Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10279
Title: कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित नमुना शब्दकोश {Sample Dictionary Based on Nepali Textbook for Class Ten}
Authors: थपलिया Thapaliya, कमला Kamala
Keywords: नेपाली पाठयपुस्तक Nepali textbook;शब्दकोश Dictionary
Issue Date: 2018
Publisher: नेपाली केन्द्रीय सङ्काय
Level: Masters
Abstract: प्रस्तुत कक्षा दशको नेपाली किताबमा आधारित नमुना शब्दकोश नामक शोधको प्रमुख उददेश्य कक्षा दशका बालबालिकाको स्तर सुहाउदो नमुना कोशको निमार्ण गर्नु रहेको छ । पाँच अध्यायमा विभाजित प्रस्तुत शोधकका अध्यायमा एकमा परिचय, अध्याय दुईमा पूर्वकार्यको समीक्षा र सैदधान्तिक अवधारणा, अध्याय तिनमा अनुसन्धान विधि, चार अध्यायमा कक्षा दशको नेपाली किताबमा आधारित नमूना कोशको प्रस्तुति र पाँच अध्यायमा निष्कर्ष र सुझाव रहेको छ । अध्ययनको मूल भाग वा चार अध्यायमा कक्षा दशको नेपाली किताबमा रहेका सोह्रओेटा पाठमा प्रयुक्त सातसय कठिन शब्दहरुलाइ पाठगत रुपमा वर्णानुक्रममा राखी तिनको स्रोत, व्युत्पत्ति, शब्दवर्ग र अर्थ समावेश गरिएको छ । नेपाली भाषा नेपालको राष्ट्रभाषाका साथै शिक्षा, सञ्चार, स्वास्थ्य र प्रकाशन तथा प्रसारणको प्रमुख र प्रभावकारी माध्यम भाषा हो । भाषाको मानकीकरण र स्तरीकरणका लागि गरिएका विविध प्रयास मध्ये एक मह्त्वपूर्ण प्रयास हो । भाषाको विकास र मानक रुपसगँ सबैलाई परिचत गराउन नमूना शब्दकोश निमाणर््ा कार्य सारपर्ण छ । विविध विषय र क्षेत्रसँग सम्बन्धित कोश निर्माण कार्य धेरै भइसक्दा पनि तहगत र कक्षागत रुपमा विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर कोश निर्माण नगरिएको अवस्थामा यस शोधकार्यमा कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित रहेर सम्बन्धित तहका विद्यार्थीको स्तर र आवश्यकतालाई ध्यानमा राखेर नमूना कोशका निमार्णका प्रयास गरिएको छ । यस कोशको प्रयोगले सम्बन्धित तहमा अध्ययन अध्यापन गर्ने सबै पक्षमा लाभ हुने अपेक्षा गरिएको छ । नेपाली भाषा प्रयोगमा आएको खिचडी प्रवृतिलाई निरुत्साहित पार्न, सही, शुद्ध र मानक रुपको भाषाको प्रयोगमा सक्षम बनाउन शब्दकोश अति आवश्यक छ । विद्यालय तहबाट नै विद्यार्थीमा शब्दकोश प्रयोग क्षमता बढाएर सही र मानक भाषा प्रयोगमा सक्षम बनाउन जरुरी छ । यस लक्ष्यमा सफलता प्राप्त गर्नका लागि विद्यार्थीमा शब्दकोश प्रयोगमा अग्रसर र प्रोत्साहन गराउनु पर्नेमा हालसम्म कक्षा दशको नेपाली पाठयपुस्तकमा आधारित भएर कोश निर्माण भएको पाइदैँन भने विविध अध्ययन अनुसन्धान र शोधकार्यको उददेश्य पूर्तिका लागि भने हुने गरेको छ । विद्यालय स्तरमा तहगत र कक्षागत रुपमा कोश निमार्ण गर्नु आजको आवश्यकता भएको छ । यसरी हेर्दा कक्षा दशको नेपाली किताबमा आधारित शब्दकोशहरु निमार्ण गर्न सकिन्छ । विद्यालय तहमा तहगत वा विषयगत शब्दकोश निमार्ण गर्दा शिक्षणसिकाइ क्रियाकलापमा उपयोगी हुने देखिन्छ । यसले भाषाको मानक प्रयोगमा सक्षम बनाउन, कठिन शब्दको अर्थ, स्रोत, व्युत्पत्ति आदि पत्ता लगाउन, वाक्यमा प्रयोग गर्न सहयोग गर्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10279
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf163.8 kBAdobe PDFView/Open
Chapter page.pdf858.07 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.