शिक्षण दक्षता विकासमा स्रोत व्यक्तिको भूमिका{The Role of Resource Persons in the Development of Teaching Skil}ls
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
प्रस्तुत अध्ययन शिक्षण दक्षता विकासमा स्रोत व्यक्तिको भूमिका शीर्षकमा केन्द्रित रही तयार पारिएको हो । यस
अध्ययनको मुख्य उद्देश्य शिक्षकको शिक्षण दक्षता विकासको लागि स्रोत व्यक्तिको भूमिका खोजि गर्नु रहेको छ ।
उपरोक्त उद्देश्य पूरा गर्नका लागि यस अध्ययनमा इलाम जिल्लाका १० वटा स्रोतकेन्द्र मध्ये चुलाचुली स्रोतकेन्द्रलाई
सुविधाजनक नमुना छनोट विधिका आधारमा छनोट गरिएको र त्यस स्रोतकेन्द्र भित्रका स्रोतव्यक्ति –१, शिक्षकहरू २१०,
वि.व्य.स. अध्यक्ष २१, प्रधानाध्यापक २१ जना गरी जम्मा २५३ जनालाई जनसंख्याको रूपमा लिइएको छ । जसमध्ये ६
वटा माध्यमिक विद्यालयका ४÷४ जनाको दरले २४ जना शिक्षकलाई सुविधाजनक नमूना छनोट विधिको आधारमा
अध्ययनमा छनोट गरिएको छ । यसका साथै उक्त विद्यालयहरुका वि.व्य.स. अध्यक्ष, स्रोतकेन्द्रका स्रोतव्यक्ति र
प्रधानाध्यापकलाई पनि नमुना उत्तरदाताको रूपमा छनोट गरिएको छ भने सुविधाजनक विधि मार्फत अध्ययनको
जनसंख्या र क्षेत्र छनोट सीमित भएकोले अन्य क्षेत्रका विविध पक्षहरू समेट्न सकिएको छैन । यस अध्ययनका लागि
प्राथमिक र सहायक दुवै तथ्याङ्क स्रोतहरुको प्रयोग गरिएको छ ।
निश्चित प्रयोजनका लागि सानो क्षेत्रमा गरिएको यस शोध अध्ययन अन्यत्र सामान्यीकरण नहुन पनि सक्छ । तथापी
यसले यो र यस्तै क्षेत्रमा गर्ने अध्ययनमा मार्ग दर्शन बनेर सघाउ पु¥याउने कुरामा आशावादी रहन सकिन्छ । यस
अध्ययनमा अन्तरवार्ता सूची, प्रश्नावली, अवलोकन फाराम र छलफल मार्फत आवश्यक तथ्याङ्क सङ्कलन गरी सङ्कलित
तथ्याङ्कलाई उद्देश्यअनुरूप गुणात्मक अनुसन्धान ढाँचाबाट व्याख्या र विश्लेषण गरिएको छ । अनुसन्धान कार्यलाई
निष्कर्षमा पु¥याउन टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई एकाकार गरिएको छ ।
शिक्षकको शिक्षण दक्षता विकासमा शिक्षकको आफ्नो ज्ञान, अनुभव, मेहेनत, लगनशिलताका साथै पेशागत तालिमको
समेत भुमिका हुन्छ । यो अध्ययनमा ‘शिक्षकको शिक्षण दक्षता विकास’ लाई तालिमका माध्यमबाट प्राप्त हुने दक्षतामा
सीमित गरी अध्ययन गरिएको छ । शिक्षकको शिक्षण दक्षता विकासका लागि तालिम कार्यक्रम विभिन्न चरणमा सञ्चालन
गरी स्थानीय स्तरबाटै दिनु पर्दछ भन्ने मान्यता अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रले स्रोत केन्द्र मार्फत शिक्षकको
पेशागत विकासका लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उक्त तालिम सञ्चालनमा स्रोत व्यक्तिले तालिम
कार्यक्रम कार्यान्वयनका लागि शिक्षकको छनोट, तालिम प्रशिक्षकको व्यवस्था, तालिम सञ्चालनका लागि सामग्रीको
व्यवस्थामा जोड दिइएको तर भूमिका निर्वाह गर्ने क्रममा नीतिगत रूपमा दिइएका दायित्वहरू, सहजरूपमा गर्न केन्द्रबाट
हुनु पर्ने प्राविधिक र नियमित सहयोगको साथै उपलव्ध हुनु पर्ने अनुगमन सहयोग हुन नसक्दा तालिमलाई पूर्ण
प्रभावकारी बनउन नसकिएको पाइयो । स्रोतव्यक्तिले शिक्षक छनोट अन्र्तगत विद्यालय भ्रमण जस्ता कार्यहरूगर्दा
सैद्धान्तिक रूपमा सहमति, असहमति हुने र समयमा उक्त कार्य गराउन वाधा हुने देखिएको पाइयो । त्यसैगरी तालिम
कार्यक्रम सञ्चालनमा जिम्मेवारीहरू अस्पष्टताका कारण कुन कार्य कसबाट हुने वा समस्याको जिम्मेवारी कुन
निकायबाट पहल गर्ने जस्ता अन्यौलको अवस्था पाइयो ।
तालिम कार्यान्वयनमा जे जस्ता समस्याहरू भएतापनि तालिम कार्य स्रोतकेन्द्र बाट नै सञ्चालन हुँदा शिक्षकहरू लाई
तालिममा सहभागि हुन सहज हुने कुरा दुविधा छैन । तसर्थ उक्त केन्द्रलाई पूर्णता प्रदान गरी त्यस केन्द्रबाट दिने तालिम
कार्यक्रमलाई प्रभावकारी बनाउन प्राविधिक कार्यका रूपमा विद्यालय निरीक्षकको भूमिका स्पष्ट किटान गरी उसलाई सो
कार्यका लागि बढी जिम्मेवारी बनाउने, अनुगमन कार्यलाई नियमित र अनिवार्य गराउने, श्रोतव्यक्ति, जिल्ला शिक्षा
कर्यालय, शैक्षिक जनशक्ति विकास केन्द्रको भूमिका लाई नीतिगत रूपमा स्पष्ट पार्ने, श्रोतकेन्द्रका भौतिक पूर्वाधारमा
सुधार गर्ने र श्रोत व्यक्तिको कार्यलाई प्रभावकारी बनाउन समूह विद्यालय प्रधानाध्यापकलाई विद्यालय÷अन्तर विद्यालय
भ्रमण कार्यक्रमको जिम्मेवारी उनीहरू मार्फत गराउने परिपाटी गरेमा उक्त तालिम कार्यक्रम प्रभावकारी हुन सक्ने कुरा
पाइएकाले यस्ताकुरा सुधार तथा नियमितता दिनु आवश्यक देखिन्छ ।
