Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11065
Title: ‘सारस र सञ्जीवनी’ उपन्यासको शैलीवैज्ञानिक {'Saras ra Sanjibni' Upanasko Shailibaigyanik}
Authors: नेपाल Nepal, गीता सुवेदी Geeta Subedi
Keywords: उपन्यास शैलीवैज्ञानिक Upanas shailibaigyanik;नेपाली लोक आख्यान Nepali lok akhyan
Issue Date: 2017
Publisher: नेपाली शिक्षा संकाय
Level: Masters
Abstract: सारस र सञ्जीवनी उपन्यासकार भक्ति शिवाकोटीद्वारा लेखिएको प्रयो गवादी उपन्यास हा े । प्राचीन इतिहास, दर्शन, विज्ञान, आख्यान, साहित्य तथा नेपाली लोक आख्यान मिसाएर यो कृति तयार गरिएको छ । यसमा स्वैरकल्पनामा उडेर ग्रीकको परिवेशलाई टिपेर आफ्नो कलाद्वारा पाठकलाई रोमाञ्चित बनाउने काम स्रष्टाले गरेका छन् । सारस र सञ्जीवनी उपन्यासको श ै लीवैज्ञानिक अध्ययन गर्ने क्रम उक्त उपन्यासमा कथानक र पात्रका आधारमा शैलीवैज्ञानिक अध्ययन र शैलीविज्ञानका प्रमुख मान्यताहरू चयन, विचलन र समानान्तरताका आधारमा शैलीवैज्ञानिक अध्ययन गरी विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्र सारस र सञ्जीवनी उपन्यासको श ै लीवैज्ञानिक अध्ययन गर्ने क्रममा पहिलो अध्यायमा शोधको परिचय अन्तर्गत विषयप्रवेश, समस्याकथन, शोधकार्य को उद्देश्य, अध्ययनको औचित्य र महत्त्व, अध्ययनको सीमाङ्कन र अध्ययनको रूपरेखा प्रस्तुत गरिएको छ । दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा र सैद्धान्तिक रूपरेखालाई प्रस्तुत गरिएको छ । उक्त कार्यले शोधकार्य गर्न सहज र सजिलो बनाएको छ । अध्यायको तेस्रो अध्यायमा शोधकार्य अनुसन्धान विधिलाई प्रस्तुत गरिएको छ । यो शोध तयार गर्दा पुस्तकालयीय, विधिको प्रयोग गरिएको छ भने अनुसन्धानको प्राथमिक स्रोतको रूपमा ‘सारस र सञ्जीवनी’ उपन्यासलाई लिएको छ भने अन्य प्रकाशित अप्रकाशित शोधपत्रहरूलाई द्वितीय स्रोतका रूपमा उपयोगमा ल्याइएको छ । शोधको चौंथो अध्यायमा कथानक र पात्रका आधारमा ‘सारस र सञ्जीवनी’ उपन्यासको श ै लीवैज्ञानिक अध्ययन विश्ले षण गरिएको छ । जसमा कथानक तथ्याङ्कलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ । उक्त उपन्यासको कथानकमा भएका पात्रहरूलाई शैलीवैज्ञानिक तालिकामा देखाइ तिनीहरूका े विश्ले षण गरिएको छ । प्रस्तुत शोध पत्रको पाँचौं अध्यायमा ‘सारस र सञ्जीवनी’ उपन्यासका े चयन, विचलन र समानान्तरताका आधारमा शैलीवैज्ञानिक अध्ययन विश्ले षण गरिएको छ । चयनका आधारमा, तत्सम, तद्भव, आगन्तुक तीनै स्रा े तबाट आएका शब्दहरूको चयन गरिएका े छ । त्यस्तै नाम, सर्व नाम, विशेषण, क्रियापद, क्रियाविशेषण, नामयोगी, संयोजक र निपातका आधारमा शब्द चयन गरिएको छ । उक्त कार्यले कथाहरूलाई रोमाञ्चक, सरल, सहज र बोधगम्य बनाएको छ । यी कथाहरूमा विन्दु चिह्न, प्रश्नसूचक चिह्न, विस्मयादिबोधक, अनुस्वार, शीरबिन्दु आदिको समुचित प्रयोग गरिएको छ । विचलन अन्तर्गत ध्वनिप्रक्रियात्मक अर्थतात्विक विचलनको अध्ययन विश्ले षण गरिएको छ भने समानान्तरता अन्तर्गत बाह्य र आन्तरिक समानान्तरताको पनि अध्ययन र विश्ले षण गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11065
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Gita Subedi Nepal Thesis Cover.pdf194.36 kBAdobe PDFView/Open
Gita Subedi Nepal Matter.pdf346.95 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.