शैक्षणिक दृष्टिले कक्षा १० को नेपाली किताबमासमाविष्ट कथाहरूको विश्लेषणात्मक अध्ययन {Analytical Study of Stories Included in Nepali Textbooks of Class 10 From Academic Point of View}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा

Abstract

प्रस्तुत शोत्रपत्र त्रि.वि. शिक्षाशास्त्र सङकाय सुकुना बहुमुखी क्याम्पसअन्तर्गतएम.एड. दोस्रो वर्षको दशौं पत्र(५९८(को प्रयोजन पूरा गर्नका लागि तयार पारिएको हो ।यस शोधपत्रको शीर्षक शैक्षणिक दृष्टिले कक्षा १० को नेपाली किताबमा समावेशगरिएका कथाहरूको विश्लेषणात्मक अध्ययन रहेको छ । सात अध्यायमा रहेको याशोधपत्रको सार यसप्रकार रहेको छ । अध्याय–एकयस अध्यायमा शोधको परिचय दिइएको छ । कक्षा १० को नेपाली किताबमा समाविष्ट कथाहरूका पाठयक्रमको अनुरूपता पहिल्याउन, ती कथाहरूलाइकथाहरूलाई छनोट रस्तरणको आधारमा विश्लेषण गर्नु , प्रकृति र संरचनाका दृष्टिले विश्लेषण गर्नु , कथाका पाठको पछिल्तिर दिइएका नमुना अभ्यासहरूको मूल पाठस“गको तालमेलकाविश्लेषण गर्नु , सुधारका लागि सुझाव दिनजस्ता शोधका उद्देश्य रहेका छन।अध्याय–दुइकथाको सैद्धान्तिक परिचय दिइएको यो अध्यायमा कथाको परिचय ,परिभाषा कथाकाअन्य विधास“गको सम्बन्ध , कथाका तत्वरू र कथाको वर्गीकरण प्रस्तुत गरिएको छ ।अध्याय–तीनयस अध्यायमा पाठयक्रमको परिचय ,परिभाषा भाषापाठयक्रम र भाषापाठयपुस्तककापरिचय तथा कक्षा १० को नेपाली विषयको पाठयक्रम दिइएको छ । यस अध्यायमा कक्षा१० को नेपाली किताबमा राखिएका कथा विधाका पाठहरू पाठयक्रमअनुरूप रहेको निष्कषनिकालिएको छ ।अध्याय–चारयस अध्यायमा कथाको कथावस्तु ,संरचना, शब्दभण्डार आदिको विश्लषण गरिएको छ ।सबैभन्दा लामो कथा ‘कर्तव्य ’ हो भन छोटो कथा ‘न्यायको पक्षमा ’ हो । कथामासर्वाधिक नाम शब्दको प्रयोग देखिन्छ भने विस्मयादिबोधक शब्द न्यून मात्र रहेका छन । अध्याय–पा“चकक्षा १० को नेपाली किताबमा रहेका कथा विधाका पाठहरूको छनोट र स्तरणका दृष्टिलमूल्याङकन गरिएको छ । ‘कर्तव्य कथा छनोटका दृष्टिले उपयुक्त मानिएको छ भने कक्षा११ मा रहेको ‘दोषी चस्मा ’ र निरस किसिमको ‘न्यायको पक्षमा ’ छनोटका दृष्टिलउपयुक्त रहेको देखि“दैन । तीन ओटा कथाहरूको रखाइ क्रमका हिसाबले स्तरण मिलेको छभने एउटै कथाका वाक्य ढा“चा ,शब्दार्थ आदिका हिसाबले कथाका स्तरण नमिलेकादेखिन्छ ।अध्याय–छयस अध्यायमा कथाका पाठहरूको पछिल्तिर दिइएका अभ्यासहरूको विश्लेषण गरिएको छ। अभ्यासमा विविधता देखिन्छ । सुनाइ र बोलाइको तुलनामा पढाइ र लखाइलाई अधिकजोड दिइएको छ । छुटटै सुनाइ सीप समेटने अभ्यास एउटा पनि छैन । अभ्यासमावस्तुगत प्रश्न पनि समेटिएको छैन । व्याकरण अभ्यास पाठयकमअनुरूप नै छन ।आगमन विधिको प्रयोग गरी दिइएको छ । व्याकरणलाई मूल पाठस“ग सम्बद्ध गराउनखोजिएको छ । समग्रमा अभ्यास विद्यार्थीको स्तर र पाठयक्रमअनुरूप रहेका देखिन्छ ।अध्याय–सात यस अध्यायमा निष्कर्ष र सुझाव दिइएको छ । यस शोधपत्रमा१४ ओटा निष्कषनिकालिएको छ । यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा नौ ओटा सुझावहरूप्रस्तुत गरिएको छ । रुचिपूर्ण पौेराणिक कथालाई पाठयपुस्तकमा समावेश गर्नुपर्ने ,अभ्यासमा सुनाइ सीपलाई पनि समेटनु पर्ने , वर्णविन्यासगत शुद्धतामा ज्यादै खालगर्नु पर्ने, चित्र आकर्षक र किताबमा प्रयोग गरिएको कागज गुणस्तरीय हुनु पर्ने,अन्य कक्षा र तहमा राखिएका कथा राख्नु भन्दा छुटटै कथा राख्नुपर्ने जस्ता सुझावदिइएको छ । उक्त निष्कर्ष र सुझावले सम्बन्धित पाठयक्रम र पाठयपुस्तक लेखकपरिमार्जनकर्ता र सम्बन्धित शिक्षकलाई समेत शैक्षणिक दृष्टिले सहयोग पु¥याउनविश्वास गरिएको छ ।

Description

Citation