Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10217
Title: कक्षा ९ को नेपाली भाषा पाठ्यपुस्तक (२०७५) को बाह्यान्तरिक विशेषताका आधारमा विश्लेषण {Kakṣa 9 ko nepali bhaṣa paṭhyapustaka (2075) ko bahyantarika viseṣataka adharama bisleṣaṇa}
Authors: दाहाल Dahal, सिर्जना Shreejana
Keywords: भाषा पाठ्यपुस्तक Bhasha Pathayepustak;नेपाली किताब Nepali Kitab
Issue Date: 2021
Publisher: Faculty of Education
Level: Masters
Abstract: कक्षा ९ को नेपाली भाषा पाठ्यपुस्तक (२०७५) को बाह्यान्तरिक विशेषताका आधारमा विश्लेषण शीर्षकमा शोध तयार पार्ने क्रममा समस्या कथनका रुपमा कक्षा ९ को नेपाली भाषा पाठ्यपुस्तक (२०७५) को बाह्य विशेषताका आधारमा कस्तो छ ? र उक्त पाठ्यपुस्तक आन्तरिक विशेषताका आधारमा कस्तो छ ? भनि लिएको छ । प्रस्तुत भाषा पाठ्यपुस्तकको बाह्य आन्तरिक विशेषताका आधारमा विश्लेषण शीर्षकमा शोधपत्र तयार पार्ने क्रममा मुख्य उद्देश्यको रुपमा कक्षा ९ को वर्तमान नेपाली भाषा पाठ्यपुस्तकको बाह्य विशेषताको आधारमा विश्लेषण गर्नु र उक्त पाठ्यपुस्तकलाई आन्तरिक विशेषताका आधारमा विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययन नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा ९ को नेपाली किताबमा आधारित रहेको छ । यस अध्ययनमा प्राथमिक र गौण÷द्वितीय दुवै स्रोतको उपयोग गरिएको छ । प्राथमिक स्रोत अन्तर्गत प्रश्नावली विधिबाट क्षेत्रीय सर्वेक्षण मार्फत् सुनसरीका ५ वटा सरकारी र ५ वटा संस्थागत विद्यालयमा कक्षा ९ मा नेपाली विषय अध्यापन गराउने १० जना शिक्षक र कक्षा ९ मा अध्ययन १० जना छात्र र १० जना छात्रा गरी जम्मा ३० जनाबाट सामग्री सङ्कलन गरिएको छ । सैद्धान्तिक आधारका लागि भाषा पाठ्यपुस्तकको सहयोग लिएको छ । यस पाठ्यपुस्तकको छपाइको स्तर, बँधाइ कमजोर रहेको, पाठ्यपुस्तकमा प्रयोग भएको कागत मधुरो र कम गुणस्तरको प्रयोग गरिएको, सबै पाठहरुमा भाषाका चारवटा सिप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) सँग सम्बन्धित अभ्यासहरु प्रशस्त मात्रामा राखिएको केही शब्दार्थ विद्यार्थीहरुको स्तर भन्दा माथिको कठिन दिइएको पाठहरुमा प्रयोग गरिएका शब्द–शब्द र अनुच्छेद–अनुच्छेद बिचको दुरी समान र प्रभावकारी रहेको पाठ्यपुस्तकमा सरलबाट जटिलको क्रम मिलाएको, विद्यार्थीहरुको स्तर अनुसार पाठहरुको लम्बाइ उपयुक्त रहेको, विद्यार्थीहरुलाई अनुशासित गराउने विषवस्तु उपयुक्त रहेको देखिन्छ । पाठ्यपुस्तकको छपाइ स्तरलाई गुणस्तरीय बनाउनुपर्ने, पाठ्यपुस्तकको बँधाइ बलियो बनाउनुपर्ने, शब्दार्थ विद्यार्थी विद्यार्थी स्तर अनुसार राख्नुपर्ने, विद्यार्थीका कठिनाइ पक्षमा ध्यान दिनुपर्ने सुझावहरु यस शोधमा समावेश गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10217
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf87.03 kBAdobe PDFView/Open
chapter(1).pdf207.58 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.