एस.एल.सी.तहमा गरिएको आर्थीक लगानी र शैक्षिक उपलब्धि बैतडी जिल्लाको एक - अध्ययन (S.L.C. tahama garieko aarthik lagani ra shaikshik upalabdhi Baitadi jillako ek adhyayan)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
प्रस्तुत “एस.एल.सी. तहको आर्थीक लगानी र शैक्षिक उपलब्धी अध्ययन बैतडी जिल्ला राखी
गरिएको अनुसन्धानको मुख्य उदेश्य सामुदायिक तथा संस्थागत माध्यामीक विद्यालयमा आर्थीक
लगानी र शैक्षिक उपलव्धिीको विश्लेश्ण विश्लेश्ण गर्नु रहेको छ । यसका लागी बैतडी जिल्लालाई
उदेश्यमुलक ढंगवाट छनौट गरी अध्ययन क्षेत्रका माध्यामिक विद्यालयको आम्दानी र खर्च विश्लषण
र सामुदायिक तथा संस्थागत माध्यामीक विद्यालयमा गरिएको आर्थीक लगानीलको विश्लेषण
माध्यामिक तहको शैक्षिक उपलब्धी आर्थीक आय व्ययको अनुमान जस्ता उद्देश्य राखी अध्ययन
गरिएको छ ।
यो अध्ययनमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयवाट प्राप्त प्राथमीक तथा दितिय
तथ्याङकलाई अध्ययन विश्लेश्णकार्यको लागी सहयोगीका रुपमा प्रयोगमा ल्याइएको छ । अध्ययन
क्षेत्रका एउटा सामुदायिक तथा एउटा संस्थागत माध्यामिक विद्यालयको माध्यामीक तह (कक्षा ९ र
१०) मा अध्यानरत प्रति विद्यालबाट २५÷२५ जनाका दरले एउटा कक्षाबाट ९ जना छात्र र ९ जना
छात्रा समभावनायुक्त नमुना छनौट विधी अवलम्वन गरी दुईवटै विद्यालयबाट ३६ जना पर्ने गरि
जम्मा दुई वटा विद्यालयवाट १४ जना अभिभावक पनि छनौट गरिएको थियो । छनौट भएका
विद्यालयकालागी विद्यालय सर्वेक्षण फारम, र विद्यालय अवलोकन फारम, प्रधानाध्यापकका लागी,
शिक्षकका लागि, अभिभावकका लागी, विद्यार्थीहरुका लागी प्रश्नावली तयार गरि प्राथमीक तथ्यांक
संकलन गरिएको थियो । जिल्ला शिक्षा कार्यालय बैतडी, शिक्षा मन्त्रालय, अर्थमन्त्रालय साथौ
विभिन्न संघ संस्थावाट प्रकाशित पुस्तक, प्रतिवेदन, लेख, रचना साथै तथ्याङ्कहरुलाई तथ्याङ्कको
द्धितिय स्रोतको रुपमा लिइएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुको आय व्ययको विवरणको
विश्लेषण गर्दा सामुदायिक माध्यामिक विद्यालयको प्रमुख आम्दानीको स्रोतको रुपमा सरकारी
अनुदान देखिन्छ । जुन सामुदायिक माध्यामिक विद्यालयको जम्मा कुल आम्दानी रु.२७,३६,५०२
रहेको छ । सामुदायिक विद्यालयको अन्य स्रोतका रुपमा क्रमशः विद्यालयको सुल्कबाट रु.४३,६५०
तथा सामुदयिक स्रोतबाट रु.४०० आम्दानी भएको देखिन्छ । त्यस्तै गरी संस्थागत माध्यामिक
विद्यालयको प्रमुख आम्दानीको स्रोतको रुपमा अभिभावक विद्यार्थी रहेको छ जुन विद्यालयको जम्मा
बार्षीक कुल आम्दानी रु.१६,२०,१०० रहेको छ । यसबाट सामुदायिक विद्यालयहरुको सञ्चालन
सरकारी अनुदानबाट र संस्थागत विद्यालयहरु अभिभावक तथा विद्यार्थीहरुले पढाइको लागी तिरेको
शुल्कको भरमा संञ्चालन भईरहेको देखिन्छ ।
अध्ययन क्षेत्रका माध्यामिक विद्यालयहरुले गरेको शैक्षिक वर्ष २०७२ सालको मात्र खर्चको विश्लेषण
गर्दा समुदायिक माध्यामिक विद्यालयतर्फ कुल खच रु.२६,५५,००० भएको देखिएको छ त्यसैगरि
संस्थागत माध्यमिक विद्यालयका कुल खर्च रु.१६,२०,१०० भएको देखिएको छ ।
अध्ययनमा माध्यामिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई उनिहरुका अभिभावकले गरेको प्रति
विद्यार्थी औसत वार्षिक खर्च सामुदायिक विद्यालय तर्फ रु.७१,१०० र संस्थागत माध्यामिक
विद्यालयका अभिभावकल रु.२,७३,९३६ गरेको देखिन्छ । त्यसै गरि माध्यामिक विद्यालयको प्रति
विद्यार्थी वाषिक लागत सामुदायिक माध्यामिक विद्यालयमा रु.२७३४ र संस्थागत माध्यामिक
विद्यालयमा रु.२२,८२८ रहेको छ । एस.एल.सी. तहको शैक्षिक उपलब्धीको विश्लेषण गर्दा २०७२
सालको एस.एल.सी.परीक्षामा ग्रेडीङ सिष्टम भएका कारण कुनै पनि विद्यार्थी अनुत्तिर्ण नरहे पनि म्
र भ् ग्रेडमा उत्तिर्ण भएका विद्यार्थीहरुले भन न्यून ग्रेडका कारण दुई विषयमा ग्रेड वृद्धि परीक्षा
दिनुपर्ने देखियो । यसरी एस.एल.सी. तहको नतिजा हेर्दा सामुदायिक विद्यालय तर्फ क्रमसः द्य देखि
भ् ग्रेडमा उत्तिर्ण भएको पाईयो भने संस्थागत विद्यालयमा ब् र द्यं मात्र उत्तिर्ण भएका पाईयो ।
यसरी हेर्दा सामुदायिक विद्यालयका ५ जना विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने देखियो भने
संस्थगागत विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने देखिएन ।
अध्ययनको सग्रमा विश्लेषण गर्दा प्रति विद्यार्थी गरिएको खर्चको कारणले पनी शैक्षिक उपलब्धिमा
फरक पर्ने कुरा अध्ययनमा देखिएको छ । प्रति विद्यालय विद्यार्थीमा गरिएको खर्च, अभिभावकले
विद्यार्थीको लागी गरेको खर्च आदिले विद्यार्थीको शैक्षिक उपलब्धि हाँसिल गर्ने कुरामा ज्यादै ठुलो
प्रभाव पार्ने कुरा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुमा गरिएको खर्च र ति
विद्यालयहरुको एस.एल.सी. परिक्षाको नतिजाले पनी स्पष्ट देखाएको छ ।
