह (२०७२) भित्रका कविताहरूको अध्ययन र विश्लेषण कविता सङ्ग्रहहरूमा प्रयोग भएका विषयवस्तु, भावविधान, लयविधान, बिम्ब, प्रतीक, दृष्टिविन्दु र भाषाशैली उपशीर्षकको रूपमा आएका छन्। यस शोधपत्रको अन्तिम तथा छैटौं परिच्छेदमा मूल शीर्षक उपसंहार र निष्कर्ष राखिएको छ । यस अन्तरगत उठान, कविता कृतिका आधारमा उपशीर्षक राखेर उनको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ भने अन्त्यमा निष्कर्ष उपशीर्षकमा उनको साहित्यिक यात्राको निष्कर्ष शोध गर्न सकिने सम्भावित शीर्षकहरूको चर्चा गरिएको छ । समग्रमा कवि पाठकका कवितामा माधव घिमिरेको जस्तो मिठासपूर्ण भाषा प्रयोग, देवकोटाको जस्तो प्रकृतिको सुन्दर वर्णन, लेखनाथको जस्तो छन्द प्रयोग, वालकृष्ण समको जस्तो पारिष्कार प्रयोग भएको पाइन्छ । उनलाई भाषिक सरलताका कविका रुपमा पनि चिन्ह सकिन्छ । शोधपत्रको समापन खण्डमा सन्दर्भ ग्रन्थसूची, परिशिष्ट राखेर शोधपत्रको अन्त्य गरिएको छ
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20060
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Full Thesis(2).pdf720.37 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.