Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9503
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorयोङहाङ Yonghang, मनकुमार Mankumar-
dc.date.accessioned2022-03-27T09:54:50Z-
dc.date.available2022-03-27T09:54:50Z-
dc.date.issued2015-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9503-
dc.description.abstractएस एल सी परीक्षामा लिम्वू विदयार्थीहरूको गणित विषयको शैक्षिक उपलब्धिनामक यस शोध पत्रमा एस.एल.सी. परीक्षामा लिम्बू विद्यार्थीको गणित विषयको शैक्षिक उपलब्धिको अध्यय गरीत्यसलाई प्रभावका पार्ने कारकतत्वहरूको पहिचान गर्दै परिणाममा सुधार गर्ने उपायहरूको खोजि गर्नुमुख्य उद्देश्य राखिएको छ । यस अध्ययनमा परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरिएको छ । मुख्यतः वर्णात्मकविधि प्रयोग गरिएको छ । अध्ययनमा समावेश गरिएका विषयवस्तलाई शीर्षकको आवश्यकताअनुसार रस्तम्भचित्रमा वर्णन गरी लेखिएको छ । अध्ययनको विषयवस्तु विस्तृत र व्यापक भएतापनि पूर्वाञ्चलविकास क्षेत्रमा पर्ने १६ वटा जिल्लाहरु मध्ये मेची अञ्चलमा पर्ने पाचथर जिल्लालाई छनौट गरिएकाछ । पाचथर जिल्लामा १८ वटा स्रोत केन्द्रहरुमा नागी स्रोतकेन्दका ३ वटा सामुदायिक विद्यालयहरुछनौट गरिएको छ । त्यसका प्रधानाध्यापक १, विद्यालय व्यवस्थापनसमिति र कक्षा १० बाट ५ छात्र र५ छात्रा गरी जम्मा १० जना प्रत्येक विद्यालयबाट गरी अध्ययनको कल जनसंख्या ३९ जना लिइएकाछ । तथ्याङक संकलन कार्यलाई व्यवस्थित बनाउन नागी स्रोतकेन्द्र र त्यस अन्तर्गतका ३ वटासामुदायिक विद्यालयलाई उद्देश्यमुलक नमुना छनौट विधिबाटप्रयोग गरिएका छ । प्रत्येक सामुदायिकविद्यालयबाट कक्षा १० मा अध्ययनरत ५ जना छात्र र ५ जना छात्रालाई चिठठा प्रणालीबाट छनौटगरिएको छ । तथ्याङकिय रुपमा हेर्दा २०६८ सालमा ६७.२३पतिशतबाट २०६९ सालमा ३८.२८प्रतिशत र२०७० सालमा अझ ८.५४ प्रतिशतमा झरेको पाइन्छ । गणित विषयको एसएलसी परीक्षा प्रणालीकाअवस्था विश्लेषण गर्दा नमुना छनौटमा परेका विद्यालयको एसएलसी.को गणित विषयको पणिाम२०६८ सालमा भन्दा २०६९ सालमा र फेरी २०७० सालमा एसएलसी को गणित विषयको परिणामझन घटेको दखिन्छ । नमुना छनौटमा परेका विद्यालयको सिकाइ उपलब्धी विश्लेषण गर्दा तीन वटविद्यालयको सिकाइ उपलब्धी न्यून रहेका देखिन्छ । छनौटमा परेका विद्यालयमा यस विषयप्रतिकासकारात्मक धारणा रहेका पाइएको छ । विद्यालयमा पाठयक्रम भए पनि सवै शिक्षकले पाठयपुस्तकप्रयोग गरी प्रवचन विधिबाट नै शिक्षण गर्ने गरेको पाइयो । सैद्धान्तिक परीक्षालाई मात्र विशेष जोडदिएको प्रयोगात्मक परीक्षा नाम मात्रको लिने गरेको पाइयो । प्र.अ.ले कक्षा शिक्षणमा आइपरेकासमस्या प्रति उचित निरीक्षण अनुगमन र परामर्श नगरेको पाइयो । विद्यार्थीमा अनुशासनको कमी घ रहेको पाइयो । आन्तरिक मूल्याङ्कनलाई प्रभावकारी बनाउदै शिक्षण गर्दा शैक्षिक उपलब्धीमा सुधार हुनेथियो । गणित विषय अध्यापन गराउने र गर्ने मुख्य व्यक्ति शिक्षक, विद्यार्थी र स्थल भनेको विद्यालयहो । ती सम्पूर्ण पक्षको राम्रो व्यवस्था भएमा गणित विषयको पाठयक्रमले राखेको उद्देश्य पूरा गर्नकासाथै राष्ट्रलाई एक कुशल जनशक्ति प्राप्त हुने थियो । विदयालयमा आधारभूत तहदेखी नै तालिमप्राप्त शिक्षकको व्यवस्था र समयमानै पाठयक्रमपाठयपुस्तक शिक्षक निर्देशिका र सन्दर्भ सामाग्रीहरु पर्याप्त मात्रामा सवै विद्यालयमा उपलब्ध गराउनुपर्ने देखिन्छ । आधारभूत तहमा शिक्षण गर्दा कतिपय विषयवस्तु एस एल सी सग जोडिएका छनभनेरसावधानी अपनाउदै यस विषयलाई केवल प्रवचन विधिको मात्र वढी प्रयोग गरी शिक्षण गर्ने परिपाटीसुधार्न पर्दछः । यस अध्ययनमा एस.एल.सी. परीक्षामा गणित विषयको परिणामको कार्यान्वयनकाअवस्थाको अध्ययन गरिएको हुँदा अन्य विषयहरुको परीक्षाको परिणामको पनि अध्ययन गर्नु पर्नेदेखिन्छ । यी सुझावहरुलाई सम्बन्धित सवै पक्षले योजना बनाए कार्यान्वयन गरेको खण्डमाएस.एल.सी. परीक्षामा गणित विषयको परिणामको कार्यान्वयनमा दखिएका समस्याहरु समाधान भइगणित विषयले राखेका उद्दश्यहरु हासिल गरी दक्ष जनशक्ति उत्पादन हुने विश्वास राख्न सकिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र संकायen_US
dc.subjectएस.एल.सी. परीक्षा S.L.C. Examen_US
dc.subjectलिम्बू विद्यार्थी Limbu studentsen_US
dc.titleएस.एल.सी. परीक्षामा लिम्बू विद्यार्थीहरूको गणित विषयको शैक्षिक उपलब्धि{S.L.C. Academic achievement of Limbu students in mathematics subject in the examination}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleSukuna Multiple Campus, Morangen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf72.18 kBAdobe PDFView/Open
chapter.pdf273.01 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.