Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20101
Title: माध्यमिक तहका शिक्षकहरुले पाठ्यक्रमप्रति बनाएकाे छाप र शिक्षण सिकाई क्रियाकलाप ( Impressions made by secondary level teachers towards the curriculum and teaching learning activities)
Authors: भुसाल Bhusal, शान्ति Shanti
Keywords: माध्यमिक तह Madhyamik tah;शिक्षण सिकाई Shikshana shikai
Issue Date: 2016
Publisher: शिक्षा योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: पाठ्यक्रम औपचारिक शिक्षाको मेरूदण्डको रूपमा रहेको हुन्छ । पाठ्यक्रमप्रतिको शिक्षकको धारणा, विश्वास तथा छापले शिक्षण सिकाई क्रियाकलापमा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव परिरहेको हुन्छ किनकी मानिसको क्रियाकलापलाई उसको विश्वास, धारणा तथा मानसिक उपजको प्रतिविम्वको रूपमा लिइन्छ । यस सन्र्दभमा माध्यमिक शिक्षकहरूले पाठ्यक्रमप्रति बनाएका े छाप, त्यस छाप निर्माणका पछाडिका कारणको खा े जी गरि शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारि बनाउन पाठ ् यक्रमका कस्ता छापहरूले सहयोग गर्दछ भन्ने उजागर गर्ने प्रमुख उदेश्य राखे र यो अध्ययनलाई अगाडि बढाइएको छ । वृत्तात्मक ढाँचामा रहेर अनुसन्धान गरिएकोले यस अध्ययन वस्तुगत भन्दा विषयगत ज्ञानको खोजि तर्फ केन्द्रित रहेको छ । शिक्षकहरूको वृत्तात्मक अनुभव, गहन अन्र्तवार्ता र छलफललाई ज्ञान निर्माणको स्रोतको रूपमा स्विकार गरिएको छ । यस क्रममा नवलपरासि जिल्ला, गैडाकोट नगरपालिकामा अवस्थित जनता उच्च माध्यामिक विद्यालयलाई अध्ययन स्थलका रूपमा छनौट गरि त्यहा ँ माध्यामिक तहमा अध्यापनरत शिक्षकहरू मध्ये सवैभन्दा बढि शैक्षणिक अनुभव भएका गणित, विज्ञान तथा सामाजिक पढाउने तीन जना शिक्षकहरूलाई समावेश गरि अध्ययन गरिएको छ । शिक्षकहरूबाट प्राप्त जानकारि तथा सुचनाहरूको व्याख्या, विश्ले षण तथा अर्थ निर्माण प्रक्रियामा haberams (1972) को मानव ज्ञान निर्माण प्रक्रियालाई सैद्दान्ति सन्र्दभका रूपमा प्रयोग गरिएको छ । प्राप्त जानकारि तथा सुचानाहरूका े व्याख्या, विश्लेषणबाट शिक्षकहरूले पाठ्यक्रमप्रति विभिन्न पाँच किसिमका छाप निर्माण गरेको भेटियो । त्यी पाँचबटा छापहरूमा, पाठ्यक्रम पाठ् पुस्तकका रूपमा, पाठ्यक्रम विषयवस्तुको संकलनका रूपमा, पाठ् यक्रम लिखित दस्तावेजका रुपमा, पाठ् यक्रम घरको नक्साको रूपमा र पाठ्यक्रम आयातित वस्तुका रूपमा रहेका छन । पाठ्यक्रमको छाप निर्माण सहयोग गर्ने शैक्षिक अवयवहरूमा शैक्षणिक विधि, पाठ्यक्रम निर्माण प्रक्रिया र मूल्याङ्कन प्रक्रिया रहेका छन । समंग्रमा भन्नु पर्दा शिक्षकहरूको पाठ्यक्रमप्रतिको छाप नकारात्मक रहेको पाइयो भने उक्त छाप निर्माणमा प्राविधिक/यान्त्रिक ज्ञान निर्माण प्रक्रियाको भूमिका रहेको देखिया े । त्यसैगरी शिक्षकहरूले शिक्षण सिकाई क्रियाकलापमा प्रभावकारि बनाउन निर्माण गरिनु पर्ने पाठ्यक्रमप्रतिको छापमा पाठ् यक्रम स्थानिय अनुभवका रूपमा र पाठ् यक्रमक सामाजिक संवाहकका रूपमा रहनु पर्दछ भन्ने मान्यता रहेको पाइयो । यसरि यस अध्ययनले शिक्षकहरूमा रहेको पाठ्यक्रमप्रतिको छाप, यसका कारणहरू तथा सकारात्मक छाप र शिक्षण सिकाई क्रियाकलापका बारेमा उल्लेख गरेकोले यसका निष्र्कषहरूलाई आत्मसाथ गर्न सकेको खण्डमा शिक्षण सिकाई क्रियाकलापमा रहेको एकाङ्गि दृष्टिकोणमा रूपान्तरण गर्न, पाठ ् यक्रमको केन्द्रिकृत निर्माण प्रक्रियालाई विकेन्द्रिकृत गरि शिक्षक, अभिभावक, तथा विद्यार्थीहरूलाई सहभागि गराउन तथा विद्यामान मूल्याङ्कन पद्दतिमा परिवर्तन गर्न सहयोग पुग्ने देखिन्छ । तसर्थ शिक्षामा समय सापेक्ष सुधार ल्याउनका लागि सर्वप्रथम शिक्षकहरूमा रहेको सम्वन्धित विषयवस्तु प्रतिकोे विश्वास, धारणा, तथा छापमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने तर्फ यस अध्ययनले सङ्केत गरेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20101
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf543.64 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.