Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10931
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorढकाल Dhakal, नारायणप्रसाद Narayan Prasad-
dc.date.accessioned2022-06-07T09:41:14Z-
dc.date.available2022-06-07T09:41:14Z-
dc.date.issued2016-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/10931-
dc.description.abstractत्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय, पाठ्यक्रम तथा मूल्याङ्कन विभाग अन्तर्गत स्नात्तोेकर तह एम.एड. द्धितिय वर्षको पाठ्यक्रम तथा मूल्याङ्कन विषयको आवश्यकता पूरा गर्न यो अध्ययन, अनुसन्धान गरिएको छ । यस अनुसन्धानको शीर्षक ‘संस्थागत विद्यालयमा शैक्षिक सुपरिवेक्षणले पाठ्यक्रम कार्यान्वयनमा पारेको प्रभाव’ राखिएको छ । यो अध्ययन अनुसन्धानको उद्देश्य संस्थागत विद्यालयमा शैक्षिक सुपरिवेक्षणको वर्तमान अवस्था पहिचान गर्नु, संस्थागत विद्यालयमा शैक्षिक सुपरिवेक्षणका कारण पाठ्यक्रम कार्यान्वयनमा पारेको प्रभावको विष्लेषण गर्नु रहेको छ । यस अध्ययन अनुसन्धान दस्तावेज अध्ययनमा आधारित रहेर गरिएको छ । दस्तावेज अध्ययनको रूपमा पाठ्यक्रम तालिम पुस्तिका, शिक्षक निर्देशिका र पाठ्यपुस्तकहरु रहेका छन् । साथै सुनसरी जिल्लाको ५ वटा संस्थागत विद्यालयका विषय शिक्षक, विषय विशेषज्ञ र स्रोत व्यक्तिहरुलाई पनि नमूना छनोटको रूपमा लिई तथ्याङ्क संकलन गरिएको छ । तथ्याङ्क संकलन साधनका रूपमा दस्तावेज अध्ययन, अन्तवार्ता र लक्षित समुह छलफल प्रयोग गरिएको छ । विद्यालय निरीक्षक तथा स्रोतब्यक्तिलाई पर्याप्त मात्रामा स्रोत तथा सन्दर्भ सामग्रीहरु प्राप्त नहुनु, उनीहरुबाट सम्पादित कार्यको सही मूल्याङ्कन गरी पुरस्कार र दण्डको ब्यवस्था नहुनु, वि.नि.र स्रोतब्यक्तिलाई सहयोगी कर्मचारीहरुको ब्यवस्था नहुनु ,विद्यालय संख्याका आधारमा वि.नि., स्रोत ब्यक्तिहरुको संख्या कम हुनु जस्ता कारणले संस्थागत विद्यालयका े सुपरिवेक्षण कार्य औपचारिकतामा मात्र सिमित हुन प ु गेको देखिन्छ । समय समयमा शिक्षकहरुको बैठक राखी शिक्षण सिकाइ क्रियाकलापमा देखा पर्ने समस्या समाधानका बारेमा छलफल गर्ने र नमुना शिक्षण गर्न लगाउने जस्ता कार्यहरु आवश्यक मात्रामा हुन नसके को अवस्था छ । अध्ययनको क्रममा नमुना छनौटमा परेका सुनसरी जिल्लाका धरान उपमहानगरपालिकाका संस्थागत बिद्यालयमा बिद्यालयको सुपरिबेक्षण नियमित नभएको, सुपरिवेक्षण कागजमा मात्र सीमित भएको, सुपरिबेक्षण पछि पर्याप्त मात्रामा सुझावहरु दिने नगरिएको कारण सो को प्रभाव बिभिन्न बिषयको पाठ्यक्रम कार्यान्वयनमा परेकोे पाईएको छ । शैक्षिक सुपरिवेक्षणको क्रममा वि.नि.,स्रोतब्यक्तिहरुबाट शिक्षकको कक्षा शिक्षणको अवलोकन गरी देखिएका कमी कमजोरी हटाउन शिक्षकसँग छलफल गरी सुझवहरु दिनु पर्ने हुन्छ । सुपरिवेक्षणको क्रममा वि.नि.,स्रोतब्यक्तिबाट कक्षा अवलोकन नगरिएको अवस्था छ । वि.नि., स्रोतब्यक्तिहरुको कार्यसम्पादन मूल्यांकन सही रुपमा भएको छैन जसको परिणाम स्वरुप नियमित रुपमा काम गर्ने सुपरिवेक्षकहरुमा समेत कार्य शिथिलता आएको छ । संस्थागत विद्यालयका शिक्षकहरुले वि.नि.,स्रोतब्यक्तिको सुपरिवेक्षणलाई आत्मसाथ गर्न नसकेका े अवस्था छ भने वि.नि., स्रोतब्यक्तिहरुले पनि संस्थागत विद्यालयलाई सुपरिवेक्षणको मुलधारमा समाहित गर्न सकेका छैनन् । अध्ययनको सुझावका रुपमा विद्यालय निरीक्षक तथा स्रोतब्यक्तिहरुले नियमित रुपमा विद्यालयहरुको सुपरिवेक्षण गरे नगरेको सम्बन्धमा जिल्ला शिक्षा अधिकारीले अनुगमन, निरीक्षण गरी अनियमित गर्ने सुपरिवेक्षकहरुलाई कारवाही गर्नु पर्ने, स्थानीय स्तरमा वि.नि., स्रोतब्यक्ति, विद्यालयका प्रधानाध्यापक, वि.ब्य.स. पदाधिकारीहरु, शिक्षाप्रेमी र अभिभावकहरु सम्मिलित एउटा सुपरिवेक्षण टोली गठन गरी उक्त टोलीबाट सुपरिवेक्षणको योजना बनाउनु पर्ने र योजना बमोजिम आलोपालो गरी सुपरिवेक्षण गरिनु पर्ने तथा एउटा स्रोतकेन्द्र भित्रका अनुभवी मा.वि.शिक्षकहरुलाई कक्षा अवलोकन सम्बन्धी तालिम प्रदान गरी सामुहिक रुपमा सबै विषय शिक्षकहरुको कक्षा अवलोकन गर्ने ब्यवस्था गर्नु पर्ने सुझाव प्राप्त भयो । यसबाट वि.नि. स्रोतब्यक्तिहरुको कक्षा अवलोकनको आत्मसाथ गर्न नसक्ने शिक्षकहरुको समस्या समाधान भइ पाठ्यक्रम कार्यान्वयन सहज हुने देखिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङकन सङ्कायen_US
dc.subjectसंस्थागत विद्यालय institutional schoolsen_US
dc.subjectशैक्षिक सुपरिवेक्षण Educational supervisionen_US
dc.subjectपाठयक्रम कार्यान्वयन Curriculum implementationen_US
dc.titleसंस्थागत विद्यालयमा शैक्षिक सुपरिवेक्षणले पाठयक्रम कार्यान्वयनमा पारेको प्रभाव{Impact of Curriculum Implementation by Educational Supervision in Institutional Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहमुखी क्याम्पस इटहरी, सुनसरीen_US
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf119.9 kBAdobe PDFView/Open
Chapter page(3).pdf251.8 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.