Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/7426
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | दाहाल Dahal, सन्तोषी Santoshi | - |
dc.date.accessioned | 2022-01-16T04:31:12Z | - |
dc.date.available | 2022-01-16T04:31:12Z | - |
dc.date.issued | 2011 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/7426 | - |
dc.description.abstract | एउटै कक्षाका एकै समयका एउटै पाठयक्रममा आधारित दुई भाषा पाठयपुस्तकभित्र समाविष्ट पाठहरूपछिका नमुना अभ्यासहरूका तुलनात्मक विश्लेषण यस शोधप्रबन्धकाशोधसार हो । प्रस्तुत शोधप्रबन्धको शीर्षक “कक्षा ५ का मेरो नेपाली किताब र रसिलानेपालीमा समाविष्ट नमुना अभ्यासहरूको अध्ययन” रहेको छ । यसको प्रयोजन त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय, सुकुना बहुमुखी क्याम्पस,नेपाली शिक्षा विभाग, स्नातकोत्तर तह(एम.एड.) दोस्रो वर्ष, आठौ पत्र ने.पा.शि. ५९८ काआवश्यकता परिपूर्तिका लागि तयार पारिएको हो । अध्याय एकमा नौ शीर्षकमा ‘शोधको परिचय’ विषयवस्तुमा आधारित भई लेखिएकाछ । शोधशीर्षक, शोधप्रयोजन, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, महत्व र औचित्य,सीमा, अध्ययन विधि र अध्ययनका रूपरेखा गरी नौ शीर्षकमा बाँडेर प्रत्येकको छुट्टाछुट्टैविवेचना गरिएको छ । पूर्वकार्यको समीक्षा शीर्षकमा पूर्व अध्येताहरूको शोधसम्बन्धी अध्ययनगरी निष्कर्ष पेश गरिएको छ । त्यसैगरी दोस्रो अध्यायमा भाषाशिक्षण÷सिकाइका सम्बन्धमानमुना अभ्यासले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा सैद्धान्तिक अवधारणा प्रस्तुत गरिएकाछ । यसक्रममा विभिन्न पाठयपुस्तकहरूमा दिइएका नमुना अभ्यासको परिचय र महत्वलाइमुख्य विषयवस्तु बनाइका छ । सकेसम्म प्राप्त गर्न सकिने विद्वानहरूको परिभाषा वा मतलाइसन्दर्भ सामग्री बनाइएको छ । अध्याय तीनमा दुवै पाठयपुस्तकमा समाविष्ट नमुनाअभ्यासहरूको क्रमशः व्याख्या तथा विश्लेषण गरिएको छ । विश्लेषण गर्ने क्रममा कठिनशब्दार्थबाट सुरू गरी शब्दलाई पर्यायवाची पारिभाषिक, प्राविधिक, अनेकाथक, अनुकरणात्मकउखान÷टुक्का जस्ता किसिममा राखी राखी वर्गीकरण गरिएको छ र सङख्यात्मक रूपमातालिका बनाई देखाइएका छ । त्यसपछि विधासम्बन्धी अभ्यासको व्याख्या तथा विश्लेषण गदापाठहरूलाई कथा, निबन्ध÷प्रबन्ध, कविता, जीवनी, रूपक, चिठी विधामा विभाजन गरीत्यसमा अभ्यासहरूको तहगत विवरण गरी तालिकामा देखाइ उपयुक्त व्याख्या तथा विश्लेषणगरिएको छ । यसक्रममा बोधात्मक, प्रयोगात्मक, सिर्जनात्मक र कण्ठस्थ गर्ने किसिमकाअभ्यासहरूलाई छुट्टाछुट्टै तालिका बनाई व्याख्या तथा विश्लेषण गरिएको छ । दुवपाठयपुस्तकमा समाविष्ट व्याकरणलाई नछुटाइकन तालिका बनाइ परिचयात्मक, प्रयोगात्मक,पहिचानात्मक र सिर्जनात्मक गरी वर्गीकरण गरी सङख्या समेत प्रस्तुत गरिएको छ । यसअध्यायमा प्रत्येक विधा छुट्टयाएर त्यस विधामा भएका भाषिक सीप(सुनाइ, बोलाइ, पढाइ,लेखाइ) सँग सम्बन्धित अभ्यासहरूको तालिकीकरण गरी उपयुक्त व्याख्या तथा विश्लेषणगरिएको छ । अध्याय चारमा दुवै पाठयपुस्तकमा समाविष्ट नमुना अभ्यासको तुलनात्मकअध्ययन गरी देखाइएको छ । भाषा पाठयक्रमको उद्देश्य अनुरूप नमुना अभ्यासहरू राखिएकाछन÷छैनन भाषिक सीप आर्जनका आधारमा कुन पाठयपुस्तक बढी उपयोगी छ ? कुनपाठयपुस्तकमा सङख्यात्मक र गुणात्मक रूपमा पाठयक्रमको मर्मलाई बझी नमुना अभ्यास समाविष्ट छनभन्ने कुरा उक्त अध्यायमा समेटिएको छ । यसका लागि क्षत्रीय अध्ययन विधि,तुलनात्मक विधि र पुस्तकालयीय विधिलाई अपनाइएको छ । क्षेत्रीय अध्ययन विधिका लागिनिजी र सरकारी विद्यालय गरी जम्मा ४ विद्यालयका कक्षा ५ मा अध्ययनरत ५० जनाविद्यार्थीलाई र ४ जना शिक्षक÷शिक्षिकालाई नमना छनोटका रूपमा लिई तुलनात्मक अध्ययनगरिएको छ । अध्याय पाँचमा अघिल्ला अध्यायहरूमा गरिएका सर्वेक्षण, तुलनात्मक अध्ययनबाटप्राप्त सबल र दुर्वलपक्षहरूलाई आधार मानी निष्कर्ष पेश गर्दै उपयुक्त सुझावहरू पनिदिइएको छ । दुवै पाठयपुस्तकमा समाविष्ट नमना अभ्यासको शैक्षणिक प्रयोजन प्रस्तुत गदभावी अनुसन्धाताका लागि विषय शीर्षकको जानकारीका साथमा सन्दभ ग्रन्थहरूको सूचीदिएर शोधप्रबन्धको अन्त्य गरिएका छ । यसरी समग्रमा हेर्दा या शोधप्रबन्ध एउटै भाषा पाठयक्रमका अधीनमा रही सरकारी रनिजी विद्यालयहरूमा प्रयोगमा ल्याएका भाषा पाठयपुस्तकमा समाविष्ट नमुना अभ्यासबीचकास्तरीयता, भाषिक सीप आर्जनका दृष्टिले उपयुक्तताको विश्लेषण गर्नु यसको मुख्य अभिप्रायरहेको छ । | en_US |
dc.language.iso | other | en_US |
dc.publisher | शिक्षाशास्त्र सङ्काय नेपाली भाषा | en_US |
dc.subject | मेरो नेपाली किताब My Nepali Book | en_US |
dc.subject | रसिलो नेपाली Rasilo Nepali | en_US |
dc.title | मेरो नेपाली किताब कक्षा पाँच र रसिलो नेपाली पाँच मा समाविष्टनमुना अभ्यासहरूको तुलनात्मक अध्ययन {A Comparative Study of Sample Exercises Included in My Nepali Book Class Five and Rasilo Nepali Five} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Appears in Collections: | Nepali Language Education |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Cover page.pdf | 88.41 kB | Adobe PDF | View/Open | |
Chapter.pdf | 313.52 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.