Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10073
Title: प्रिय सुफी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Priya Sufi Upanyasko Shaileebaigyanik Adhyayan}
Authors: निरौला Niraula, सङ्गीता Sangita
Keywords: प्रिय सुफी उपन्यास Priya Sufi Upanyas;उपन्यास विश्लेषण Upanyas bishleshan
Issue Date: 2019
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: शोध शीर्षक :‘प्रिय सुफी’उपन्यासको शैलीवैज्ञानिक अध्ययन शोध निर्देशक :नवीनकुमार शर्मा शोधार्थी :सङ्गीता निरौला क्याम्पस विभाग :जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभाग शैक्षिक वर्ष : २०७२\०७४ पृष्ठ सङ्ख्या : ५६ + १३ अध्याय सङ्ख्या :पाँच समस्या कथन : चयन, विचलन, समानान्तरता,कथानक र चरित्रका आधारमा ‘प्रिय सुफी’ उपन्यासको शैलीवैज्ञानिकअध्ययन गर्नु समस्याको कथन रहेको छ । उद्देश्य :‘प्रिय सुफी’उपन्यासमा प्रस्तुत चयन, विचलन, समानान्तरता, कथानक र उपन्यासभित्र रहेका पात्रहरूको चरित्रको बारेमा शैलीवैज्ञानिक अध्ययन, विश्लेषण गर्नु रहेको छ । शोधविधि : पुस्तकालयीय अध्ययन विधि गुणात्मक विधिको प्रयोग गरिएको छ । निष्कर्ष :उपन्यासकार सुबिन भट्टराईद्वारा लेखिएको‘प्रिय सुफी’एक उत्कृष्ट उपन्यास हो ।यस उपन्यासमा प्रेममा आउन सक्ने बाधा तथा चुनौतीहरूको सामना आफैँले गर्नुपर्ने र अशक्त भएको बेला साथीहरूको सहयोग नपाए पनि जीवनमा हार खानु हुन्न भन्ने कुरालाई प्रस्तुत गरिएको छ । यस उपन्यासका पात्रहरुलाई शैलीवैज्ञानिक आधारमा व्याख्या विश्लेषण गरिएको छ । उपन्यासको कथानकको विकाक्रमलाई फ्रेटागको पिरामिड (चिनारी, सङ्घर्षविकास, चरम, सङ्घर्षह्रास र उपसंहार) का आधारमा विश्लेषण गरिएको छ । चरित्र चित्रणको शैलीवैज्ञानिक आधारहरू लिङ्ग, कार्य, प्रवृति, स्वभाव, जीवनचेतन, आबद्धता र आसन्नता रहेका छन् । उपन्यासमा प्रयुक्त भाषिक पक्षको विश्लेषण चयन, विचलन र समानान्तरताका आधारमा गरिएको छ । यसरी ‘प्रिय सुफी’ उपन्यासमा प्रेममा आउन सक्ने बाधा तथा चुनौतीहरूको सामना आफैँले गर्नुपर्ने र अशक्त भएका बेला साथीहरूको सहयोग नपाए पनि जीवनमा हार खानु हुन्न भन्ने कुरालाई प्रस्तुत गरिएको छ । जीवनमा केही गर्न नसके पनि मानिसले कोसिस गर्न कहिल्यै छाड्नु हुँदैन भन्ने सन्देश पनि दिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10073
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover .docx98.52 kBMicrosoft Word XMLView/Open
Chapter.pdf265.47 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.