Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20679
Title: पालाममा नेपाली काेड मिश्रण प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Palamma Nepali kod mishran prathamik tahma kakshyakotha vyabsthapan}
Authors: पन्धाक Pandhak, पदमादेवी Padmadevi
Keywords: कोड मिश्रण Kod Mishran;लिम्बू लाेकगीत पालाम Limboo lokgeet Palam
Issue Date: 2016
Publisher: नेपाली शिक्षा विभाग
Level: Masters
Abstract: यो शोधको शीर्षक पालाममा नेपाली कोड मिश्रण हो । यसमा चारवटा उद्देश्यहरू निर्धारित गरिएका छन् । ती उद्देश्यहरू यस्ता छन् ः कुन कुन पदवर्गमा कोड मिश्रण हुन्छ पत्ता लगाई तुलनात्मक अध्ययन गर्नु, कुन परिवेश र सन्दर्भमा बढी कोड मिश्रण हुन्छ पत्ता लगाउनु, प्रचलित पालाम गायन र पुरानो वा लिखित रूपमा रहेका पालाम बीच कोड मिश्रणको सन्दर्भमा देखापरेका भिन्नताको बारेमा विश्लेषण गर्नु, र शैक्षणिक महत्वका लागि सुझाव प्रस्तुत गर्नु । यहाँ गुणात्मक एवं परिमाणत्मक विधि अपनाइएको छ । लिम्बूभाषी समुदाय यो शोधको जनसङ्ख्याका एकाइ हुन् । नमुना छनोटको लागि निर्णयात्मक छनोट विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनको सिलसिलामा सूचकद्वारा प्रस्तुत पाठलाई विद्युतीय उपकरण (कम्प्युटर) को प्रयोग गरी रेकर्ड गरेर सामग्री सङ्कलन गरिएको छ । यस शोधप्रबन्धमा पाँचवटा अध्यायहरू रहेका छन् । पहिलो अध्यायले विषय शीर्षकको पृष्ठभूमि, यसमा देखिएका समस्या, अध्ययनको उद्देश्य, अध्ययनको महत्व, परिसीमा र मुख्य पदावलीको परिभाषा समावेश गरेको छ । दोस्रो अध्याय अन्तर्गत अध्ययनको विषय सम्बद्ध पूर्वकार्यको समीक्षा, यसको उपादेयता र सैद्धान्तिक रूपरेखाको बारेमा चर्चा गरिएको छ । तेस्रो अध्यायमा अध्ययनको प्रक्रिया, नमुना छनोटका विधि, जनसङ्ख्या एकाइ, अध्ययनको क्षेत्र, तथ्याङ्क सङ्कलनका साधन, विधि एवं प्रक्रियाको बारेमा छ । चौथो अध्यायले तथ्याङ्कको विश्लेषण र व्याख्या गरेको छ । अन्तिम पाँचौं अध्यायमा अध्ययनको निष्कर्ष र सुझाव प्रस्तुत गरिएका छन् ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20679
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf65.4 kBAdobe PDFView/Open
Chapter Page.pdf332.43 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.