तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत अध्ययनको शीर्षक तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन रहेको छ
। यस अध्ययनको उद्देश्य तामाङ र नेपाली भाषाको परिचय र वर्गीकरण गर्नु, व्याकरणिक कोटिका
आधारमा तामाङ र नेपाली भाषाका बीचमा रहेका समानता र असमानता पत्ता लगाउनु र तामाङ
मातृभाषी वक्ताले नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्दा गर्ने सम्भाव्य त्रुटिहरू पत्ता लगाउनु
रहेको छ । यस अध्ययनमा क्षेत्रअध्ययन विधि, शोधपुछ विधि, छलफल विधि र पुस्तकालयीय
अध्ययन विधिमार्फत सूचना सङकलन गरिएको छ । यसका लागि तामाङ भाषा सम्बन्धी
प्रश्नावली फारमहरू तयार पारी सुनसरी जिल्ला अन्तर्गत इटहरी उप–महानगरपालिका वार्ड न.
२, ३, ४ र २४ का तीस जना तामाङ मातृभाषी वक्ताहरूलाई नमना छनोट गरी प्राप्त जानकारी
तथा प्रतिक्रियाको आधारमा व्याख्या विश्लेषण गरिएको छ ।
यसरी विष्लेषण गर्दा लिङगको आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा
क्रियापद परिवर्तन नहुने तर नेपाली भाषामा क्रियापद परिवर्तन हुन्छ । त्यसैगरी वचनका
आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापद, विश्लेषण र विशेष्य, भेदक र
भेद्यलाई वचनले प्रभाव नपारेको तर नेपाली भाषामा भने पूर्ण रूपमा प्रभाव पारेको पाइन्छ ।
पुरूषका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापदलाई प्रभाव नपारेका
तर नेपाली भाषामा चाहिँ पुरूषले प्रभाव पारेको देखिन्छ । त्यसैगरी कालका आधारमा व्यतिरेकी
अध्ययन गर्दा तामाङ भाषामा कालगत सङगति रहेको देखिदैन भने नेपाली भाषामा कालगत
सङगति रहेको देखिन्छ । पक्षका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली दुवै भाषामा
कालको पक्षगत भिन्नता रहेको पाइन्छ । भावका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र
नेपाली दुवै भाषामा भावको भिन्नता रहेको पाइन्छ । आदरका आधारमा व्यतिरेकी अध्ययन गर्दा
तामाङ र नेपाली भाषामा सम्मान तथा आदरमा पूर्णरूपमा भिन्नता पाइन्छ । त्यस्तैगरी अन्त्यमा
ध्रुवीयताका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली भाषामा ध्रुवीयताको भिन्नता
रहेको यस अध्ययनमा देखिएको छ
