Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9846
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorभण्डारी Bhandari, लीलाप्रसाद Lila Prasad-
dc.date.accessioned2022-04-15T09:30:21Z-
dc.date.available2022-04-15T09:30:21Z-
dc.date.issued2017-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9846-
dc.description.abstractत्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ ् काय स्नातकोत्तर तह शैक्षिक योजना तथा व्यवस्थापन विषयको आंशिक आवश्यकता पूरा गर्नका लागि ‘समुदायद्वारा व्यवस्थापन गरिएको विद्यालयको सामुदायिक सहभागिता’ शीर्षकमा यो शोध पत्र तयार गरिएको छ । यसको मुख्य उद् देश्य समुदायद्वारा व्यवस्थापन गरिएको सामुदायिक विद्यालयमा समुदायको सहभागिता कार्यान्वयनको अवस्था पहिचान गर्नु, समुदायद्वारा व्यवस्थापन गरिएको सामुदायिक विद्यालयमा समुदायको सहभागितामा प्रभाव पार्ने तत्वहरु खोजी गर्नु, समुदायद्वारा व्यवस्थापन गरिएका सामुदायिक विद्यालयको व्यवस्थापनमा देखा पर्ने समस्याहरु पत्ता लगाउनु र समस्या समाधानका लागि सुझावहरु प्रस्तुत गर्नु रहेको छ । झापा जिल्लाको अनारमनी स्रोतकेन्द्र अन्तर्गत सञ्चालित समुदायद्वारा व्यवस्थापन गरिएका प्राथमिक तह सञ्चालन गरेका तीनवटा विद्यालयहरुलाई नमुनाको रुपमा छनोट गरी त्यसैभित्र अध्ययनको परिसीमा निर्धारण गरिएको छ । गुणात्मक र परिमाणात्मक दुवै विधिरूलाई मिश्रित रूपमा उपयोग गरी प्रश्नावली, विद्यालय अवलोकन फाराम जस्ता प्राथमिक साधनबाट प्राथमिक तथ्याङ ् क र विद् यालयहरुका अभिलेखहरु, शोधपत्रहरू, पुस्तक लेखरचनाहरू आदिका माध्यमबाट द्वितीयक तथ्याङ ् कको संकलन गरिएको छ । वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक सङ ् घ अध्यक्ष, प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावक, अनारमनी स्रोतकेन्द्रका स्रोतव्यक्ति, अनारमनी क्षेत्र हेर्ने जिल्ला शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षकलाई प्रश्नावली भराइएको छ । सङ ् कलन गरिएका तथ्याङ ् कहरूलाई उद्देश्यका आधारमा वर्गीकरण गरी विभिन्न तालिका, आ ै सतका आधारमा व्याख्या, विश्लेषण गरी शोधकार्य पूरा गरिएको छ । व्याख्या विश्लेषणबाट प्राप्त भएको नतिजा अनुसार विद्यालयमा समुदायको सहभागिताको अवस्था पहिचानका लागि विद्यालयमा आर्थिक स्रोत व्यवस्थापन, भौतिक सुविधा विस्तार, भौतिक संरचना संरक्षण, शैक्षिक सुधारको क्षेत्रमा देवी उ.मा.वि. मा समुदायको सहभागिता उत्कृष्ट स्तरको रहेको पाइयो । समूह सहभागिता उत्कृष्ट रहेको कारण विद्यालयमा विद्यार्थीको भर्ना, टिकाउपन तथा विद्यालयको शैक्षिक उपलब्धिको अवस्था राम्रो रहेको पाइयो । सरस्वती मा.वि. मा समुदायको सहभागिता सामान्य अर्थात मध्यम स्तरको रहेको पाइयो । विद्यालयको विद्यार्थी भर्ना, टिकाउपन तथा शैक्षिक उपलब्धिमा समेत सामान्य गतिमा सुधार हुँदै आएको पाइयो । विराट नि.मा.वि. मा विद्यालयमा समुदायको सहभागिता न्यू न रहेको पाइयो । तयार पारिएका चार वटै सूचकहरुमा समुदायको सहभागिता न्यून रह े को देखियो । विद्यार्थी भर्ना, टिकाउपन तथा शैक्षिक उपलब्धि समेत गिर्दो अवस्थामा पाइयो । पाँचवटा परिच्छेदहरुमा तयार पारिएको प्रस्तुत शोधको पहिलो परिच्छेदमा परिचय राखिएको छ । यस परिच्छेदमा अध्ययनको पृष्ठभ ू मि, समस्याको कथन, अध्ययनको औचित्य, अध्ययनको उद्देश्य, अनुसन्धानात्मक प्रश्नहरु, अध्ययनको परिसीमा तथा प्रयोग गरिएका शब्दावलीको परिभाषा संलग्न गरिएको छ । दोस्रो परिच्छेदमा सम्बन्धित साहित्यको पुनरावलोकन र सैद्धान्तिक खाका राखिएको छ । तेस्रो परिच्छेदमा अध्ययन अनुसन्धानको विधि अन्तर्गत अध्ययनको ढाँचा, जनसंख्या र नमुना छनोट, अनुसन्धानका साधन, तथ्याङ ् कका स्रोतहरु, तथ्याङ ् क सङ ् कलन प्रकृया तथा तथ्याङ ् क विश्लेषण प्रकृया राखिएको छ । चौथो परिच्छेदमा समुदायद्वारा व्यवस्थापन गरिएका विद्यालयमा समुदायको सहभागिताको प्रभावलाई विभिन्न उपशीर्षकहरुमा व्याख्या विश्लेषण गरिएको छ । पाचौं परिच्छेदमा अध्ययनको निष्कर्ष र सुझावहरु समावेश गरिएको छ ।en_US
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectसमुदाय व्यवस्थापन Samuday bybsthapanen_US
dc.subjectसामुदायिक सहभागिता Samudayik shabhagitaen_US
dc.titleसमुदायद्वारा व्यवस्थापन भएका विद्यालयको सामुदायिक सहभागिता{Community of Community Managed Schools Participation}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पसen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf366.17 kBAdobe PDFView/Open
Chapter page.pdf368.88 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.