Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11679
Title: डाँफेदूत खण्डकाव्यमा अग्रभूमि निर्माण {Danphedut Khandkavyama Agrabhumi Nirman}
Authors: बिष्ट Bista, शान्ति कुमारी Shanti Kumari
Keywords: डाँफेदूत खण्डकाव्यDanphe Khandkavya;अग्रभूमि निर्माण Agrabhumi Nirman
Issue Date: 2022
Publisher: नेपाली भाषा शिक्षा संकाय
Level: Masters
Abstract: प्रस्तुत शोधपत्रमा खण्डकाव्यकार मेदिनीनाथ सुवेदीद्वारा रचित डाँफेदूत खण्डकाव्य (दूतकाव्य) मा गरिएका अग्रभूमि निर्माणको अध्ययन गरिएको छ । शास्त्रीय छन्दमा रचित यस काव्यका विभिन्न श्लोकहरूमा प्रयुक्त अग्रभूमि निर्माणका मुख्य पक्ष विचलन र समानान्तरताको अध्ययनलाई मुख्य शोध समस्या बनाई समाधान गर्ने उद्देश्यले यो शाधकार्य गरिएको हो । प्रस्तुत शोधकार्यका लागि पुस्तकालयीय अध्ययनबाट प्राथमिक स्रोतका रूपमाडाँफेदूत खण्डकाव्य र द्वितीयक स्रोतका रूपमा शैलीविज्ञानका बारेमा लेखिएका पुस्तक, शोधपत्र र शोध निर्देशकका निर्देशनको उपयोग गरी सामग्री सङ्कलन गरिएका छ भने पूवकार्यको समीक्षाको सहयोगमा सैद्धान्तिक स्वरूप निर्धारण गरी उक्त सङ्कलित सामग्रीको अध्ययन गरिएको छ । अगभूमि निर्माणको सैद्धान्तिक स्वरूपको निरूपण गर्ने क्रममा मूलतः निगमन तथा वर्णनात्मक विधि र तथ्यहरूको विश्लेषण गरी निष्कर्षमा पुग्नका लागि अंशतः आगमन विधिको उपयोग गरिएको छ । नेपाली दूतकाव्य परम्परामा ऐतिहासिक र महŒवपूण मानिएको डाँफेदत खण्डकाव्यको यस दृष्टिले अहिलेसम्म शोध अध्ययन नभएकाले प्रस्तुत शोधकार्य सान्दर्भिक तथा शैलीविज्ञान र डाँफेदूत खण्डकाव्यका बारेमा जिज्ञासा लिने जोसुकले पनि यसबाट लाभ लिन सक्ने हुँदा यसको महŒव छ । पाँच अध्यायमा विभक्त यस शाधकार्यमा उक्त खण्डकाव्यको अध्ययन अग्रभूमि निर्माणबाहेक अन्य दृष्टिले गरिएको छैन । शोधकार्यका आधारमा शोध्य कृतिमा अर्थताŒिवक, ध्वनिप्रक्रियात्मक तथा व्याकरणिक विचलनअन्तर्गतका पदक्रम विचलनको अत्यधिक र सुन्दर प्रयोग गरिएको तथा लिङ्गगत, वचनगत, आदर, कारक, विभक्ति तथा भाषिका, कोशीय र प्रयुक्ति विचलनको सीमित प्रयोग भएको, त्यस्तै सीमित मात्रामा आन्तरिक समानान्तरता र बाह्य समानान्तरतामा वर्णगत समानान्तरताको अत्यधिक, शब्दगत समानान्तरताको पर्याप्त तथा पदावलीगत, वाक्यांशगत र वाक्यगत समानान्तरताको ज्यादै सीमित प्रयोग भएको पाइएको छ । उक्त विचलन र समानान्तरताको प्रयोग मुख्यतः छन्द तथा लयविधान र अभिव्यक्तिगत सौन्दर्य सृजनाका प्रयोजनका लागि गरिएका पाइन्छ । समग्रमा या खण्डकाव्य अग्रभूमि निर्माणका दृष्टिले उन्नत रहेको निष्कर्ष प्राप्त भएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11679
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All thesis.pdf683.48 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.