Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20383
Title: कक्षा छमा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमता {Kaksha chhama adhyayanarata vidyarthiko pathanabodha kshamata}
Authors: शिवाकोटी Sivakoti, अनिता Anita
Keywords: पठनबोध क्षमता Paṭhanabodha kshamata;सामुदायिक विद्यालय Samudayik bidyalay
Issue Date: 2017
Publisher: नेपाली शिक्षा विभाग
Level: Masters
Abstract: कक्षा छमा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमता शीर्षक प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, कनकाई बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । यो शोधपत्र झापा जिल्लाका कक्षा छमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययनमा केन्द्रित रहेको छ । विद्यालयको स्वरुपको आधारमा, लिङ्गगत आधारमा र भाषिक पृष्ठभमिका आधारमा तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य रहेको छ । सामुदायिक र संस्थागत विद्यालयका नेपाली र नेपाली विमातृभाषी विद्यार्थीको पठनबोध क्षमता पहिचान गर्नका लागि झापा जिल्लाका दुईवटा नगरपालिकाहरु अर्जुनधारा र विर्तामोडमा सञ्चालित दुईवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयका ३०÷३० जना विद्यार्थीलाई प्रतिनिधि नमुनाका रुपमा छनोट गरिएको छ । छनोट भएका विद्यार्थीहरुलाई १० पूर्णाङ्कको दृष्टांश र १० पूर्णाङ्कको अदृष्टांश गरी २० पूर्णाङ्कको २ वटा अनुच्छेद दिई पठनबोध क्षमताको परीक्षण गरिएको छ । प्राप्त उत्तरलाई अङ्कन गर्दा ४०% वा सोभन्दा कमलाई निम्न, ४०% भन्दा बढी ८०% सम्मलाई मध्यम र ८०% भन्दा बढीलाई उत्कृष्ट वर्गको रुपमा वर्गीकृत गरी विश्लेषण गरिएको छ । विश्लेषणबाट प्राप्त नतिजा अनुसार बहुसंख्यक विद्यार्थीहरूको पठनबोध क्षमता मध्यम स्तरका रहेको पाइयो । नेपाली विमातृभाषी विद्यार्थीको भन्दा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको देखिन्छ । छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो देखिएको छ । संस्थागत विद्यालयका विद्यार्थीको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीको पठनबोध क्षमता राम्रो देखिन्छ । नेपाली मातृभाषी विद्यार्थीहरूमा छात्रको तुलनामा छात्राको अवस्था राम्रो देखिएको छ । नेपाली विमातृभाषी विद्यार्थीहरूमा छात्राको तुलनामा छात्रको पठनबोध क्षमता राम्रो रहेको पाइयो । नेपाली विमातृभाषीको तुलनामा नेपाली मातृभाषी छात्रको पठनबोध क्षमता राम्रो रहेको पाइयो । नेपाली विमातृभाषी छात्राको तुलनामा नेपाली मातृभाषी छात्राहरूको पठनबोध क्षमता राम्रो रहेको पाइयो । सामुदायिक विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको तुलनामा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो रहेको पाइयो । सामुदायिक विद्यालयका छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो रहेको पाइयो । संस्थागत विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको तुलनामा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको देखिन्छ । संस्थागत विद्यालयका छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका नेपाली भाषी विद्यार्थीभन्दा सामुदायिक विद्यालयका नेपाली भाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीभन्दा सामुदायिक विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको पठनबोध क्षमता रामो भएको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20383
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf229.14 kBAdobe PDFView/Open
Chaper page.pdf701.59 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.