दलित महिलाहरुको सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था (महाशिला गाउँपालिका –४, पाखापानीको एक अध्ययन){Social, Economic and Cultural Status of Dalit Women (A Study of Mahashila Village Municipality-4, Pakhapani)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र सङ्काय
Abstract
प्रस्तुत शोध अध्ययन स्नातकोत्तर तह समाजशास्त्र विषयको आठौ पत्रको आँशिक आवश्यकता पूरा गर्ने शिलशिलाामा तयार पारिएको हो । वर्तमान अवस्थामा पर्वत जिल्ला महाशिला गाउँपालीका वडा नं ४ पाखापानी का दलित जातिका महिलाहरुको सामाजिक, आर्थिक एवम् साँस्कृतिक अवस्थामा आएको परिवर्तन तुलनात्मक रुपमा विगत र अहिलेको अवस्थामा आएको परिर्वतनलाई खोज अनुसन्धान गरी उनीहरुको सामाजिक सहभागीता संख्या कसरी वृद्धि गर्न सकिन्छ । एवम् उनीहरुको परम्परागत जातिय पेशा कसरी परिर्वतन भएको छ । समाजका सामाजिक, साँस्कृति र आर्थिक विषयमा कसरी सहभागीता वृद्धि गर्न सकिन्छ । यिनमा के कस्ता परिर्वतन आएका छन् । उनीहरुको शैक्षिक चेतना, आर्थिक साँस्कृतिक विषयमा परिर्वतन भएको छ की छैन ? वर्तमान अवस्थामा शिक्षा र सामाजिक क्षेत्रमा दलित महिलाको अवस्था के कस्तो रहेको छ । दलित र गैर दलित महिला विच के कस्तो सम्वन्ध रहेको छ भन्ने विषयमा दलितको १३९ घरधुरी छनौट गरी अध्ययन गरिएको छ । सम्वन्धित यस वडाको बस्तुस्थिती समेत समेटी अध्ययन गरीएको छ । यस शोध अध्ययनमा समग्र विधि प्रयोग गरी सम्बन्धित अध्ययन क्षेत्रका सरोकारवालाहरुसँग अन्र्तरवार्ता प्रश्नावलीको माध्यमबाट तथ्याङ् लिइएको छ । प्राप्त सुचना तथ्याङक एवम् जनाकारीका आधारमा समस्याहरुको व्याख्या विश्लेषण गरी तािलकीकरण गरिएको छ ।
यस अध्ययनका मुख्य उपलब्धीमा दलित जातिका महिलाहरुमा विगतका अवस्थामा भन्दा वर्तमान अवस्थामा परिवर्तन आएको भेटीन्छ घरपरिवार सानो आकारको र शिक्षा दिनुपर्ने चेतनामा वृद्धि आएको देखिन्छ । पारिवारिक प्रथा भेषभुषा खानपान एवं पेशा व्यावसायमा परिवर्तन भई स्वदेशी एवं वैदेशीक रोजगारी एवं नगद प्राप्त गर्ने व्यावसाय तर्फ सक्रिय रहेको देखिन्छ । धार्मीक एवं सास्कृतिक रहनसहन एवं चालचलनमा परिवर्तन भई आधुनिक तर्फ लम्केको देखिन्छ । दलित महिलाहरुमा आर्थिक रुपमा ज्यालामजदुरी घरायसी कार्यमा वढी समय व्यथित गर्ने शैक्षिक अवस्था न्यून धेरै बेरोजगार धार्मीक परम्परावादी सोच, सामाजिक क्षेत्रमा कम सहभागीता पनि रहेको पाईन्छ । यीनै विषयमा केन्द्रत रहि यस अध्ययनबाट सूचना संकलन गरिएको छ ।
