History
Permanent URI for this collection
Browse
Browsing History by Advisor "खड्ग के. सी. Khadga K.C."
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item गणतन्त्र स्थापना पश्चात नेपाल चीन सम्बन्ध { Gantantra asthapana pashchat Nepal Chin sambandh}(2024) के. सी., कृष्णबहादुर K.C., Krishna Bahadur; खड्ग के. सी. Khadga K.C.गणतन्त्र स्थापना पश्चात नेपाल चीन सम्बन्ध नयाँ ढङले अघि बढदै छ । एकातिर बुद्ध दर्शनले अन्तरसांस्कृतिक रूपमा सयौं वर्षदेखि जोडेको छ भने अर्कातिर भौगोलिक रूपमा हिमालले दुवै देशलाई आपसमा जोडेको छ तर आपचारिक रूपमा अन्य राष्ट्रहरूसरह नेपाल चीनबीच पनि कूटनीतिक सम्बन्ध स्थापना असम्लग्नता र पञ्चशीलका आधारमा सन १९५५ बाट संस्थागत हुनपुग्यो । यद्यपि छिमेकी राष्ट्रका नाताले युगौंदेखि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको एकचीत नीतिमा अडिग नेपालले आफनो भूमि छिमेकी चीन विरुद्ध प्रयोग हुन नदिने घोषित नीति लिएको छ भने चीनले पनि नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्दै नेपालको विकास र सम्बृद्धिका लागि निरन्तर सहयाग गर्दै आएको छ । भूराजनीतिक रूपमा एकातिर चीनजस्तो विशाल समाजवादी देश र अर्कातिर विशाल प्रजातान्त्रिक देश भारका बिचमा नेपाल रहकाले अति संवेदनशील अवस्थितिमा रहेको छ । घोषित रूपले भारत चीन उदीयमान विश्वशक्ति बन्ने होडमा जनसङख्याका हिसाबले पनि प्रतिस्पर्धामा दुवै राष्ट्रमा १ अरबभन्दा बढी जनसङख्या रहेका महाशक्ति राष्ट्रबिच अवस्थित हुनु नेपालका लागि अवसर र चुनौती दुवै हो । यदि नेपालले भारत र चीनबीच सन्तुलन बनाउन सकेको खण्डमा दुई ढुङगाबिचको तरुल हैन आर्थिक, सामाजिक, सांस्कृतिक पुल बन्न सक्छ । वर्तमान अवस्थामा विशेषतः २१ आ शताब्दीको पाचौं दशकदेखि राजनीतिक उथलपुथल, भ्रष्टाचार र कमजोर राष्ट्रिय एकताका कारण आर्थिक अवस्था कमजोर रहेको फाइदा उठाउँदै वैदेशिक शक्तिको चलखेल बढनजानाले नेपालको शान्ति सुरक्षा, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र जातीय सदभावमा नकारात्मक असर पर्न गएको र आतङकवादको हौवा फिजाउँदै तिब्बतको सुरक्षा मामिलामा दखल पार्नसक्ने कुराबाट चीन अत्यन्त चिन्तित देखिन्छ । दक्षिणतिरबाट भौगोलिक अतिक्रमणका साथै सांस्कृतिक, आर्थिक र आन्तरिक विषयमा प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप भइरहेको छ । तिब्बतको सुरक्षा विषयलाई लिएर चीनले पटकपटक नेपाल सरकारसँग चासो व्यक्त गर्दै आएको पाइन्छ । २०३१ सालमा नेपाली भूमि प्रयोग गरेर अमेरिकी तालिम प्राप्त तिब्बतका भगौडा खम्पाहरूले चीन विरुद्ध सशस्त्र विद्रोह सञ्चालन गरेकामा थिए र विद्रोहको नाइके वाङदीसहित विद्रोहीहरूलाई असल छिमेकीका नाताले नेपाली सेनाले नियन्त्रणमा लिएर विद्रोह समाप्त पारेको थियो । एकातिर नेपाल भारत खुल्ला सीमाना हुनु भारतीय पक्षबाट नेपालको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकतामाथि खतरा बनेको छ भने त्यसको चरम दुरुपयोग गर्दै दलाई लामाका समर्थक तिब्बती विद्रोहीहरू भारतबाट नेपाल प्रवेश गर्ने र तिब्बत स्वतन्त्रताका पक्षमा अवैधानिक गतिविधि गर्न सक्रिय त्यस्ता शरणार्थीहरूको सङख्या बढदो छ त्यसैले नेपालको बाटो भएर भारत पस्ने तिब्बतीहरूलाई नेपाली भूमि प्रयोग गर्न नदिन चीनले सुझाब राख्दै आएको छ । तिब्बती शरणार्थीहरूका विषयलाई लिएर भारत, अमेरिका र युरोपेली केही देशहरूमा अनावश्यक बढी चासो देखिन्छ । चीनको सीमा पार गद नेपाल पसेको तिब्बती शरणार्थीको पहिलो जानकारी नेपालस्थित अमेरिकी र युरोपेली दूतावासलाई दिनुपर्ने वाध्यता छ । नेपालस्थित अमेरिकी दूतावासमा तिब्बती शरणार्थी हेर्ने छुटटै अधिकारी रहेको हुन्छ । नेपालमा जति विदेशी चलखेल र अस्थिरता हुन्छ त्यत्ति नै तिब्बत विरोधी गतिविधि बढन सक्छ भन्ने बुझाइ चीनको रहेको छ । यस अर्थमा नेपाल चीन सम्बन्धमा सुरक्षा चासो प्रमुख पक्षको रुपमा रहेको देखिन्छ । उदार बजार अर्थतन्त्र अपनाएपछि चीन विश्वको प्रथम शक्तिशाली राष्ट्रका रूपमा विकास भइरहेको वर्तमान अवस्थामा उसले आफ्नो लगानी र सहयोगमार्फत अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न खोजेको देखिन्छ । नेपालको आर्थिक विकास र सुरक्षा विषयमा विशेष चासो राख्दै चीन नेपालको बाटो भएर दक्षिण एशियामा आफनो उपस्थिति जनाउन चाहन्छ भने भारत नेपालमा चीनको बढदो सक्रियता र दक्षिण एशियामा उसको बढदो प्रभावलाई रोक्न चाहन्छ । गणतन्त्र स्थापना पश्चात चीनको नेपाल नीतिमा सक्रियता आएको देखिन्छ । तत्कालिन राष्ट्रपति देङ सियाओ पिङको भ्रमणको २३ वर्ष पछि सन २०१९ अक्टुबर १२–१३ का दिन चीनका राष्ट्रपति सि जिनफिङले नेपालको भ्रमण गरे । उक्त भ्रमणका अवसरमा राष्ट्रपति सीले नेपाल र चीन बीच समस्या नरहेको, मित्रता मात्रै रहेको र नेपाल अबदेखि भूपरिवेष्ठितबाट भूजडित राष्ट्र हुनेछ र त्यसमा चीनले पूर्ण सहयोग रहनेछ भन्ने उदघोष गरे । उक्त भ्रमणका अवसरमा जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल चीनबीचको सम्बन्ध अब उप्रान्त रणनैतिक साझेदारीका रूपमा रूपमा अगाडि बढने छ भन्ने उल्लेख गरिएको छ । जसका कारण नेपाल चीनबीचको सम्बन्धमा जुन निरन्तरता थियो त्यसमा मभङग हुँदै दुवै देशका राष्ट्रिय प्राथमिकताका आधारमा रणनीतिक साझेदारीसहित अगाडि बढिरहेको देखिन्छ । भारतले नेपालविरुद्ध सन २०१५ मा छ महिना अघोषित आर्थिक नाकावन्दी गर्दा देशको समग्र आर्थिक क्षेत्रमा गम्भीर असर परेपछि आफ्नो आन्तरिक मामलामा बाह्य हस्तक्षेप भएको महसुस गर्दै त्यसको विकल्पमा २०१६ मा चीनसँग व्यापार तथा पारवाहन सन्धि सम्पन्न ग¥यो । जसले भारतमाथिको परनिर्भरताको अन्त्य गर्दै नेपाललाई तेस्रो मुलुकसम्म पुग्ने बाटो खोलिदिएको छ । यस सन्धिसँगै आपसी प्रतिस्पर्धामा रहेका चीन र भारत तथा आफ्नै स्वार्थका कारण नेपालमाथि विशेष चासो राख्दै आएको अमेरिकाबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन थालेकोे छ । षेशगरी हिन्दप्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई रोक्न अमेरिका भारत, जापान, अष्ट्रेलिया, सहितका राष्ट्रहरू (क्वाड नेशन) इण्डोप्यासिफिक रणनीति (आइपिएस) मार्फत सक्रिय छन । यसै रणनीतिमा चीनसँग सीमा जोडिएको नेपाललाई समेत सामेल गराउन अमेरिकाले जोडबल गरिरहेको छ जसको पछिल्लो कडीको रूपमा अमेरिकाद्वारा प्रस्तावित मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसिसि) लाई लिन सकिन्छ । नेपाल र चीनबीचको सम्बन्ध सुरक्षा रणनैतिक रूपमा पनि महत्वपूर्ण रहको छ । रणनीतिक साझेदारीका साथ अगाडि बढने निर्णय भएपछि नेपालमा चीनविरोधी शक्तिकन्द्रहरूको चलखेल बढने खतराप्रति नेपाल थप चनाखो हुनुपर्ने देखिन्छ । सन २०१३ मा चीनद्वारा अगाडि सारिएका बेल्ट एण्ड रोड इनिसटिभ (बीआरआइ) परियोजनालाई नेपालले सहर्ष स्वीकार गर्दै सन २०१७ मा हस्ताक्षर सम्पन्न भएपछि चीनका लगि नेपालको रणनीतिक महत्व अझ बढेर गएको देखिन्छ, । नेपालले चीनको विकासबाट लिनसक्ने फाइदा देखेर खास गरेर भारत, अमेरिकाले नेपाललाई चिनियाँ प्रभावबाट मुक्त राख्न भरमग्दुर प्रयास गर्दै आएका छन । उनीहरूले नेपालप्रति थप सक्रिय नीति अवलम्बन गरेको देखिन्छ । यी सबै श्वशक्तिका होडबाजीका बीचबाट नेपाल चीनसम्बन्धलाई दुवै देशको राष्ट्रिय हित र विश्व शान्तिका लागि अगाडि बढाउन जरुरी छ । यस शोधकार्य सम्पन्न गर्न प्राथमिक तथा द्वित्तिय तथ्याङक सङकलन विधिको प्रयोग गरिएको छ जसमा विषयसम्बद्ध विभिन्न विद्वान, लेखक, कूटनीतिज्ञ र विषयविज्ञहरूद्वारा लेखिएका पुस्तकहरू, पत्रपत्रिका, जर्नल तथा वेबसाइड आदिमा प्रकाशित लेख रचनाहरू आदि रहेका छन । यस लेखमा दुई देशबिचका सम्बन्धको महत्त्वबारे चर्चा गर्दा विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । प्रमुख शब्दावली — गणतन्त्र, कूटनीतिक सम्बन्ध, चिनियाँ सपना, बेल्ट एण्ड रोड इनिसिएटिभ, क्वाड नेशन, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) ।