Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10752
Title: कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुत्त शब्दभण्डारको अध्ययन{Kakṣhā Naukō Nēpālī Pāṭhayapustakamā samāviṣṭa Nibandha Vidhāmā Prayuktta Sabdabhaṇḍārakō Adhyayana}
Authors: सुवेदी Subedi, अभ्यासा Abhyasa
Keywords: नेपाली पाठयपुस्तक;निबन्ध विधा
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: प्रस्तुत अध्ययन कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुक्त शब्दभण्डारको अध्ययनमा केन्द्रित रहको छ । यस अध्ययनको उद्देश्य कक्षा नौको नेपाली पाठयपुस्तक भित्र निबन्ध विधामा प्रयुक्त शब्दभण्डारको पहिचान गर्नु, उक्त पाठभित्र समावेश शब्दहरूको पदवर्ग बनोट र आवृत्ति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको परिच्छेद एकमा अध्ययनको उद्देश्य, महत्व अनुसन्धानात्मक प्रश्न, परिसीमा, औचित्य तथा पारिभाषिक तथा प्राविधिक शब्दहरूको उल्लेख गरिएको छ । त्यसैगरी परिच्छेद दुईमा पूर्वकार्यलाई प्रस्तुत गरिएको छ । यस परिच्छेदमा आठ ओटा शोधग्रन्थलाई पूर्वकार्यको उपयोगिता र सैद्धान्तिक अवधारणात्मक ढाँचा समेत प्रस्तुत गरिएको छ । यस अध्ययनको परिच्छद तीनमा अध्ययनको ढाँचा र विधि, अध्ययनको क्षेत्र, तथ्याङकको व्याख्या तथा विश्लेषण प्रक्रिया उल्लेख गरिएको छ । यस अध्ययन पुस्तकालय विधिमा आधारित भएको हुँदा पुस्तकालयमा सङगहित पाठयपुस्तकका पत्रपत्रिका, शोधपत्र आदिबाट सामग्री सङकलन गरी विश्लेषण समावेश गरिएको छ । जसमा कक्षा नामा समाविष्ट दुईओटै निबन्धहरूमा प्रयुक्त शब्दहरूलाई छुट्टाछुट्टै भागमा विश्लेषण गरिएको छ । निबन्धमा प्रयुक्त शब्दहरूलाई तालिकाद्वारा वर्णानुक्रममा राखी तिनको पदवर्ग, स्रोत, आवृत्ति र बनोट देखाइएको छ । त्यसगरी समग्र रूपमा पनि दुईओटै निबन्धहरूको सम्पूर्ण शब्दहरूलाई तालिकाद्वारा पदवर्गको स्रोत, आवृत्ति र बनोटको आधारमा विश्लेषण गरिएको छ । तालिकालाई अझ स्पष्ट पार्नका लागि स्तम्भचित्र र वृत्तचित्रमा समेत देखाउने प्रयास गरिएको छ । परिच्छेद पाँचको पहिलो भागमा निष्कर्ष राखिएको छ । यस अध्ययनबाट निम्नानुसारका निष्कर्षहरू अगाडि आएका छन ः क) कक्षा नौको नेपाली पाठयपुस्तकको दुईओटा निबन्धमा नाम वर्गका शब्दहरूको बाहुल्य रहेको छ भने निपात र विस्मयादिबोधक शब्दहरू न्यून रहेका छन । ख) दुईओटै निबन्धमा तदभव शब्दहरूको बाहुल्य रहेको छ । आगन्तुक शब्द न्यून छन । ग) आवृत्तिका दृष्टिले आवृत्त भन्दा अनावृत्त शब्दहरू धेरै छन । घ) दुईओटा निबन्धमा व्युत्पन्न शब्द बढी रहेका छन । व्युत्पन्न शब्दमा पनि प्रत्यय लागेका शब्दहरू अत्यधिक पाइन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10752
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All Thesis.pdf1.03 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.