Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11573
Title: कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता (Kaksha AAthma Adhyayanrat Bidhyarathihruko Anuchchhed Lekhan Kshamata)
Authors: पाण्डे Pandey, विमला Bimala
Keywords: अनुच्छेदलेखन;लैङगिकता
Issue Date: 2018
Publisher: Department of Nepali Education
Institute Name: Central Department of Education
Level: Masters
Abstract: त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय अन्तर्गत नेपाली शिक्षा स्नातकोत्तर तह (एम.एड.) चौथो सेमेस्टरको नेपा.शि. ५४४ पाठयांशको प्रयोजनार्थ प्रस्तुत‘अर्घाखाँची जिल्लाका कक्षा आठमा अध्ययनरत विद्याथीहरूको अनुच्छेदलेखन क्षमताकाअध्ययन’ शीर्षकको शोधपत्र तयार गरिएको हो । यस शोधकार्यका उद्देश्यहरूमाअर्घाखाँची जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेदलेखन क्षमताकापहिचान गर्नु, लैङगिकताका आधारमा अनुच्छेदलेखन क्षमताको विश्लेषण गर्नु, विद्यालयप्रकृतिका आधारमा अनुच्छेदलेखन क्षमताको तुलनात्मक अध्ययन गनरहेका छन । यस शोधमा मूलतः क्षेत्रीय अध्ययन विधि र व्याख्या तथा विश्लेषणात्मक विधिकाप्रयोग गरिएको छ । सामुदायिक र संस्थागत विद्यालयको छुट्टै तुलनात्मक विश्लेषणगरिएको छ । व्याख्या तथा विश्लेषणका लागि विश्लेषणात्मक, वर्णनात्मक, छलफल,पुस्तकालयीय अध्ययनको उपयोग गरिएको छ । प्रस्तुत शोधकार्य अर्घाखाची जिल्लाकाकक्षा आठमा अध्ययनरत विद्याथीहरूमा केन्द्रित रहेको हुँदा अर्घाखाँची जिल्लाकासम्बन्धित विद्यालयमा गएर विद्याथीहरूलाई दुई शीर्षकमा अनुच्छेद लेख्न लगाइएको छ ।यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सबल र दुर्बल पक्ष केलाई सुझाव समेतप्रस्तुत गरिएको छ । निर्धारित समय अवधिमा लेखिएका उत्तरहरूसङकलन गरीपरीक्षणका छुटयाइएको आधारमा परीक्षण गरी तथ्याङकको व्याख्या विश्लेषण गरिएकाछ । प्रस्तुत शोधकार्यमा कल२००० पूर्णाङकमा १०० जनाको १११४ अङक प्राप्ताङकरहेको छ । यसको आधारमा समग्र विद्यार्थीको अनुच्छेदलेखनको प्रतिशताङक ५५.७प्रतिशत र औसताङक ११.१७ प्रतिशत रहको छ । सामुदायिक र संस्थागत विद्यालयकाछात्र÷छात्राहरूको अनुच्छेदलेखनको तुलनात्मक अध्ययन गर्दा विषयवस्तु, संरचना,भाषाशैली र वर्णविन्यासलाई मापनको मुख्य आधार बनाएर मूल्याङकन गरिएको छ ।जसमा कूल २० पूर्णाङकमध्ये विषयवस्तुको लागि ८ अङक, भाषाशैली ४ अङक, संरचना४ र वर्णविन्यास ४ अङक गरी मूल्याङकन गरिएको छ । जसमा १०० जना विद्यार्थीका २० पूर्णाङकका दरले समग्र पूर्णाङक २००० र विद्यार्थीले पाएको प्राप्ताङक १११४ रहेकाछ । यीमध्ये संस्थागत विद्यालयले ५९० अङक र सामुदायिक विद्यालयले ५२४ अङकप्राप्त भएको छ । विद्यालय प्रकृतिको तुलनात्मक अध्ययन गर्दा संस्थागत विद्यालयकाछात्र र छात्राहरूको अनुच्छेदलेखन क्षमता सामुदायिक विद्यालयको भन्दा सन्तोषजनकरहेको पाइन्छ । लैङगिकताका आधारमा छात्र÷छात्राको तुलनात्मक अध्ययनका लागि जम्मा १००जनाको एकको २० का दरले जम्मा २००० र छात्र÷छात्राले पाएका जम्मा प्राप्ताङक१११४ रहेको छ । जसमध्ये ५० जना छात्रले पाएको प्राप्ताङक ५३९र ५० छात्रालपाएको प्राप्ताङक ५७५रहेको छ । यहाँ छात्रहरूको औसताङक १०.७८ प्रतिशत रछात्राहरूको औसताङक ११.५ प्रतिशत रहेको छ । प्रस्तुत अध्ययनमा छात्र÷छात्राकाअनुच्छेदलेखन क्षमताको तुलनात्मक अध्ययन गर्दा छात्रको तुलनामा छात्राकाअनुच्छेदलेखन क्षमता सन्तोषजनक रहेको पाइन्छ । सिर्जनात्मक लेखनको एक अंशको रूपमा रहेको अनुच्छेदलेखनले भाषाकालेखाइगत सिप, दक्षता, क्षमता, कौशलता, प्रस्टता, तथ्यपरकता, परिपक्वता, परिष्कार रप्रौढता निर्माण गर्दछ । प्रस्तुत अध्ययनमा सामुदायिक र संस्थागत विद्यालयकाविद्यार्थीहरूमा गरिएको तुलनात्मक अध्ययनमा सामुदायिक विद्यालयको नेपाली भाषाकास्तर केही खस्किएको देखिन्छ । कक्षा आठमा लेख्य चिह्नको प्रयोगलाई हेर्दा अधिकांशविद्यार्थीहरूको चन्द्रबिन्दु, शिरबिन्दु, विभक्तिको प्रयोगमा कमजोर रहेको पाइयो । यसकामुख्य कारण नेपाली विषय शिक्षण गर्ने विषय शिक्षकको योजना विना शिक्षण गर्नु जस्तामुख्य कुराले गर्दा अनुच्छेदलेखनमा केही विद्यार्थीहरूमा केही कमजोरी समेत देखा परेकाछन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11573
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf87.94 kBAdobe PDFView/Open
Thesis.pdf586.77 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.