Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7499
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorवस्ती Wasti, हरिप्रसाद Hariprasad-
dc.date.accessioned2022-01-18T07:17:33Z-
dc.date.available2022-01-18T07:17:33Z-
dc.date.issued2009-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/7499-
dc.description.abstractशिक्षाको मूलधारमा आउन नसकेका खासगरी गरीब, विपन्न र सुविधाविहीन बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको चुनौती हो । यो राष्ट्रिय समस्या समाधान गर्न सरकारले विभिन्न प्रोत्साहित कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस्ता कार्यक्रमहरु मध्ये विद्यालयको प्राथमिक तहमा मात्र सरकारले प्रदान गर्दै आएको पचास प्रतिशत छात्रा छात्रवृत्ति कार्यक्रम पनि एक भएकाले “प्राथमिक शिक्षामा छात्रा छात्रवृत्ति कार्यक्रमको प्रभावकारीता” शीर्षकमा यो शोध पत्र तयार गरिएको छ । अध्यननका उद्देश्यहरुमा प्राथमिक शिक्षामा छात्रा सहभागिताको वर्तमान अवस्था पहिचान गर्ने, छात्रा छात्रवृत्ति कार्यक्रमको प्रभावकारिताको लेखा–जोखा गर्ने र यस कार्यक्रमको कार्यान्वयनसँग सम्बन्धित यावत् पक्षहरुहरुलाई प्रभावकारी तुल्याउने उपायहरु सुझाउने रहेको छ । प्रस्तुत अध्ययनलाई प्रष्ट्याउन विभिन्न अनुसन्धानात्मक प्रश्नहरु निर्माण गरी तिनै प्रश्नहरुमा अध्ययनलाई केन्द्रित गरिएको छ । अध्ययनलाई मोरङ जिल्लाको जनपथ स्रोतकेन्द्र अन्तर्गतका तीस वटा सामुदायिक विद्यालयहरु मध्ये प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी पन्ध्र वटा विद्यालयहरुको प्राथमिक तहमा मात्र सीमित गरिएको छ । अध्ययनको सैद्धान्तिक खाका अन्तर्गत अब्राहम मास्लो (१९४३)को अभिप्रेरणाको सिद्धान्त अन्तर्गत ‘‘आवश्यकतामा आधारित सिद्धान्त” र वि.एफ.स्किनरको ‘‘कार्यवाहक सम्बद्ध सिकाइ सिद्धान्त” सँग आवद्ध गरी अध्ययनलाई अगाडि बढाइएको छ भने साहित्यको पुनरावलोकनका रुपमा शैक्षिक अनुसन्धान विकास केन्द्र ले गरेका छात्रा छात्रवृत्तिसँग सम्बन्धित अनुसन्धानात्मक साहित्य एवं बालिकाहरुसँग सम्बन्धित लेख रचना, पत्र पत्रिका, अनुसन्धान प्रतिवेदन आदिको अध्ययन तथा विश्लेषण गरिएको छ । अध्ययन परिमाणात्मक र गुणात्मक दुवै पक्षमा केन्द्रित छ । अध्ययनमा विद्यालय सर्वेक्षण फाराम, प्रश्नावली अन्तरवार्ता फाराम, छलफल, अबलोकन जस्ता तथ्याङ्क सङ्कलनका प्राथमिक साधनहरुको प्रयोग गरिएको छ भने विद्यालयको शैक्षिक तथ्याङ्क, विभिन्न शैक्षिक बुलेटिन र योजनाहरु, पत्रपत्रिका, प्रतिवेदन, पुस्तक, लेख, रचना, कार्यक्रम कार्यान्वयन निर्देशिका आदिबाट सहायक तथ्याङ्क सङ्कलन गरिएको छ । अध्ययनका उत्तरदाताहरु शिक्षक, प्र.अ., विद्यार्थी, अभिभावक, वि.नि., स्रोतव्यक्ति, शा.अ. र वि.व्य.स. अध्यक्षहरु रहेका छन् । सङ्कलित तथ्याङ्कहरुलाई उद्देश्यका आधारमा वर्गीकरण गरी विभिन्न तालिका, ग्राफ चार्ट, प्रतिशत, अनुपात, औषतका आधारमा ब्याख्या एवं विश्लेषण गरिएको छ । छात्रा छात्रवृत्ति कार्यक्रमको कार्यान्वयनसँग सम्बन्धित लक्षित छात्रा छनौटका आधारहरु, छनौटसम्बन्धी ढाँचा, छात्रा छात्रवृत्ति कोटा र रकमको पारदर्शिता, छात्रवृत्ति वितरण परम्परा, कार्यान्वयन निर्देशिका सम्बन्धी धारणा र यसको पालना, रकमको पर्याप्तता÷अपर्याप्तता, सदुपयोग स्थिति, कार्यक्रम कार्यान्वयनमा जि.शि.का. को भूमिका, कार्यक्रमको आलोचनात्मक पक्ष र सकारात्मक पक्षहरु जस्ता शीर्षकहरुप्रतिको सम्बद्ध सरोकारहरुबाट प्राप्त प्रतिक्रियाहरुलाई तालिकीकरण गरी शोेधकार्यलाई अझ बढी यथार्थ र बस्तुपरक बनाइएको छ । ब्याख्या विश्लेषणबाट प्राप्त नतिजाअनुसार यस छात्रवृत्ति कार्यक्रमले छात्राहरुको भर्नादर बढाउने, कक्षा छाड्ने दर घटाउने, नियमितता बढाउने, कक्षोत्तीर्ण दर बढाउने र सिकाइ उपलब्धि स्थितिमा सुधार ल्याउन यथेष्ट प्रभाव पारेको पाइयो । यस कार्यक्रमको क्ध्इऋ विश्लेषणबाट प्राप्त नतिजाअनुसार यो कार्यक्रम गरिब र पिछडिएका बालिकाहरुका निम्ति विद्यालयमा भर्ना पहुँच बढाउने एक सशक्त माध्यम बनेको तर न्यून रकम भएका कारण यसले अति विपन्न वर्गलाई खासै प्रभाव पार्न नसकेको पाइयो । छात्रवृत्तिसम्बन्धी कार्य सञ्चालन निर्देशिकाको पूर्ण पालना गर्दै थप अन्य सहयोगी कार्यक्रम सञ्चालन गर्न सकेमा अति विपन्न वर्गका लागि समेत थुप्रै शैक्षिक अवसरहरुको सम्भावना यस कार्यक्रममा रहेको पाइयो । त्यस्तै लक्षितवर्गसम्बन्धी स्पष्ट परिभाषाको समस्या, कुनै विद्यालयमा धनी वर्गकी छात्राले समेत छात्रवृत्ति पाउने तर कतै भने गरिब वर्गकाले पनि नपाउने अवस्था जस्ता चुनौती यस कार्यक्रममा रहेको पाइयो । त्यस्तै छात्रवृत्ति योजना, व्यवस्थापन र कार्यान्वयनमा थुप्रै जटिलताहरु रहेको तथ्यलाई अध्ययनले देखाएको छ । छात्रा छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी तुल्याउन योजना व्यवस्थापन र कार्यान्वयन पक्षमा धेरै सुधारको खाँचो रहेको अध्ययनले देखाएको छ । शिक्षाको अवसर लागत र शैक्षिक लागत समावेश गरी छात्रवृत्तिको कोटा र रकम बढाउनु पर्ने, छात्रवृत्ति वितरण समय र प्रक्रियामा लचकता हुनु पर्ने, नागरिक समाजका सदस्यहरुलाई समेत छात्रवृत्ति वितरण प्रक्रियामा समावेश गराई वितरण प्रणाली र प्रक्रियालाई पारदर्शिता र सहभागितामूलक बनाउनु पर्ने, हरेक विद्यालयहरुमा विभाजित तथ्याङ्क तयार गर्न लगाई छात्रवृत्ति प्राप्त गर्ने र नगर्ने बीचको शैक्षिक सूचकहरुलाई अध्यावधिक गर्नु गराउनु पर्ने, छात्रावृत्तिको समग्र प्रणाली (द्यबिलपभत ब्उउचयबअज) को सट्टा एयअपभत एबअपबनभ का रुपमा यस कार्यक्रमलाई अघि बढाउने कार्यको थालनी गर्नु पर्ने, लक्षित छात्राहरुलाई विद्यालय शिक्षा पार नगरेसम्म नियमित रुपमा छात्रवृत्ति पाइरहने व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा छात्रवृत्ति वितरण गर्ने र अनुगमन गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्नु पर्ने र छात्रवृत्ति कार्यक्रमलाई एक प्रभावकारी प्रोत्साहित कार्यक्रमका रुपमा स्थापित गर्न यसै कार्यक्रमको सहयोगी कार्यक्रमका रुपमा खाजा, तेल, मट्टितेलको वितरण गर्ने नीतिगत व्यवस्था गरी एकीकृत रुपमा वितरणको व्यववस्था मिलाउनु पर्ने लगायतका कुराहरुलाई अध्ययनले सिफारिश गरेको छ ।en_US
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectप्राथमिक शिक्षा Primary educationen_US
dc.subjectछात्रा छात्रवृत्ति कार्यक्रम Student Scholarship Programen_US
dc.titleप्राथमिक शिक्षामा छात्रा छात्रवृत्ति कार्यक्रमको प्रभावकारिता {Effectiveness of Girl Scholarship Program in Primary Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पसen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Chapter Page(1).pdf715.58 kBAdobe PDFView/Open
Cover Page .pdf176.7 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.