महिला शिक्षा कार्यक्रमकाे प्रभावकारिता {Mahila siksha karyakramko prabhabkarita}

Date
2015
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार प्रस्तुत शोधकार्य अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता शीर्षकमा गरिएको हो । यस अध्ययनका ेउद्देश्य भन्नु नै अनौपचारिक प्रौढ विद्यालय अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता पत्ता लगाउदै त्यसमा देखिएका समस्याहरु पहिचान गरी समाधानार्थ सुझाव सुझाउनु रहेको छ । दोलखा जिल्लाका हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय काभ्रे, वैतेश्वर उच्च माध्यमिक विद्यालय नाम्दू र कालिञ्चोक उच्च माध्यमिक विद्यालय चरिकोट मा सीमित गरिएको यस शोध गुणात्मक एवं संख्यात्मत दुवै ढाँचालाई मिलाई मिश्रित ढाँचामा तयार गरिएको छ । तथ्याङ्क सङ्कलनको लागि विद्यालयमा शोधकर्ता आफैं गई स्थलगत अध्ययन, अन्तरवार्ता, प्रश्नावली, छलफल, दस्तावेज, अवलोकन अध्ययन जस्ता विधि प्रयोग गरिएको छ । यस अध्ययनको मुख्य उत्तरदाताको रुपमा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रमका विद्यालयहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्रोत व्यक्तिहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, समाजसेवीहरु,अभिभावकहरु एवं सहभागी महिला विद्यार्थीहरुलाई नमुनाको रुपमा छनौट गरिएको छ । यस अध्ययनका मुख्य प्राप्तीहरुमा सिक्ने कुराहरुलाई उमेरले छेक्दैन भन्ने कुरा २०–५० वर्ष समुहका महिलाहरु अनौपचारिक प्रौढ विद्यालय शिक्षा पढ्न जागरुक रहेको देखिएको छ तापनिसबै अनौपचारिक प्रौढ विद्यालयहरुले पहिलो तहमाबढी चासो देखाई दोस्रो र तेस्रो तहमा क्रमशः कम चासो दिई अनौपचारिक प्रौढ विद्यालय महिलाहरु क्रमशः घट्दै गएका, जसमा एउटै शिक्षकको ब्यबस्था हुनु, घरायसी कामले गर्दा नियमित रुपले आउन नसक्नु, अनौपचारिक प्रौढ विद्यालयहरुको बसाई व्यवस्थापनमा असजिलो हुनु, सबै तहका अनौपचारिक प्रौढ विद्यालयहरुलाई एउटै तहमा राखी पढाउनु, परीक्षा प्रणालीमा एकरुपता नहुनु जस्ता कारणले अनौपचारिक प्रौढ विद्यालयहरुले निर्धारित लक्ष्य अनुरुप सफलता प्राप्त गर्न नसकेको पाइयो । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले विद्यालयमा गएर आफुले सिक्नका लागि अथक प्रयास गरेको, अनौपचारिक प्रौढ विद्यालयको लागि चाहिने पाठ्यक्रमहरुको ब्यबस्था नभएको, पाठ्यपुस्तकका आधारमा मात्र अध्यापन गराएको,अनौपचारिक प्रौढ विद्यालय शिक्षकलाई तलबको ब्यबस्था कम भएको, समयमानै प्रर्याप्त मात्रामा पाठ्यपुस्तकहरुको व्यवस्थापन गर्न नसकिएको, सरकारी निकायले भनेको जस्तो निगरानी नगरेको, ५ वटै विषयलाई एउटै शिक्षकले पढाएको, सबै विषय अध्यापनका लागि समयको अभाव रहेको, अनौपचारिक प्रौढ विद्यालय महिलाहरुमा तहगत अध्ययनका लागि स्मरण शक्ति ह्रास हुदै गएको, महिलाहरुले पढाइलाई भन्दा घरायसी कामलाई बढी प्राथामिकता दिएको,अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले निरन्तर रुपमा कक्षामा उपस्थित नभएको, सबै अनौपचारिक प्रौढ विद्यालय महिलाहरु कक्षा उत्र्तीण हुन नसकेको, अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुननसकेको जस्ता कारणले गर्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम प्रभाकारी हुन नसकेको र अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको संख्या घटेको देखिन्छ भने अनौपचारिक प्रोढ शिक्षा कार्यक्रम संचालन भए पछि हरेक सहभागि महिलाहरुले लेख पढ गर्न सकेको, चिठी पत्र, लेख्न र पढ्न सकेको, आफ्नो घरमा आइपर्ने साधारण हरहिसावहरु राख्न सकेको त्यसै गरी आफ्नो वरीपरि रहेको वातावरण सफा राख्न सकेको, आफ्नो परिवारमा स्वः निर्णय लिन सकेको र हरेक महिलाहरुमा प्रजनन् स्वास्थ्यको ज्ञान भएको जस्ता परिर्वतनहरु आएका छन् । अनौपचारिक प्रौढ विद्यालयमा महिला शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि हरेक अनौपचारिक प्रौढ विद्यालयहरुले आफ्नो घरायसी कामलाई भन्दा पढ्ने कामलाई बढी जोड दिनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले नियमित आउनको लागि जागरुक हनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले बीचैमा कक्षा छाड्ने प्रवृति त्याग्नु पर्ने, हरेक अनौपचारिक प्रौढ विद्यालय महिलाहरुलाई शिक्षा प्रति जागरुक गराउनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने, प्रत्येक विषयको विषय शिक्षकको व्यवस्थापन गरिनु पर्ने, विद्यालय सरहको पठन–पाठन गरी समयको व्यवस्थापन गरी समयानुकुल बनाउदैं लानु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालयहरुको सिकाइ प्रतिको चासोलाई सकारात्मक बनाइ अझ प्रभावकारी बनाउदैं महिला साक्षरता कार्यक्रम भन्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम आवश्यकता भएको कुरा अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको चासोले देखाउछ । जुन कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, विद्यालय ब्यस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, अनौपचारिक प्रौढ विद्यालय शिक्षक एवं अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी कार्य सञ्चालन गरी यस कार्यक्रमलाई निरन्तरता दिनु पर्ने यस अध्ययनले औल्याएको छ ।
Description
Keywords
महिला शिक्षा Mahila siksha, शैक्षिक उपादेयता Saikshik updeyata
Citation