Repository logo
  • English
  • Català
  • Čeština
  • Deutsch
  • Español
  • Français
  • Gàidhlig
  • Italiano
  • Latviešu
  • Magyar
  • Nederlands
  • Polski
  • Português
  • Português do Brasil
  • Srpski (lat)
  • Suomi
  • Svenska
  • Türkçe
  • Tiếng Việt
  • Қазақ
  • বাংলা
  • हिंदी
  • Ελληνικά
  • Српски
  • Yкраї́нська
  • Log In
    New user? Click here to register.Have you forgotten your password?
Repository logo
  • Communities & Collections
  • All of DSpace
  • English
  • Català
  • Čeština
  • Deutsch
  • Español
  • Français
  • Gàidhlig
  • Italiano
  • Latviešu
  • Magyar
  • Nederlands
  • Polski
  • Português
  • Português do Brasil
  • Srpski (lat)
  • Suomi
  • Svenska
  • Türkçe
  • Tiếng Việt
  • Қазақ
  • বাংলা
  • हिंदी
  • Ελληνικά
  • Српски
  • Yкраї́нська
  • Log In
    New user? Click here to register.Have you forgotten your password?
  1. Home
  2. Browse by Author

Browsing by Author "Bahadur Khadka,Purna"

Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
  • Loading...
    Thumbnail Image
    Item
    छाउपडी प्रथाको वर्तमान अवस्था: अछाम जिल्ला मङ्गलसैन नगरपालिका – ३ लाच्छिमनामा गरिएको अध्ययन
    (Doti Multiple Campus, Doti, 2024) Bahadur Khadka,Purna; Shanta Hamal
    “छाउपडी प्रथाको वर्तमान अवस्था ः अछाम जिल्ला मङ्गलसैन नगरपालिका – ३ लाच्छिमनामा गरिएको अध्ययन” शीर्षकमा गरिएको अध्ययन हो । यस अध्ययनको उद्देश्य ‘छाउपडी’ प्रथाको वर्तमान अवस्था, महिला तथा किशोरीहरूका भोगाइ र अनुभूति एवं समाजको धारणा विश्लेषण गर्नु रहेको छ । यस अध्ययनका लागि सम्भावनायुक्त विधिअन्तर्गत असमानुपातिक स्तरीकृत नमुना छनोट विधिबाट महिनावारी हुने किशोरीदेखि प्रौढ एवं वृद्ध गरी ३० जना महिलाहरू छनोट गरिएको छ । आवश्यक तथ्याङ्कहरू अन्तर्वार्ता, सामूहिक छलफल र अवलोकन विधिद्धारा सङ्कलन गरिएको छ । अध्ययन क्षेत्रमा महिनावारी एक सामाजिक कुप्रथाका रुपमा, धर्म तथा संस्कृतिसँग जोडेर अपवित्र, अछुतो र रुढीवादी प्रथाका रूपमा रहेको छ । यस अध्ययनमा छनोट भएका सहभागीहरूले ‘छाउपडी’ प्रथालाई पालना गरेको पाइन्छ । अधिकांश महिला छाउपडी गोठमा बस्छन् भने केही महिला घरको अलग कोठामा बसे पनि छाउपडी बार्ने गरेका छन् । परम्परागत अभ्यास, सामाजिक संरचना र घरपरिवारका कारण महिला तथा किशोरीहरू छाउपडी प्रथा मान्न बाध्य छन् । युवा पुस्तामा छाउपडीप्रतिको सोचमा परिवर्तन भए पनि व्यवहार परिवर्तन हुन सकेको छैन । छाउपडी प्रथाका कारण गोठमा बस्दा शारीरिक रूपमा अस्वस्थ भइने, बाघ–भालुको डर हुने, सरसफाइ गर्न असहज हुने पोषिलो खानेकुरा खान नपाइने, एकसरो लुगामा बस्नुपर्ने, अँध्यारो झ्याल नभएको कोठामा बस्दा दुःख हुने अनुभूति सहभागीहरु को रहेको छ । रुढीवादी मान्यताका कारण धर्म र संस्कृतिलाई जोडर छाउपडी प्रथालाई बार्नुपर्ने समाजको पुरानो पुस्ताको धारणा छ । तर नयाँ पुस्ता भने महिनावारी हुनु भनेको एक नियमित प्रक्रिया भएकाले यसलाई परम्परागत मान्यताभन्दा माथि उठेर छाउपडी प्रथालाई परिवर्तन गर्नुपर्ने धारणा राख्दछ ।फलस्वरूप छाउपडी प्रथा अन्त्यका लागि नीति, नियम तथा कानुन बनाएर जबरजस्ती छाउपडी गोठ भत्काइए पनि महिनावारी हुँदा गरिने व्यवहार, क्रियाकलाप तथा सम्बन्धमा पुरानै परम्परा कायम रहेको छ । तर्सथ समाज तथा घरपरिवारका हरेक सदस्यहरूले छाउपडीप्रतिको दृष्टकोण परिवर्तन गरी व्यवहारमा लागु गर्न जरुरी रहेको छ ।

DSpace software copyright © 2002-2025 LYRASIS

  • Cookie settings
  • Privacy policy
  • End User Agreement
  • Send Feedback