Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10130
Title: हाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त भाषाको अध्ययन{Hāmrō ēkatā sāptāhika patrikākō samāchāramā prayukta bhāṣākō adhyyana}
Authors: जैसीJaisi, जायश्वरJayswar
Keywords: एकता साप्ताहिक पत्रिका;नेपाली भाषा;समाचार
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: हाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त नेपाली भाषाको अध्ययनमा समचारको स्वरूप, आकार, प्रकार र विषय क्षेत्रका साथै समाचारमा नेपाली भाषाको वाक्य ढाँचा र वाक्यकोटि पहिल्याउनु प्रकाशित भएका समाचारमा प्रयोग भएका भाषिक कोड मिश्रणको अवस्था पहिचान गर्नु र भाषशैलीको विश्लेषण गर्नु जस्ता कार्य यस अध्ययनका मुख्य उद्देश्यहरु हुन् । यस अध्ययनका क्रममा ३ महिनाका ९ ओटा पत्रिकामा प्रकाशित वर्ष १२ र वर्ष १३ का अङ्कहरू सङ्कलन गरी पुस्ताकालय अध्ययन विधिलाई विश्लेषणात्मक तथा वर्णनात्मक विधि अगाँलिएको छ । हाम्रो एकता पत्रिकाको ३ महिनासम्मका अङ्कहरूमा प्रकाशित भएका समाचारहरूमा प्रयुक्त नेपाली भाषालाई मात्र अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा स्वरूप, व्याकरणिक पक्ष, कोड मिश्रण शैलीलाई आधार बनाई प्राप्त सामग्रीबाट व्याख्या विश्लेषण र तथ्याङ्कको तालिकिकरण गरिएको छ । यस अध्ययनमा समाचारमा प्रयोग भएका भाषा शैलीको विश्लेषण, नेपाली भाषाको वाक्य संरचना र समाचारमा भाषिक शैली तथा कोड मिश्रणको अवस्था पत्ता लागउन खोजिएको छ । यी कुराहरू पत्ता लगाउनको लागि प्राप्त भएका सामग्रीलाई विभिन्न आधारमा विश्लेषण गर्नको लागि वर्णनात्मक विधि अपनाइएको छ । यस अध्ययनबाट पत्रिकामा प्रकाशित समाचारका प्रकारहरूमा आकस्मिक समाचार, पूर्व निर्धारित समाचार, अनुगमन समाचार र फिचर प्रयोग भएको पाइयो । समाचारको विषय क्षेत्र र सूचनाका आधारमा पूर्व निर्धारित समाचारहरू बढी पाइयो । नेपालीमा क्रियापदले बुझाउने मुख्य पाँच पक्षमध्ये पूर्ण पक्षको प्रयोग वढी मात्रामा भएको पाइयो । धु्रवीयताको आधारमा हेर्दा समाचारमा करणको प्रयोग वढी भएको पाइएको छ । भावको आधारमा समाचारलाई हेर्दा ईच्छार्थ, आज्ञार्थ, संकेतार्थ, सम्भावनार्थ मध्ये सामान्यार्थ भावको प्रयोग धेरै नै भएको पाइन्छ भने हरेक ठाउँमा सामन्यतया वर्णविन्यासगत त्रुटि पनि भएको देखिएको छ । हाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त नेपाली भाषाको अध्ययनमा समचारको स्वरूप, आकार, प्रकार र विषय क्षेत्रका साथै समाचारमा नेपाली भाषाको वाक्य ढाँचा र वाक्यकोटि पहिल्याउनु प्रकाशित भएका समाचारमा प्रयोग भएका भाषिक कोड मिश्रणको अवस्था पहिचान गर्नु र भाषशैलीको विश्लेषण गर्नु जस्ता कार्य यस अध्ययनका मुख्य उद्देश्यहरु हुन् । यस अध्ययनका क्रममा ३ महिनाका ९ ओटा पत्रिकामा प्रकाशित वर्ष १२ र वर्ष १३ का अङ्कहरू सङ्कलन गरी पुस्ताकालय अध्ययन विधिलाई विश्लेषणात्मक तथा वर्णनात्मक विधि अगाँलिएको छ । हाम्रो एकता पत्रिकाको ३ महिनासम्मका अङ्कहरूमा प्रकाशित भएका समाचारहरूमा प्रयुक्त नेपाली भाषालाई मात्र अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा स्वरूप, व्याकरणिक पक्ष, कोड मिश्रण शैलीलाई आधार बनाई प्राप्त सामग्रीबाट व्याख्या विश्लेषण र तथ्याङ्कको तालिकिकरण गरिएको छ । यस अध्ययनमा समाचारमा प्रयोग भएका भाषा शैलीको विश्लेषण, नेपाली भाषाको वाक्य संरचना र समाचारमा भाषिक शैली तथा कोड मिश्रणको अवस्था पत्ता लागउन खोजिएको छ । यी कुराहरू पत्ता लगाउनको लागि प्राप्त भएका सामग्रीलाई विभिन्न आधारमा विश्लेषण गर्नको लागि वर्णनात्मक विधि अपनाइएको छ । यस अध्ययनबाट पत्रिकामा प्रकाशित समाचारका प्रकारहरूमा आकस्मिक समाचार, पूर्व निर्धारित समाचार, अनुगमन समाचार र फिचर प्रयोग भएको पाइयो । समाचारको विषय क्षेत्र र सूचनाका आधारमा पूर्व निर्धारित समाचारहरू बढी पाइयो । नेपालीमा क्रियापदले बुझाउने मुख्य पाँच पक्षमध्ये पूर्ण पक्षको प्रयोग वढी मात्रामा भएको पाइयो । धु्रवीयताको आधारमा हेर्दा समाचारमा करणको प्रयोग वढी भएको पाइएको छ । भावको आधारमा समाचारलाई हेर्दा ईच्छार्थ, आज्ञार्थ, संकेतार्थ, सम्भावनार्थ मध्ये सामान्यार्थ भावको प्रयोग धेरै नै भएको पाइन्छ भने हरेक ठाउँमा सामन्यतया वर्णविन्यासगत त्रुटि पनि भएको देखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10130
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All Thesis.pdf314.44 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.