गुणस्तरीय शिक्षामा स्रोतकेन्द्रको भूमिका {Role of Resource Centers in Quality Education}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

गुणस्तरीय शिक्षामा स्रोतकेन्द्रको भूमिका शीर्षकको शोध अनुसन्धान गुणस्तरीय शिक्षाको विकासमा स्रोतकेन्द्रले खेल्ने भूमिका र यसका गतिविधिहरुको पहिचान गर्ने उद्देश्य राखेर गरिएको छ । यस अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । अध्ययनका क्रममा सिन्धुली जिल्लाका १६ ओटा स्रोतकेन्द्रहरु मध्ये ४ ओटा स्रोतकेन्द्रहरुलाइ सम्भावना रहित नमूना छनोट विधिका आधारमा छनोट गरिएको थियो । जसमा भौगोलिक विकटता र सुगमता सबै क्षेत्रहरुका प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो । तथ्याङक दुवैको प्रयोग भएको प्राथमिक तथ्याङकमा शोधकर्ता आफैं उपस्थित भएर अनुसूचीमा भएको प्रश्नावली, स्रोतव्यक्ति,प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरुबाट तथ्याङक प्राप्त गरिएको थियो । द्वितीय स्रोत अन्तर्गतका सूचना सम्बन्धित संस्थाको अभिलेख, पत्रपत्रिका,निर्देशिका, ऐन, कानन, नियमावली, स्रोतकन्द्र र गुणस्तरीय शिक्षासँग सम्बन्धित लेख रचनाहरु रहेका थिए । अध्ययनको क्रममा स्रोतकेन्दको भौतिक अवस्था, स्रोतकेन्द्र र विद्यालय अनुपात, स्रोतकन्द्रले सञ्चालन गरेका क्रियाकलापको अवलोकन र समीक्षा गरिएको थिया । यसरी अध्ययनको क्रममा उपलब्ध तथ्याङकको विश्लेषण विवरणात्मक ढङगबाट गरियो । आवश्यकतानुसार तालिकाको समेत प्रयोग गरिएको छ । स्रोतकेन्दले शिक्षकको पेसागत विकास गर्न पेसागत विकास तालिम, विद्यार्थीका सिकाइ उपलब्धि परीक्षण गर्न परीक्षा सञ्चालन, प्रत्येक महिना प्रधानाध्यापक बैठक, विद्यालय अनुगमन र निरीक्षण, तथ्याङकहरुको सङकलन र अभिलेख व्यवस्थापन, निरन्तर विद्यार्थी मूल्याङकन कार्यक्रमको अनुगमन आदि महत्वपूर्ण कार्यहरु शिक्षा कार्यालयकानिर्देशनअनुरुप सञ्चालन गर्ने गरेको देखियो । कार्यक्रमको प्रभावकारिताको सम्बन्धमाविद्यालयहरुको सङख्या पत्येक वर्ष थपिदै जाँदा विकटता र दूरीको कारण स्रोतकेन्द ्रभन्दा टाढाका विद्यालयहरुमा स्रोत व्यक्तिहरु निरीक्षण गर्न तुलनात्मक रुपमा कम पुग्ने गरेको पाइयो । एक वर्षभित्र ७४ प्रतिशत विद्यालयहरुमा अनुगमन भएको पाइयो । अनुगमन गर्दा प्रधानाध्यापकसँग बढी सरोकार र छलफल केन्द्रित गर्न गरेको पाइयो । नुमना कक्षा लिएको अवस्था न्यून रही १९ प्रतिशत मात्र पाइयो । स्रोतकेन्द्र र विद्यालय अुनपात १ः३५ रहेका पाइयो । वार्षिक कार्य योजना सबै नमुना छनोटमा परेका सबै स्रोतकन्द्रहरुले बनाइएको पाइए तापनि न्यून आर्थिक स्रोतको कारण स्रोतकेन्द्रले अपेक्षित विकास गर्न नसकेको पाइयो । तथ्याङक सङकलन र अभिलेख व्यवस्थापन सबै स्रोतकेन्द्रमा राम्रो रहेको पाइयो ।शिक्षकको पेसागत विकास तालिम नियमित सञ्चालन भएको, तालिममा सहभागीलाइ दिइने सुविधा न्यून भएको, साथै तालिमलाई अवसरभन्दा अनिवार्यताको रुपमा लिएको पाइयो । स्रोतकेन्द्रमा पर्याप्त स्रोत नभएको, सहयोगी कर्मचारीको अभावले स्रोतकेन्द्र नियमित नखुल्ने जस्ता समस्याहरु देखियो । समग्र स्रोतकेन्दका गतिविधिहरुलाई अध्ययन गर्दा स्रोतकेन्द्रका कार्यहरु शैक्षिक स्तर सुधारसँग सम्बन्धित भएकाले यसको आवश्यकता, महत्व बढेर गएको पाइयो । स्रोतकेन्द्रले सञ्चालन गन कार्यक्रमहरुलाई प्रभावकारी बनाउन स्रोतव्यक्तिले गरेका कार्यहरुको अनुगमन, स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा देखिएका समस्याहरु निराकरण गर्न माथिल्लो निकाय सक्रिय हुनुपर्ने, तालिमलाई प्रभावकारी बनाउन प्रशिक्षकहरु विषयवस्तुमा दक्ष र अनुभवी, सेवा सविधामा वृद्धि, स्रोतकन्दलाई नियमित सञ्चालन गर्न सहयोगीकर्मचारीको व्यवस्था, सोतव्यक्तिहरुको योग्यता न्यूनतम स्नातकोत्तर तह राख्नुपर्ने,स्रोतकेन्दको सङख्या वृद्धि गर्नुपर्ने, स्रोतकेन्द्रलाई भौतिक र आर्थिक रुपमा सबल बनाउन पर्ने जस्ता सुझावहरु प्रस्तुत गरिएको छ । उल्लेखित कार्यहरुमा सुधार गर्न सकेको खण्डमा स्रोतकेन्द्रका कार्यहरु सशक्त भई स्तरीय शिक्षा विकास अझ टेवा पुग्ने देखिन्छ ।

Description

Citation