माझी भाषा र नेपाली भाषाका पदसङ्गतिको तुलनात्मक अध्ययन {Comparative Study of Majhi Language and Nepali Language}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
१. शोधशीर्षक ः माझी भाषा र नेपाली भाषाका पदसङ्गतिको तुलनात्मक अध्ययन
२. शोधार्थी ः कृष्णप्रसाद निरौला
३. शोध निर्देशक ः उपप्राध्यापक अर्जुनप्रसाद पौडेल
४. विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग÷सिन्धुली बहुमुखी क्याम्पस
५. शैक्षिक वर्ष ः २०६६÷२०६७
६. अध्याय÷पृष्ठ संख्या ः पाँच÷१५+७२+७
७. समस्याकथन ः
यो शोध पत्रको समस्याकथन निम्नानुसार रहेको छ ः
१. उद्देश्य र विधेयको पदसङ्गति कसरी गर्न सकिन्छ ?
(क) लिङ्गका आधारमा पदसङ्गतिको अवस्था के छ ?
(ख) वचनका आधारमा पदसङ्गतिको अवस्था के छ ?
(ग) पुरुषका आधारमा पदसङ्गतिको अवस्था के छ ?
(घ) काल, पक्ष र भावका आधारमा पदसङ्गतिको अवस्था के छ ?
(ङ) आदरका आधारमा पदसङ्गतिको अवस्था के छ ?
२. नाम र सर्वनामका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ?
३. विशेषण र विशेष्यका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ?
४. भेदक र भेद्यका बीच पदसङ्गति कसरी गर्न सकिन्छ ?
८. अनुसन्धानको उद्देश्यः
यस अनुसन्धानको निम्न अनुसार रहेको छ ः
(क) पदसङ्गतिको परिचय दिनु,
(ख) माझी भाषामा प्रयोग हुने उद्देश्य विधेय (लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, र आदर) का आधारमा देखिने पदसङ्गति, सर्वनामको सङ्गति, विशेषण—विशेष्य सङ्गति र भेदक भेद्यको पदसङ्गतिलाई नेपाली भाषाको पदसङ्गतिसँग तुलना गरी अध्ययन गर्नु,
(ग) माझी भाषाको पदसङ्गतिको वैशिष्ट्यहरु केलाउनु,
(घ) माझी भाषा र नेपाली भाषामा रहने पदसङ्गतिका बीच समानता र असमानता पहिचान गर्नु,
(ङ) निष्कर्ष र सुझाव दिनु ।
९. अध्ययन विधिः
माझी र नेपाली भाषासम्बन्धी पदसङ्गगितका बारेमा तुलनात्मक अध्ययनका निमित्त लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष र भावसम्बन्धी नेपाली भाषाका पद एवम् वाक्यहरु निर्माण गरिएको छ । यसरी निर्मित ती पद, पदावली, वाक्यहरुलाई माझी भाषा बोल्ने वक्ताहरुको सहयोगमा माझी भाषामा रुपान्तरण गरिएको छ । प्राथमिक स्रोतका आधारमा प्राप्त सामग्रीहरु विभिन्न भाषाविद्हरुद्वारा लेखिएका व्याकरण ग्रन्थ एवम् अन्य भाषा पुस्तकहरुका आधारमा तुलनात्मक विश्लेषण गरिएको छ । अनुसन्धेय सामग्री सिन्धुली जिल्ला कमलामाई नगरपालिका र रानीवास गा.वि.स. सँग सम्बन्धित छ ।
१०. मुख्य प्राप्ति ः
यस अध्ययनका निम्नलिखित उपलब्धि छन्ः
(क) माझी भाषा सर्वनामको एकवचन रुपलाई बहुवचनमा लाँदा इ, आइ वा ल प्रत्यय जोडिन्छ ।
एकवचन बहुवचन
मुइँ (म) हाइँ (हामी)
तुइ (तँ, तिमी), तोरा (तपाई) तोराइ (तिमीहरु, तपाईहरु)
ह्य (यो) होइ (ऊ, उनी, त्यो) हेल (यिनीहरु), होल (उनीहरु, तिनीहरु)
(ख) विशेषणको लिङ्गगत र वचनगत भेद नेपाली भाषामा झैं माझी भाषामा पनि पाइन्छ ।
पुलिङ्ग स्त्रीलिङ्ग
काड्ड (कालो) काड्डि (काली)
स्यान्ख (सानो) स्यान्खि (सानी)
मज्जार÷माहाँल (राम्रो) मज्जारि÷माहाँलि (राम्री)
ठोना (छुच्चो) ठोनि (छुच्ची)
एकवचन बहुवचन
बङ्ख÷बङ्खि (ठूलो÷ठूली) बउँडाइ (ठूला)
माहाँल÷माहाँलि (राम्रो÷राम्री) माहाँलाइ ( राम्रा)
काड्ड÷काड्डि (कालो÷काली) काड्डाइ (काला)
(ग) माझी भाषामा विशेष्यको बहुवचनमा फेर्न ‘हरु’ को समानार्थी ‘ल’ जोडिन्छ ।
एकवचन बहुवचन
बर्दइ (गोरु) बर्दइल (गोरुहरु)
माछ (माछो) माछाल (माछाहरु)
मानुस् (मानिस÷मान्छे) मान्छेल (मानिसहरु÷मान्छेहरु)
सोरि (सँुगुर) सोरिल (सँुगुरहरु)
(घ) भेदक विशेषणमा जोडिने षष्ठि विभक्तिका चिह्न (को, का, की, रो, रा, री, नो, ना, नी) को प्रयोग माझी भाषामा (कर÷क्र, क्रि, क्रा, र, रि,राइ, ने, ने, नाइ) का रुपमा गरिन्छ ।
(ङ) एउटै रुपमा लेखिने शब्द, वाक्यको उच्चारणका आधारमा फरक पाइन्छ ।
तोरा—तपाई, तिमी (छोटो समयमा उच्चारण)
तोराः तपाई (लामो समयमा उच्चारण)
तोराः को प्रयोग अति आदर जनाउने ज्वाइँ, सम्धी र मीतका लागि प्रयोग गरिन्छ ।
उहाँ भात खानुहुन्छ । उ भात खाइछइ । (नरम ढङ्गले उच्चारण गर्दा)
ऊ भात खान्छ । उ भात खाइछइ । (कडा ढङ्गले उच्चारण गर्दा )
(च) माझी भाषामा तपसिल विभक्ति, नामयोगीहरुलाई निम्न रुपमा प्रयोग गरिन्छ ।
ले —न् बाट—बाटे सँग—सिन् माथि—उप्र
जस्तै ः हरिले किताब पढ्यो । — हरिन् किताब पढ्ले ।
(छ) माझी भाषामा सामान्य वर्तमान कालमा धातुमा छुँ÷छे÷छस्÷छ÷छइ÷छत्, सामान्य भूतकालमा धातुमा नाइँ÷ले ÷लि÷लसइ÷लिसइ र सामान्य भविष्यत कालमा धातुमा नार+आछुम÷आछे ÷आछस् ÷आछ÷आछत आदि कालिक प्रत्यय गाँसिन्छ ।
(ज) माझी भाषामा अपूर्ण पक्ष जनाउन धातुमा तिन् प्रत्यय गाँसी सहायक क्रिया लेखिन्छ ।
नेपाली माझी
म किताब पढ्दै छु । मुइँ किताब पढ्तिन् आछुम् । (गछुँ)
उनीहरुले काम गर्दै थिए । होल काम गर्तिन गर्तिनि ।
मैले भात खाँदै हुनेछु । मुइँ भात खाइतिन् हकनारआछुम् ।
(झ) माझी भाषामा पूर्ण पक्ष जनाउन धातुमा ल÷आइ प्रत्यय थपी सहायक क्रिया लेखिन्छ ।
मुख्य क्रिया सहायक क्रिया
पूर्ण वर्तमान धातु+ल÷आइ आछुम्÷आछे ÷आछस् ÷आछ÷आछत्÷
पूर्ण भूत धातु+ल÷आइ गर्तेनाइँ÷रइनाइँ÷रइले ÷गर्तेले÷रइल÷गर्तेल
पूर्ण भविष्यत् धातु+ल÷आइ हक्नारआछुम्÷हक्नारआछे÷हक्नारआछस्÷
हक्नारआछ÷हक्नारआछत्
जस्तैः मैले आँप खाएको छु । मुइँ आँम खाइल आछुम् ।
(ञ) माझी भाषामा अज्ञात भूत जनाउने क्रिया धातुमा सइ÷छइ÷छुम्÷आछे आदि प्रत्यय गाँसी बनाइन्छ ।
मैले कथा लेखेछु । मुइँ कथा लेख्लआछुम् ।
बालक रोएछ । बालक कानल्सइ ।
(ट) अभ्यस्त पक्षा जनाउने क्रिया धातुमा नाइँ÷ले÷ल आदि प्रत्यय लगाइन्छ ः
बस्थें—बस्तेनाइँ
जान्थ्यौं —जाइतेले ।
(ठ) माझी भाषामा द्वितीय पुरुष दुवैमा वचनमा भाव जनाउने क्रिया रुपमा लान सकिन्न ।
नेपाली माझी
तँ ठूलो भएस् । ×
तिमी ठूलो भए । ×
(ड) माझी भाषामा अनिश्चयबोधक क्रियालाई निषेधात्मक क्रियामा बदल्न ‘बइ’ थपिन्छ
खाइँछु (खान्छु) —बइखाइँछु (खाँदिन)
खाइनाइ (खाएँ) —बइखाइनाइँ (खाँदिन)
(ढ) हलन्त उच्चारणानुसार अक्षर आधा नलेखी पूरै अक्षर लेखेर त्यसलाई हलन्त दिने गरिन्छ ।
