Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10753
Title: विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग {Bidhyalayama Shaikshik Byabasthapan Suchana Pranaliko Prayog}
Authors: मेहता Mehta, सकलदेव Sakaldev
Keywords: शैक्षिक व्यवस्थापन Shaikshik byabasthapan;सूचना प्रणाली Suchana pranali
Issue Date: 2018
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङकाय
Level: Masters
Abstract: प्रस्तुत शोध पत्रको शीर्षक विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग हो । प्रस्तुत अध्ययनमा विद्यालयमा शैक्षिक व्यवस्थापनमा सूचना प्रणाली प्रयोगको अवस्थाको खोजी गरी सूचना प्रणालीमा देखा परेका समस्याहरु पत्ता लगाउनु मुख्य उद्देश्य हो । यो शोधकार्यलाई पूरा गर्न मिश्रित अनुसन्धानात्मक ढाँचाको प्रयोग गरिएको छ । यी उद्देश्यहरु पूरा गर्न सुनसरी जिल्ला अन्तर्गत रामधुनी नगरपालिकाको १० वटा सामुदायिक विद्यालयहरु मध्ये नमूना छनौटको आधारमा ५ वटा विद्यालयहरुको ५ जना प्र.अ., ५ जना वि.व्य.स. अध्यक्ष तथा शिक्षक, अभिभावकलाई नमूनाको रुपमा लिएको छ । प्रस्तुत शोधपत्र वर्णनात्मक शैलीमा लेखिएको छ । प्राप्त सूचना तथा तथ्यांकलाई तालिकीकरण गरी सम्बन्धित सिद्धान्त तथा साहित्यका आधारमा व्याख्या विश्ले षण गरिएको छ । प्रश्नावली सर्वेक्षण फारम र अभिलेखको अध्ययन गरिएको छ । धेरै जसो सूचना तथा तथ्याङ् क संकलन कार्य अनुसन्धानकर्ता स्वयम उपस्थित भई गरिएको छ भने कतिपय सूचना र जानकारी सहयोगी प्र.अ., शिक्षक तथा वि.व्य.स. अध्यक्ष मार्फत संकलन गरिएको छ । सङ्कलन गरिएका सूचनाहरुलाई विभिन्न शीर्षक, उपशीर्षकमा राखी व्याख्या, विश्लेषण एवम प्रस्तुतीकरण गरिएको छ । सामुदायिक विद्यालयहरुमा सूचना प्रणालीको वर्तमान अवस्था, इन्टरनेटको प्रयोग, परीक्षा व्यवस्थापनमा सूचना प्रणालीको प्रयोग, प्रशासनिक कार्यमा सूचना प्रणालीको भूमिका, सूचना संकलनको स्थिति, सूचना प्रणालीको भण्डारणको स्थिति जस्ता पक्षको अध्ययन गरिएको छ । यस्ता क्षेत्रहरुमा देखिएका समस्याहरु जस्तै सूचना प्रणालीको प्रयोग फितलो हुनु, शिक्षक कर्मचारीको आफ्नो उत्तरदायित्व स्पष्ट नहुनु, प्रभावकारी योजना नहुनु, कमजोर आर्थिक अवस्था, कमजोर संरचना, तालिम प्राप्त जनशक्तिको अभाव, शिक्षक, अभिभावक र विद्यार्थी बीच समन्वयको अभाव जस्ता समस्याहरु देखाइएको छ । सामुदायिक विद्यालयहरुमा सूचना प्रणालीको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकालियो । कम्प्यूटर सम्बन्धी आएको सहयोग सोही क्षेत्रमा त्यही शीर्षकसँग सम्बन्धित क्षेत्रमा लगाएको देखियो । ५ वटा देखि ८ वटा कम्प्यूटर सामाग्रीहरु विद्यालयमा रहेको देखियो ।शोधकार्यमा सुझावको रुपमा प्रत्येक विद्यालयमा एक एक जनाको दरले कम्प्यूटर प्राविधिक शिक्षक दरबन्दी थप गर्नु पर्ने देखिन्छ । कम्प्यूटर ल्याब खोल्नु पर्ने देखिन्छ । विद्यालयमा इन्टरनेटको व्यवस्था गर्नु पर्ने देखियो । विद्यालयका शिक्षकहरुलाई सूचना प्रणालीसँग सम्बन्धि तालिमको व्यवस्था हुनु पर्ने देखिन्छ । यसरी नै समस्याहरुलाई समाधान गर्न संरचनामा सुधार, आर्थिक पक्षमा सुधार, तालिम प्राप्त जनशक्तिको व्यवस्थापन, सूचना केन्द्रको स्थापना, तथ्यांक प्रयोगमा सुधार जस्ता कुराहरु सुझाइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10753
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf122.98 kBAdobe PDFView/Open
chapter.pdf299.93 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.