Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10928
Title: उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Udarkakshyananti Nitiko Kayanwayanle Sikai Upalabdima Pareko Prabhab}
Authors: न्यौपाने Neupane, झनक बहादुर Jhanak Bahadur
Keywords: उदारकक्षोन्नति नीति Udarkakshonnati niti;सिकाइ उपलब्धि Sikai upalapadhi;नीति कार्यान्वयन Niti Karyanayan
Issue Date: 2019
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Institute Name: Central Department of Education
Level: Masters
Abstract: उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव शीर्षकमा सम्पन्न यस शोधपत्रको उद्देश्य उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव विश्लेषण गर्नु रहेको छ । अध्ययनका क्रममा वर्णानात्मक प्रक्रिया अपनाई गुणात्मक ढाँचाबाट विश्लषण गरिएको छ भने विद्यार्थीको तीन शैक्षिक सत्रको वार्षिक परीक्षाफलको अभिलेख अध्ययन गरी त्यसको परिणात्मक विश्लषण पनि गरिएको हुँदा मिश्रित ढाँचाको प्रयोग गरिएको छ । अध्ययनमा काँकरभिट्टा स्रोतकेन्द्र अन्तर्गत पर्ने २२ वटा सामुदायिक विद्यालय ती विद्यालयका प्रधानाध्यापक, आधारभत तहका शिक्षक, विद्यार्थी, अभिभावक सम्बन्धित स्रोतव्यक्तिलाई जनसंख्याका रूपमा लिइएको छ भने ती मध्ये चारवटा विद्यालयलाई उद्देश्यमूलक नमना छनौट प्रक्रियाबाट नमुना छनौट गरिएको छ । प्रधानाध्यापक, विद्यार्थी, शिक्षक, स्रोतव्यक्तिबाट पश्नावली र अभिभावकबाट छलफलका माध्यमद्वारा साथै विद्यालयका निरन्तर विद्यार्थी मल्याङ्कन र उदारकक्षोन्नति नीतिसँग सम्बन्धित अभिलेखको अवलोकन र अध्ययन गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाट तथ्यांक संकलन गरिएको छ । संकलित तथ्यांकहरूलाइ विभिन्न तालिका तथा अनुच्छेदमा प्रस्तुतीकरण गरी प्रश्नावली र छलफलका माध्यमद्वारा प्राप्त प्रतिक्रियाहरूलाई तथ्यांक शाास्त्रीय विधिबाट व्याख्या, विश्लषण गरिएको छ । उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धि पारेको प्रभावलाई विभिन्न अध्ययन गरेर तुलानात्मक विवरण प्रस्तुत गरिएको छ । विद्यालयहरूमा उदारकक्षोन्नति नीति कार्यान्वयन भइरहेकोले कक्षा, १, २ र ३ को सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षमा वृद्धि भएको पाइएको छ । त्यस्तै आवधिक परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कनबाट कक्षोन्नति गरिएका कक्षाहरू ४ र ५ को पनि सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलना पछिल्लो वषहरूमा वृद्धि भएको पाइएको छ । मूल्याङ्कनमा पाठ्यक्रमले निर्धारण गरेको मापदण्डलाई आधार बनाइएको छ र शिक्षकहरूल विद्यार्थी मूल्याङ्कनको यस पद्धतिलाइ झन्झटिलो रूपमा लिइएको पाइएको छ । उदारकक्षोन्नति नीतिले पनि विद्यालयमा भर्ना भएका सब विद्याथीहरू एक शक्षिक सत्रको अध्ययन पूरा गरेपछि उत्तीर्ण भई माथिल्लो कक्षामा अध्ययन गर्न सक्षम हुन नसकेका देखिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई अझै प्रभावकारी बनाई कक्षोन्नति बढाउनका लागि विद्यार्थी कार्यसञ्चयिका निर्माण र पधानाध्यापक, शिक्षक, अभिभावकलाई थप तालिमको व्यवस्था गर्नु आवश्यक छ । यसलाई शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कनको आधार बनाई नीति निर्माण तहदेखि कार्यान्वयन तह सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन गन स्पष्ट जिम्मेवारी तोकी उदारकक्षोन्नति नीतिलाई पूर्ण रूपमा सफल पार्न आवश्यक देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10928
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Jhanak Bahadur Thesis cover.pdf215.67 kBAdobe PDFView/Open
Thesis Matter.pdf580.81 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.