Economics Education
Permanent URI for this collection
Browse
Browsing Economics Education by Author "खत्री, चिरञ्जिवी Khatri, Chiranjivi"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item ग्रामिण गरिबीको आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण (याम्खा गा.वि.स., खोटाङ) (Gramin garibiko arthik tatha saikshik awasthako bislesan ( yamkha ga. bi. sa. Khotang)(अर्थशास्त्र शिक्षा विभाग, 2016) खत्री, चिरञ्जिवी Khatri, Chiranjiviग्रामिण गरिबीको आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण गरिएको यस शोधपत्रमा नमूना छनोटमा परेका खोटाङ जिल्ला याम्खा गा.वि.स. वडा नं १ र ५ का ग्रामिण गरिबीको आकार पत्ता लगाउनु, ग्रामिण गरिबीको आर्थिक अवस्थाको विश्लेषण गर्नु, ग्रामिण गरिबीको शैक्षिक अवस्था पत्ता लगाउने उद्देश्य राखि यो शोधपत्र सम्पन्न गरिएको छ । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र द्धितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकता अनुसार तालिका, स्तम्भचित्र तथा वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । अध्ययन क्षेत्र खोटाङ जिल्ला याम्खा गा.वि.स. लाई उद्देश्यमूलक नमूना छनोट विधिको आधारमा छनोट गरिएको थियो । यस अध्ययनमा खोटाङ जिल्ला याम्खा गा.वि.स. वडा नं १ र ५ मा रहेका कुल १५४ घरपरिवारलाई गा.वि.स को २०७१ सालमा प्रकाशित गरेको याम्खा पाश्र्वचित्र अनुुसार १५४ घरपरिवारलाई नै संगणना विधिका आधारमा छनोट गरिएको थियो । प्रश्नावली तयार गरि नमूना घरपरिवारका घरमुलीसँग प्रत्यक्ष व्यक्तिगत अन्र्तवार्ता लिइएको थियो भने द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास कार्यालय, केन्द्रिय तथ्याङ्क विभाग, नेपाल राष्ट्र बैंक, गा.वि.स को कार्यालय, लेख रचना, पत्रपत्रिका र अन्य अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । ग्रामिण गरिबीको अवस्था विश्लेषण गर्न मानकको रुपमा नेपाल जीवनस्तर मापन सर्वेक्षण तेस्रो द्धारा पूर्वाञ्चल ग्रामिण पहाडीको रु.१६,५५१ लाई गरिबीको रेखा मानिएको थियो । सो मानकभन्दा अध्ययन क्षेत्रको प्रतिव्यक्ति आय रु.२,०११ कम रहेको पाइयो । अध्ययनको क्रममा नमूना घरपरिवारको स्रोतगत आम्दानीको अध्ययन गर्दा सबैभन्दा बढी कृषि तथा पशुपालनबाट ५६.०५ प्रतिशत आम्दानी भएको पाइयो भने कम ज्याला मजदुरबाट २.०३ प्रतिशत प्राप्त हुने गरेको पाइयो । त्यसै गरी वार्षिक पारिवारिक औषत आय रु.९१,६७७।५४ र वार्षिक प्रतिव्यक्ति औषत आय रु.१४,५४० रहेको पाइयो । घरपरिवारको उपभोग खर्चको अध्ययन गर्दा सबैभन्दा बढी खानामा ४६.७५ प्रतिशत खर्च हुने गरेको देखिन्छ भने सबैभन्दा कम स्वास्थ्यमा ३ प्रतिशत हुने गरेको पाइयो । त्यसै गरी वार्षिक पारिवारिक आसत खर्च रु.९३,४९१.१२ हुने गरेको पाइयो भने वाषिक प्रतिव्यक्ति औषत खर्च रु.१४,८२७.६३ हुने गरेको पाइयो । तहगत आम्दानीलाई हेर्दा वार्षिक रु.५०,००० भन्दा कम आय प्राप्त गर्ने पनि पाइयो । भने १,५०,००० देखि २,००,००० सम्म आय प्राप्त गर्ने परिवार पनि पाइयो । घरपरिवारको वार्षिक औषत आयभन्दा खर्च बढी देखिएकाले वार्षिक घाटा रु.२,९८,१८१ रहको देखिन्छ । खास गरि ९७१ जना जनसंख्यामध्ये ५४६ जना साक्षर, १८२ जना निरक्षर र २४३ जना ५ वर्ष मुनिका बालवालिका पाइयो । कुल साक्षर जनसंख्यामध्ये एस.एल.सी. भन्दा कम शिक्षा हासिल गरेको ७५.२८ प्रतिशत पाइयो भने स्नातक र सो भन्दा बढी १.०९ प्रतिशत रहेको पाइयो । त्यस्तै गरी घरधुरीको परिवारको आकार सबैभन्दा बढी परिवारजन ७ जना भएका घरपरिवार ५३ रहेको पाइयो भने कम ४ जना परिवारजन भएका १५ घरधुरी पाइयो । समग्रमा अध्ययन क्षेत्रका घरपरिवारको गरिबीका कारणहरु न्यून आम्दानी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको अभाव, आम्दानीको ठूलो भाग उपभोगमा खर्च हुनु र निरक्षरता बढी हुनुु आदि रहेको पाइयो ।